काठमाडौं– काठमाडौं महानगरपालिकाले ‘नमस्कार’ नामक गीत सार्वजनिक गरेको छ। लोक गायक खेम सेञ्चुरी र लोकगायिका मञ्जु पौडेलको स्वरमा उक्त गीत ल्याइएको हो।
गीत काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लेखेका हुन्। लोक गीतमा चिनिएका गीतकार नेत्र अर्याल ‘शब्द संयोजक’ छन्।
सांगितिक क्षेत्रमा ‘शब्द संयोजक’ नयाँ शब्दावली हो। हालसम्म यस्तो प्रचलन थिएन। महानगरले दिने सेवाको विषयमा बनाइएको गीतलाई सन्देशमुलक भनिएको छ।
गीतको म्युजिक भिडियो बनेको छ। प्रकाश भट्टको निर्देशनमा बनेको गीतमा महानगरका काम, मेयर विद्यासुन्दर शाक्य, कार्यकारी अधिकृत ज्ञवालीलगायतलाई देख्न पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।