• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

'अन्डर इनभ्वाइस' गरिएको रेन्जरोभरको मूल्य १ लाख डलर कायम हुने

भन्सारको फन्दामा व्यवसायी गोयल, सस्तोमा चढ्न खोजेको कारको मूल्य अब ५ करोड पुग्ने
64x64
शिव बोहरा बिहीबार, मंसिर १८, २०७७  १२:४७
1140x725

काठमाडौं- वीरगञ्ज भन्सार कार्यालयले आयातकर्ताले घोषणा गरेको मूल्यभन्दा दोब्बर खरिद मूल्य कायम गर्दै रेन्जरोभर हाइब्रिड कारको भन्सार जाँचपास गर्ने तयारी गरेको छ। आयातकर्ता मनकामना इन्जिनियरिङले घोषणा गरेको ४९ हजार ५ सय अमेरिकी डलरभन्दा दोब्बर अर्थात् ९८ हजार अमेरिकी डलर मूल्य कायम गर्दै कार जाँचपास गर्न लागेको हो। 

दुई साताअघि वीरगञ्ज आइपुगेको रेन्जरोभरको हाइब्रिड कार वास्तविक मूल्यभन्दा निकै कमको खरिद बिल देखाएर आयात गर्न लागेको आशंकामा भन्सार कार्यालयले जाँचपास रोकेर अनुसन्धान अघि बढाएको थियो। 'यस्ता कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा कति छ र खरिदकर्ताले कति रूपैयाँसम्ममा खरिद गर्न सक्छ भनेर अनुसन्धान गर्दा निकै कममा किनेको भेटिएको छ,' भन्सार स्रोतले भन्यो। 

राजस्व छल्ने उद्देश्यले सस्तो खरिद बिल देखाएर सवारी साधन आयात गर्न खोजिएको भए पनि भन्सार कार्यालयले कडाइका साथ चेकजाँच गर्दा जरिवानासमेत तिर्नुपर्ने अवस्थामा मनकामना इन्जिनियरिङ पुगेको छ। अब उसले भन्सारले कायम गरेको मूल्यमा कर तिर्नुका साथै अतिरिक्त जरिवानासमेत तिर्नुपर्छ। 

यो कार रेन्जरोभरको आधिकारिक आयातकर्ता विना नै नेपाल भित्रिने भएकाले सुरुमै भन्सारले कायम गर्ने मूल्यको ३० प्रतिशत जरिवाना तिर्नुपर्छ। त्यसका अतिरिक्त गलत मूल्यांकन गरेका कारण घोषित मूल्य र कायम भएको मूल्यको अन्तर अर्थात् ४८ हजार ५ सय अमेरिकी डलरमा ४० प्रतिशत जरिवाना पनि मनकामना इन्जिनियरिङले तिर्नुपर्छ। 

जरिवानापछिको मूल्यमा ८० प्रतिशत भन्सार, ६० प्रतिशत अन्तशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ८ प्रतिशत सडक मर्मत दस्तुर लाग्छ। यी सबै जोड्दा कारका आयातका लागि कम्पनीले गरेको अन्य खर्च र नाफाबाहेक नै मूल्य करिब ५ करोड रूपैयाँ पुग्छ। 

सरकारले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि गत चैतदेखि गरेको लकडाउनपछि विदेशी मुद्रा सञ्चितीको अवस्था नबिग्रियोस् भनेर ५० हजार अमेरिकी डलरभन्दा बढीका निजी कार आयात गर्न नपाइने निर्णय गरेको थियो। उक्त निर्णय हालसम्म कायम रहेकाले व्यवसायीले अन्डर इनभ्वाइसको बाटो अपनाएका हुन्। 

मनकामना इन्जिनियरिङ व्यवसायी श्रवण गोयलको कम्पनी हो। भन्सारले गाडी रोकेपछि गोयल बुधबार वीरगञ्ज पुगेका थिए। भन्सार अधिकृतले अनुसन्धान भइरहेको भन्ने जवाफ दिएपछि उनी त्यहाँबाट बाहिरिएको स्रोतको भनाइ छ। 

Ncell 2
Ncell 2

कानुन एउटै, टेस्ला छुट्ने रेन्जरोभर भन्सारको फन्दामा पर्ने
टेस्ला कार नेपाल प्रवेशदेखि नै भन्सारको आँखामा पर्दै आएको थियो। श्रीमा डिस्ट्रिब्युटर र वेस्टार ग्यालेक्सीले छुट्टाछुट्टै रूपमा यी कार भित्र्याएका थिए। वेस्टारको कार भन्सारमा अड्किए, श्रीमाको जाँचपास भएर भित्रिए। तर, भन्सारले जाँचपास भएकै दिन कागजातमा शंका लागेको भन्दै बीच बाटोबाट गाडी फर्काएको थियो। 

अहिले अरेटी इन्टरनेसनलले टेस्ला मोडलका ३ कार नेपाल भित्र्याएको छ। पर्साको सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयले यसपटक नेपाल भित्रिएका ती कारको विस्तृत अध्ययन विना नै छोडिदिएको छ। अरेटीले ल्याएको टेस्लाको कार वास्तविक मूल्यभन्दा कम देखाइएको र कारमा भएको मोटरको क्षमतासमेत कम देखाइएको छ। जसका कारण राज्यले तीनवटा गाडीमा लाखौँ राजस्व गुमाएको छ। 

'पहिले नै विवादमा परेका यस्ता वस्तु आयात हुँदा भन्सार अधिकृतले विशेष सावधानीपूर्वक कागजात अध्ययन गर्ने र शंका लागेमा जाँचपास नै रोक्ने गर्नुपर्नेमा त्यसै गाडी छोडेको देखिन्छ,' भन्सारका एक अधिकारी भन्छन्, 'अहिलेको समयमा जुनसुकै वस्तुका गुणस्तर, क्षमता, मूल्य सहजै थाहा पाउन सकिन्छ, जाँचपास गर्नेले त्यति पनि खोजेको देखिएन।' 

सुख्खा बन्दरगाहले टेस्लाको गाडी छोडे पनि वीरगञ्ज भन्सारले भने रेन्जरोभर विस्तृत अध्ययनपछि मात्रै जाँचपास गर्ने भन्दै २ सातादेखि यार्डमै गाडी रोकेको छ। 

यो पनि पढ्नुहोस्

सर्वोच्चको साथ पाएपछि टेस्लाको अवैध आयातकर्ताले गर्‍यो ‘अन्डर इनभ्वाइस’मंगलबार, मंसिर १६, २०७७

न्यून बिजकीकरण गर्दा यसरी हुन्छ आयातकर्तालाई फाइदा
उत्पादक कम्पनीले बिक्रेताका लागि तोकेको बिक्री मूल्यभन्दा कम मूल्य देखाएर कार ल्याउनुलाई अन्डर इनभ्वाइस (न्यून बिजकीकरण) भनिन्छ। अन्डर इनभ्वाइसबाट व्यवसायीले सरकारलाई कर मारेर कसरी फाइदा गर्छन् भन्ने जान्न एउटा उदहारण हेरौं। 

मानौं एउटा कारको वास्तविक मूल्य १ सय रूपैयाँ हो। व्यापारीले सो कारको खरीद मूल्य ५० रूपैयाँ भएको बिल बनाएर भन्सारमा पेस गरे। अब सो कारले नेपालको कानुन अनुसार भन्सार, अन्तःशुल्क, भ्याट र सडक मर्मत शुल्क सहित करिब २ सय २४ प्रतिशत कर तिर्नुपर्छ। सय रूपैयाँ नै खरीद मूल्य देखाउँदा सो कारले २ सय २४ रूपैयाँ कर तिर्नुपर्छ। 

त्यसरी नाफा र अन्य खर्चबाहेक यो कारको लागत ३ सय २४ रूपैयाँ पर्छ। जब व्यवसायीले अन्डर इनभ्वाइस गरि १ सय रूपैयाँमा किनेको कार ५० रूपैयाँमा किनेको देखाउँछन्, उक्त कारले ५० रूपैयाँको २ सय २४ प्रतिशत कर तिर्छन्। ५० रूपैयाँको २ सय २४ प्रतिशत १ सय १२ रूपैयाँ हुन्छ। 

व्यापारीले भन्सारलाई देखाउन अन्डर इनभ्वाइस गरि बनाएको बिलमा ५० रूपैयाँ देखाएको भए पनि कार किन्दा उसको वास्तविक लागत त १ सय रूपैयाँ नै हो। अब ५० रूपैयाँमा किनेको देखाएर तिरिएको सबै कर सहितको मूल्य ११२ र ५० गरि जम्मा १ सय ६२ रूपैयाँ हुन्छ। 

यसमा सरकारलाई कर छल्न देखाइएको ५० रूपैयाँ जोड्दा २ सय १२ रूपैयाँ हुन्छ। पुरा मूल्य देखाउँदा कर तिरेपछिको मूल्य ३ सय १२ हुन्छ भने अन्डर इनभ्वाइस गरेर ५० रूपैयाँ किनेको मूल्य देखाउँदा २ सय १२ रूपैयाँ मात्र लागत पर्छ। 

कम्पनीले लाग्ने अन्य खर्च र नाफा राखेर कारको बिक्री मूल्य निर्धारण गर्छन्। अन्डर इनभ्वाइस गरेर किनिएको कारमा ५० रूपैयाँ नै छुट दिइयो भने पनि व्यवसायीलाई अत्याधिक नाफा हुन्छ। यसबाट सबैभन्दा ठूलो घाटा राज्यलाई हुन्छ। उपभोक्तालाई पनि खासै फाइदा हुन्न। त्यसैले सरकारले अन्डर इनभ्वाइसलाई पूर्णतः निरुत्साहित गर्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
पुँजीबजारको भविष्य सुरक्षित गर्न दीपेन्द्र अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश आइतबार, माघ ११, २०८२
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय शनिबार, माघ १०, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु शनिबार, माघ १०, २०८२
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्