मुख्यमन्त्री राई
विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्बोलाई बर्खास्त गरेका छन्।
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चलखेल गरेको आरोप लगाउँदै आङ्बोलाई मुख्यमन्त्री राईले बर्खास्त गरेका हुन्। शनिबार राईले मन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन्।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई धारमा विभाजन भएको छ। केन्द्रमा विभाजन भएपछि यसले प्रदेश तहमा पनि विभाजन ल्याएको छ।
मुख्यमन्त्री राई ओली समूहका हुन्। पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा छ।
बर्खास्तमा परेका मन्त्री आङ्बोले २ वर्ष १० महिना काम गर्ने अवसर दिएको भन्दै मुख्यमन्त्री राईलाई धन्यवाद व्यक्त गरेका छन्।
'प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ वर्ष १० महिना काम गर्ने अवसर दिनु भएकोमा मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु,' आङ्बोले फेसबुक स्टाटसमा लेखेका छन्।
यसअघि प्रदेश ३ मा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो।
प्रदेस सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ बर्ष १० महिना काम गर्ने अवसर दिनु भएकोमा मा.मुख्यमन्त्री शेरधन राइलाई धन्यवाद व्यक्त गर्दछु...
Posted by Indra Angbo Mausam on Saturday, December 26, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।