काठमाडौं- गायक रेशम पुनको स्वरमा ‘ए मेरी जुरेली’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत रेशम पुनकै रहेको छ भने पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन्।
श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका हुन्। ललितपुरका विभिन्न स्थानमा छायांकन गरिएको गीतमा कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ।
केशव अधिकारीको छायाँकन, सविना राउतको कोरियोग्राफी रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका हुन्। गीतलाई श्रीपेजको टिभिको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
गीतको भिडियोमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ। रिसाएकी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास भिडियोमा देखाउन खोजिएको छ। भिडियोको बजार प्रवर्द्धन आवृत्ति मिडियाले गरेको हो।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।