एजेन्सी–साउदी अरबकी महिला अधिकारकर्मी लुजैन अल हथलौललाई ५ वर्ष ८ महिनाको जेल सजाय सुनाइएको छ। महिलालाई गाडी चलाउने अधिकार दिइनुपर्ने आवाज उठाउनेमध्येकी उनी एक थिइन्।
महिला अधिकारका पक्षमा आवाज उठाएकी उनी साढे २ वर्षदेखि कडा सुरक्षाबीच थुनामा छिन्। उनलाई सन् २०१८ मा साउदी अरबका शत्रु संगठनसँग सम्पर्क राखेको अभियोगमा हिरासतमा लिइएको थियो।
सोमबार आतंकवादविरुद्धको विशेष आपराधिक अदालतमा भएको सुनुवाइमा उनलाई राष्ट्रिय सुरक्षामा आँच पु¥याएको र विदशी एजेण्डा अघि बढाएको आरोपमा दोषी ठहर गर्दै ५ वर्ष ८ महिनाको जेल सजाय सुनाइएको हो।
हथलौलका परिवारले भने सरकारले लगाएको आरोप अस्वीकार गरेको छ। हथलौललाई साउदी अरबमा महिलालाई गाडी चलाउने अधिकार दिइनुभन्दा केही साताअघि हिरासतमा लिइएको थियो। उनलाई सन् २०१४ मा कार चलाएको आरोपमा पक्राउ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।