काठमाडौं–नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले केपी ओलीले निरंकुश शासक झैं मन्त्रिपरिषदको बिस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै उनले ओलीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्मादन आफैं पर्दाफास गरेको उल्लेख गरेका छन्।
देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई संविधान र लोकतन्त्रको खिल्ली उडाएको उनको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।