काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले सोलुखुम्बुको थुलुङ्गको दुधकोशी गाँउपालिकामा रहेको काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान गरेको छ।
एयरलाइन्सले ट्विनअटर विमानबाट परीक्षण उडान गरेको हो। भविष्यमा नियमित उडान नै गर्ने लक्ष्य सहित एयरलाइन्सले परीक्षण उडान गरेको हो।
एयरलाइन्सको ट्विनअटर विमान बुधबार बिहान ८ बजेर ३० मिनेटमा काठमाडौंबाट उडान गरी ११ बजेर ५ मिनेट जाँदा सफल उडान गरी विमान काठमाडौं नै फर्किएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।