एजेन्सी–क्रोएशियामा मंगलबार ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ। भूकम्पका कारण घरहरु भत्कँदा मध्य क्रोएशियाको पेत्रिन्जामा मानिसहरुको मृत्यु भएको हो।
भूकम्पको धक्का राजधानी जाग्रेब र छिमेकी बोस्निया र सर्बियामा पनि महसुस गरिएको थियो।
२० हजार मानिसको बसोबास रहेको पेत्रिन्जा सहरमा कैयौं घर भत्किएका छन्। उद्दार कार्य जारी रहेको र त्यहाँ अन्य मानिसहरु पुरिएकोबारे अहिल्यै भन्न नसकिने मेयर डार्किन्को डुम्बोभिकले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।