• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको सम्बोधन : अक्षमताको फेहरिस्त

64x64
किशोर दहाल सोमबार, पुस ६, २०७७  १८:५९
1140x725

काठमाडौं- जनताको प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभालाई विघटन गरेपछि केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा सम्बोधन गरे। कमजोर मनोबलसहित बोलिरहेका जस्ता देखिने उनले सम्बोधनमा प्रतिनिधि सभा विघटन गर्नुका केही कारण प्रस्तुत गरे। निष्कर्षमा भने उनले आफ्नो अक्षमताको फेरिरिस्त प्रस्तुत गरे।

महत्त्वपूर्ण र जनताको साथ खोज्न गरिएको सम्बोधनलाई प्रधानमन्त्रीले आफ्नै दलका नेताहरुको आलोचना गर्ने अवसरमा सदुपयोग गरे। 'सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बचाउन माझी गुहार्न थाल्नुभयो,' ओलीले आफ्नो सम्बोधनमा भनेका छन्।

आफूलाई पहिलो बरियताको अध्यक्ष हुँ भनेर दाबी गरिरहेका र अर्का अध्यक्ष प्रचण्डलाई 'उपाध्यक्ष जस्तै' भन्दै तेजोबध गरिरहेका उनले पार्टी नेतृत्वको रुपमा आफ्नो औचित्य समाप्त भइसकेको यही सम्बोधनमार्फत पुष्टि गर्ने प्रयत्न गरे। त्यति मात्रै होइन, मैले पार्टीकै सहयोद्धाको विश्वास जित्न नसकेकाले संसद विघटनको निर्णय गरिदिएको हुँ आशय व्यक्त गरे। 'सतहमा हेर्दा हिजो विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिक जस्तो देखिएता पनि यो परिस्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मूलतः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरुका असंगत, विकृत र जनअपेक्षा विपरीतका गतिविधिहरुद्वारा सिर्जना भएको हो', प्रधानमन्त्रीले भनेका छन्।

उनले आफ्नो सम्बोधनमा विघटनको कुनै संवैधानिक आधार प्रस्तुत गर्न सकेनन्। उनले घर झगडालाई प्रधानमन्त्रीको हैसियतमा देशवासीलाई सुनाइदिए। तर यस्ता झगडा नेपाली राजनीतिमा नयाँ विषय होइन। बहुदलपछिकै तीन दशकमा यस्ता झगडा दैनिकजसो हुँदै आएका छन्। नेतृत्वमा त्यसलाई व्यवस्थापन गर्नसक्ने खुबी हुने अपेक्षा गरिन्छ। हिँड्दा ठेस लाग्यो भन्दैमा खाल्डोमै हामफाल्ने त मुर्ख साबित हुने हुन्।

देशवासीको नाममा गरिएको भनिएको सम्बोधन मुख्यतः पार्टीका सहयोद्धाले मलाई दुःख दिए भन्ने रुवाइमा सिमित भएको छ। उनले आफूलाई अल्झाइएको र आफूमाथि बार्गेनिङ गर्ने गरिएको जस्ता भाषा प्रयोग गरेका छन्। राजनीतिमा यस्ता विषय न हिजो अस्वभाविक थिए, न भोलि हुनेछन्। 'म आएँ अरु सबै साइड लाग्' भन्ने जस्तो उनको अपेक्षा नै दोषी हो। 'म लोकप्रिय हुँ र मेरै लोकप्रियताको कारणले नै अरुले सत्तारुढ दलको नेता बन्न पाएका हुन्' भन्नेजस्तो आत्ममुग्धता उनले प्रस्तुत गर्न पाउँछन् तर संसद विघटन गर्ने जस्तो घातक कदम चालिसकेपछि आफ्नै 'लोकप्रियता'ले उनलाई गिज्याउँछ।

हास्यास्पद कुरा के छ भने प्रधानमन्त्रीले अझै राष्ट्रियताको त्यान्द्रो समात्न छाडेका छैनन्। सरकारले राष्ट्रियतालाई सुदृढ गरेको, नेपालको वास्ताविक भूभाग समेटेर नक्सा प्रकाशित गरेको, भारतसँग  वार्ता गरेको, नेपालको अन्तर्राष्ट्रिय छवि बढाएको जस्ता दलिल पेश गर्दै त्यही गरेकै कारण आफूलाई अप्ठ्यारो सिर्जना गरिएको संकेत गरेका छन्। तर, उनले आफ्नो सत्ता निरन्तरताका लागि त्यस्तो चर्चा गर्ने गरेको विश्लेषण नेपाल लाइभमा यसअघि प्रकाशित भइसकेका छन्। त्यस अतिरिक्त उनले मध्यरातमा प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमुख सामन्त गोयललाई भित्र्याएपछि उनले राष्ट्रवादको पसल पुनः थाप्न लाज मान्नुपर्ने हो। त्यही सन्देहास्पद भेटमै अहिलेको कदमको खाका बुनिएको होइन भन्नसक्ने आधार छैन।

यो पनि पढ्नुहोस्

सत्ता निरन्तरताका लागि भारत चर्चाबिहीबार, साउन १, २०७७

उनी अझै पनि अरुलाई अस्थिरताको कारक साबित गर्न खोजिरहेका छन्। जो भर्खरै ५ वर्ष समयावधि पाएको प्रतिनिधि सभालाई भंग गरेर टेलिभिजनको पर्दामा उभिएको छ, उसैले अरुलाई दोष दिनुको नैतिकपूर्ण काम होइन। 

आफ्नो सम्बोधनमा ओलीले 'संसदलाई अर्थहीन तुल्याइएपछि' संसद विघटनको निर्णय गर्नुपरेको दलिल प्रस्तुत गरेका छन्। जुन हास्यास्पद् छन्। संसदलाई सबैभन्दा अर्थहीन तुल्याउनेमा प्रधानमन्त्री र सिंगो सरकार हो। किनकि, संसदमा सांसदले राख्ने प्रश्नलाई 'लाञ्छना' भन्ने प्रधानमन्त्री स्वयं हुन्। सांसदलाई गिज्याउने, होच्याउने, चुप लगाउने जस्ता कदम उनैले गरेका छन्। त्यतिमात्रै होइन, संसदीय समितिले गरेका निर्णयमा हस्तक्षप गर्ने, अध्यादेशको बाढी बगाउने, बिना परामर्श संसद अधिवेशन अन्त्य गर्ने र विघटन गर्ने जस्ता काम उनीबाट भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'सरकार संविधानको कार्यान्वयनका लागि नयाँ कानुन निर्माण, संघीयताको कार्यान्वयन र मुलुकको सामाजिक–आर्थिक रुपान्तरणमा केन्द्रित थियो' भन्ने प्रधानमन्त्रीको दाबी छ। तर, कानुन मार्फत नै उनले नागरिक हकलाई निस्तेज तुल्याउन खोजेको र संघीयता विरोधी अभिव्यक्ति दिएको निकट विगत हामीसँग छ। जीवनस्तर नै उकास्ने गरी भएका सामाजिक-आर्थिक निर्णय सम्झना गर्न नागरिकलाई कठिन नै छ। कोरोना संकट सुरु भएसँगै सरकारले नागरिकको कति ख्याल गर्‍यो भन्नलाई काठमाडौंबाट हिँड्दै जिल्लाजिल्ला पुगेका र खुलामञ्चमा भात थाप्दै गरेका नागरिकलाई सम्झियो भने सरकारको 'सामाजिक-आर्थिक रुपान्तरण'को ब्लु-प्रिन्ट प्रष्ट हुन्छ।

यो पनि पढ्नुहोस्

संघीय प्रणालीप्रति ओलीका अनुदार अभिव्यक्ति निरन्तर, तर सबै मौनआइतबार, कात्तिक २, २०७७

उनले विगत केही महिनायता सरकार घेराबन्दीको शिकार भयो भनेका छन्। तर सरकारले जनताको दैनिकीमा सहजता ल्याउन कुन ठूला निर्णय गर्न खोजेको थियो र घेराबन्दीमा पर्‍यो? खासमा प्रधानमन्त्रीको ध्यान त्यसमा थियो कि भ्युटावर र अयोध्या निर्माणमा? 

उनलाई अझै पनि आफ्नो लोकप्रियताको भ्रम बाँकी रहेको उनको सम्बोधनबाट देखिन्छ। 'पार्टी पहिलो शक्ति बन्नुमा, पार्टी एकता हुनुमा र पार्टीले विशाल जनसमर्थन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौं भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर दिने छ। प्रधानमन्त्री बन्न ब्यग्र प्रतिक्षामा वा प्रयासमा रहनुभएका नेताहरुलाई पनि ताजा जनादेशले विकल्प दिने छ। प्रतिपक्षी दललाई पनि आफ्ना एजेण्डा जनताबीच लैजाने अवसर प्रदान गर्ने छ', उनको सम्बोधनमा छ।

मुख्यतः यो कदम को 'को राम्रो, ऐना हेरौं' भनेजस्तो खेलाचीपूर्ण हुनसक्दैन। उनलाई उनका कोही कमरेडहरुले बन्द कोठामा 'तपाईंभन्दा मचाहिँ लोकप्रिय हुँ' भन्यो भन्दैमा संविधानमा चोट लगाउने कदम उचित होइन। अर्कोतिर, जनप्रतिनिधिमूलक संस्थालाई अस्वभाविक मृत्युवरण गर्न बाध्य तुल्याउने प्रधानमन्त्रीले लोकप्रियता जाँच्ने तहको निष्पक्ष चुनाव गराउलान् भनेर कसरी विश्वास दिलाउलान्? 

अन्तिममा प्रधानमन्त्रीकै सम्बोधनको यो अंश यहाँ उद्धृत गर्नु सान्दर्भिक हुन्छ- 'एक्काइसौं शताव्दीको नेतृत्व गर्न तयार भएर बसेको हाम्रो युवा पुस्ता लोकतन्त्रप्रति प्रतिबद्ध छ। यो पुस्ता नै लोकतन्त्रको सबैभन्दा ठूलो पहरेदार हो। यस परिस्थितिमा म सम्पूर्ण युवाहरुलाई लोकतन्त्रको रक्षाका निम्ति एकजुट भएर सक्रिय हुन आह्वान गर्दछु।'

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्