काठमाडौं- जनता समाजवादी पार्टीको विद्यार्थी युनियनले संसद विघटनविरूद्ध विरोध प्रदर्शन गरेको छ।
शनिबार बबरमहलस्थित आफ्नै पार्टी कार्यालयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरूद्ध विरोध प्रदर्शन गरेका हुन्।
प्रहरीले सडकमा आउन नदिएपछि आफ्नै पार्टी कार्यलयमै विरोध प्रदर्शन गरेको संगठनका एक सदस्यले बताए।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।