काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा वृहत नागरिक प्रदर्शन हुने भएको छ। ‘प्रतिगमनको सशक्त विरोध गरौं’ भन्ने नारासहित नागरिक अगुवाहरुले आज शनिबार दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गर्ने भएका हुन्।
‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ को ब्यानरमा हरेक दिन दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गरिने जनाइएको छ। आजको प्रदर्शनमा शंखसहित सहभागी हुने आयोजकले जनाएका छन्।
यस्तै, सडक नाटक, कविता, संगीतसहितका प्रस्तुति हुने पनि जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।