बेइजिङ- चीनकाे वुहान शहरबाट काेराेना भाइरससम्बन्धी रिपोर्टिङ गर्ने एक चिनियाँ नागरिक पत्रकारलाई चार वर्ष कैद सजाय हुने भएकाे छ। जैग जान नाम गरेकी उक्त महिलालाई झगडा गर्ने र समस्या सिर्जना गर्ने कार्यमा दाेषी ठहर गर्दै त्यहाँको स्थानीय सरकारले यस्ताे सजाय ताेकेकाे हाे।
चीन विराेधी कार्यमा संलग्नहरुमाथि यस्ताे अभियाेग लगाइने गरिन्छ। ३७ वर्षीया पूर्ववकिल जानलाई मेमा हिरासतमा लिइएकाे थियाे।
उनी केही महिनादेखि भाेक हड्तालमा रहेकी थिइन्। कानुन व्यवसायीले भने उनकाे स्वास्थ्य खराब हुँदै गएकाे बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।