• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

३ अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवा विस्तारका लागि सवा २७ अर्ब लगानी गर्दै निगम

64x64
नेपाल लाइभ बुधबार, पुस ८, २०७७  १३:३७
1140x725

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी १० वर्षमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सवा २७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

निगम व्यवस्थापनले सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माणको चरणमा रहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २७ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने प्रारम्भिक योजना अगाडि सारेको छ।

निगमले अहिले नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा त्रिभुवन विमानस्थलमा ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन गर्दै आएको छ। केही दिनअघि मात्रै प्राधिकरणले निगमलाई गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्डह्यान्डलिङ दिने निर्णय गरेको थियो। त्यसका लागि आवश्यक पूर्वाधार तयारी गर्न प्राधिकरणले निगमलाई पत्र पठाइसकेको छ।

प्राधिकरणको पत्र पाएसँगै निगम व्यवस्थापनले गौतम बुद्ध र पोखरामा नयाँ संरचना बनाउन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्न योजना बनाएको हो।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सन् २०२१ देखि २०३० सम्म १७ अर्ब १७ करोड लगानी गर्ने योजना बनाएको छ।

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डह्यान्डलिङको पूर्वाधार तयार गर्दै सेवा सञ्चालनका लागि २०३० सम्म ६ अर्ब ११ करोड लगानी गर्ने  निगमको योजना छ। साथै  निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि २०३० सम्म ४ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने गरी योजना अगाडि सारेको छ।

निगमले अहिले ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वार्षिक ४ देखि ५ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ।  यसरी भएको आम्दानीमा निगमलाई ५० देखि ६० प्रतिशत नाफा रहेको छ।

तर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थमा भने निगमलाई ग्राउन्डह्यान्डलिङ सेवाबाट नाफा हुने अवस्था रहँदैन। तर, पनि निगमले भविष्यलाई हेरर त्यहाँ सेवा सञ्चालनको तयारी गरेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

सुरुवाती चरणमा गौतम बुद्ध र पोखरामा पौने एक अर्ब लगानी
निगमले निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुवाती चरणमा पौने १ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरेको छ।

निगमका अनुसार पहिलो चरणमा पोखरामा भन्दा भैरहवामा ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न बढी लगानी लाग्ने आँकलन गरिएकाे छ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले अहिले लागतको सामान्य अनुमान गरिएकाे बताए। अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा पहिलो चरणमा ७२ करोड लगानी लाग्ने अनुमान गरिएको उनले जानकारी दिए।

‘भैरहवा विमानस्थलमा लागत धेरै आवश्यक हुने देखिएको छ। भैरहवा विमानस्थलमा टर्मिनलबाट जहाजमा जाने पुल (एरोब्रिज) नभएकाले र्‍याम्प बस आवश्यक हुन्छ,’ पौडेलले भने, ‘यस्ता बस कम्तिमा २ देखि ३ वटा आवश्यक पर्छ भने ती बस खरिदमा प्रतिथान ५ करोड रुपैयाँका दरले पनि १५ करोड रुपैयाँसम्म लाग्न सक्छ। अरु उपकरणको हकमा भने पोखरा र भैरहवामा उस्तै लागत अनुमान भएको छ।’ 

भैरहवा विमानस्थलमा पहिलो वर्ष ४३ करोड र पोखरा विमानस्थलमा २९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।  

३ विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवामा कुन वर्ष कति लगानी?
२०२१ –१ अर्ब ९४ करोड    
२०२२ –२ अर्ब ९ करोड
२०२३ –२ अर्ब २४ करोड
२०२४ –२ अर्ब ४१ करोड
२०२५ –२ अर्ब ५८ करोड
२०२६ –२ अर्ब ७७ करोड
२०२७ –२ अर्ब ९८ करोड
२०२८ – ३ अर्ब २० करोड
२०२९ –३ अर्ब ४३ करोड 
२०३० –३ अर्ब ६९ करोड

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा
२०२१ –४३ करोड    
२०२२  ४७ करोड
२०२३ –५० करोड
२०२४ –५४ करोड
२०२५ –५८ करोड
२०२६ – ६२ करोड
२०२७ –६७ करोड
२०२८ – ७१ करोड
२०२९ –७७ करोड 
२०३० –८२ करोड

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 
२०२१ – २९ करोड    
२०२२  ३१ करोड
२०२३ –३३ करोड
२०२४ –३६ करोड
२०२५ – ३८ करोड
२०२६ –४१ करोड
२०२७ –४४ करोड
२०२८ – ४७ करोड
२०२९ –५१ करोड 
२०३० –५५ करोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 
२०२१ – १ अर्ब २२ करोड 
२०२२ –१ अर्ब ३१ करोड
२०२३ – १ अर्ब ४१करोड
२०२४ –१ अर्ब ५१ करोड
२०२५ –१ अर्ब ६२ करोड
२०२६ – १ अर्ब ७४ करोड
२०२७ –१ अर्ब ८७ करोड
२०२८ – २ अर्ब १ करोड 
२०२९ –२ अर्ब १६ करोड 
२०३० –२ अर्ब ३२ करोड

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्