काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। बैठकमा पार्टी संगठनका विषयमा छलफल भइरहेको बताइएको छ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षको घोषित कार्यक्रमअनुसार आज शनिबार प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुनेछ भने भोलि आइतबर ७७ वटै जिल्लामा कार्यकर्ता भेला हुनेछ । भेलाले प्रतिगमनविरुद्ध संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।