काठमाडौं–गायिका प्रीति कौरले ‘चिम्लेर आँखा’ बोलको पप–रक गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी छिन्। गीतका गीतकार एकातारे हुन् भने सुशान्त गौतमले यो गीतमा संगीत भरेका छन्। संघारी स्टुडियोजको ब्यानरमा निर्माण र पोस्ट–प्रोडक्सन भएको भिडियो गीतको छायांकन प्रतीक केसीले गरेका हुन् भने संगीत संयोजन रिकेश गुरुङ ‘किइज’ ले गरेका हुन्।
चार महिनाअघि कौरले ‘रहर’ म्युजिक भिडियो निकालेकी थिइन्। धेरै पल्ट जीवनमा (२००४), रिसाउन पाइँदैन (२००४), बेली डान्सर (२०१५), तिम्रै लागि (२०१७) लगायतका चर्चित गीतमात्रै होइन कौरले विभिन्न नेपाली चलचित्रमा पार्श्वगीत गएकी छिन्।
तीन वर्षअघि ‘तिम्रै लागि’ गीतबाट कमब्याक गरेकी कौरले ‘चिम्लेर आँखा’ बोलको पप–रक जेनरको म्युजिक भिडियो आफ्नै युट्युव च्यानलमा रिलिज गरेकी हुन्। संघारी स्टुडियोजले निर्माण र पोस्टप्रोडक्सन गरेको यो म्युजिक भिडियोमा सुशान्त गौतमको संगीत रहेको छ भने प्रतीक केसीले म्युजिक भिडियोको छायांकन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।