काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको बताएका छन्।
जारी केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा पुर्नस्थापनाको माग देउवाले सुन्नै नचाहेको उनीमाथि आरोप लागेको छ। शनिबार विज्ञप्ति निकालेका देउवाले प्रतिनिधिसभा पुर्नबहालीको माग भने उठाएका छैनन्।
विघटनकै दिन वर्तमान र पूर्व पदाधिकारीको बैठक गरी प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीको धारणा सार्वजनिक गरेको समेत उनले बताएका छन्। संविधानमा भएको व्यवस्था प्रतिकूल र जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको समेत उनले प्रष्टाएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध १६५ निर्वाचन क्षेत्रमा पुस १३ मा प्रदर्शन गर्ने प्रस्ताव आफैंले राखेको उनले जानकारी गराए।
सोमबारका लागि तय भएको विरोध प्रर्दशनमा पार्टीको ध्यान केन्द्रित भएको उनले बताए। देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।