काठमाडौं– लोकगायक पशुपति शर्मा समसामयिक विषयमाथि व्यंग्यमिश्रित गीत गाइरहन्छन्। सामाजिक राजनीतिक विषयमा उनले गीतमार्फत् दिने झटारो कहिलेकाहिँ शासकलाई अपाच्य हुन्छ। उनी धम्की व्यहोर्छन्। तर खबरदारी गर्ने आफ्नो शैली छाड्दैनन्।
नेपालको राजनीति फेरि आमजनका लागि चिन्ताको विषय बनेको छ। यही विषयलाई लिएर उनले गीत सार्वजनिक गरेका छन्, कठै मेरो देश। उनले गीतमा भनेका छन्:
कस्ता–कस्ता विपद्मा नि देखियो भो चाल, अझै पनि लाइदिनलाई पर्छ र फूलमाला
वरिपरि छिमेकीले के–के गरे के के, हाम्रा देशका मुलीले त बीचमै घुँडा टेके
केही होला कि भन्दाभन्दै गए धेरै साल, हाहाहाहाहा मेरो देशको हाल
उनी आफ्नै शब्द र लय भएको गीतमा अभिनय पनि उनकै छ। दुर्गा पौडेलको निर्देशन र सिनेमाटोग्राफी रहेको गीतमा राजु ढकाल, दीपक खड्का, उत्तम, मधु कार्की र प्रज्वल मल्लले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।