काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले जनकपुर विमानस्थलमा निर्माण भएको नयाँ टर्मिनल भवनको उद्घाटन गरेका छन्। नेपाल सरकारको ४२ करोड लागानीमा निर्माण सम्पन्न भएको जनकपुरधाम विमानस्थलको टर्मिनल भवन, टावर, सुरक्षाकर्मी आवासगृह, पार्किङ् मंगलबारदेखि नै औपचारिक रुपमा संचालनमा आएको हो।
यो टर्मिनल भवन स्टील स्ट्रक्चरको र आधुनिक सुविधासहितको रहेको छ। मन्त्री भट्टराईले मंगलबार जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उदघाटन गरेका हुन्। नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने वारुण यन्त्र र एक्सरे मेसिनसहितको भवन तयार भएको छ।
विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।