काठमाडौं–कोभिड–१९ का कारण गत चैतदेखि बन्द भएको दिल्ली–काठमाडौं–दिल्ली उडान सुरु भएको छ। नेपाल र भारतबीच ‘एयर बबल’ उडान गर्ने सहमति भएपछि नेपाल एयरलाइन्सले उडान सुरु गरेको हो।
नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडान गर्ने पाउने सहमति भएको छ। एयर बबल उडान भन्नाले दुई देशका नागरिकले मात्रै यात्रा गर्न पाउने छन।
सोही सहमति अनुसार नेपाल एयरलाइन्सले आज बिहीबार पहिलो उडान गरेको हो। १ सय ४४ यात्रु लिएर नेपाल एयरलाइन्सको एयरबस ३२० दिल्ली उडेको छ। दिल्लीबाट भने १ सय ११ यात्रु लिएर जहाज आजै काठमाडौं फर्किने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।