काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रको आत्मा प्रहार गरेको आरोप लगाएका छन्। शनिबार साँझ एक वक्तव्य जारी गर्दै नेता पौडेलले संविधानले प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरी लोकतन्त्रको आत्मामा प्रहार गरेको बताएका हुन्।
प्रधानमन्त्री ओलीमा संविधानवाद र लोकतन्त्रमा विश्वास नभएको समेत उनको आरोप छ। 'प्रधानमन्त्री ओलीले संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो,' उनले भनेका छन्।
पछिल्लो समय प्रधानमन्त्री ओलीले चालेका कदम संविधान विपरीत भएको समेत उनको भनाइ छ। 'अध्यादेशद्वारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो। हिजो फेरि कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लंघन गर्नुभयो,' वक्तव्यमा उनले भनेका छन्।
ओलीले सहजै चुनाव गराउनेमा पनि आफूलाई विश्वास नलागेको उनको भनाइ छ।
प्रेस बक्तव्य : प्रधानमन्त्री श्री के.पीं शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन । उहाँले हालै...
Posted by Ram Chandra Paudel on Saturday, December 26, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।