• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

'अन्डर इनभ्वाइस' गरिएको रेन्जरोभरको मूल्य १ लाख डलर कायम हुने

भन्सारको फन्दामा व्यवसायी गोयल, सस्तोमा चढ्न खोजेको कारको मूल्य अब ५ करोड पुग्ने
64x64
शिव बोहरा बिहीबार, मंसिर १८, २०७७  १२:४७
1140x725

काठमाडौं- वीरगञ्ज भन्सार कार्यालयले आयातकर्ताले घोषणा गरेको मूल्यभन्दा दोब्बर खरिद मूल्य कायम गर्दै रेन्जरोभर हाइब्रिड कारको भन्सार जाँचपास गर्ने तयारी गरेको छ। आयातकर्ता मनकामना इन्जिनियरिङले घोषणा गरेको ४९ हजार ५ सय अमेरिकी डलरभन्दा दोब्बर अर्थात् ९८ हजार अमेरिकी डलर मूल्य कायम गर्दै कार जाँचपास गर्न लागेको हो। 

दुई साताअघि वीरगञ्ज आइपुगेको रेन्जरोभरको हाइब्रिड कार वास्तविक मूल्यभन्दा निकै कमको खरिद बिल देखाएर आयात गर्न लागेको आशंकामा भन्सार कार्यालयले जाँचपास रोकेर अनुसन्धान अघि बढाएको थियो। 'यस्ता कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा कति छ र खरिदकर्ताले कति रूपैयाँसम्ममा खरिद गर्न सक्छ भनेर अनुसन्धान गर्दा निकै कममा किनेको भेटिएको छ,' भन्सार स्रोतले भन्यो। 

राजस्व छल्ने उद्देश्यले सस्तो खरिद बिल देखाएर सवारी साधन आयात गर्न खोजिएको भए पनि भन्सार कार्यालयले कडाइका साथ चेकजाँच गर्दा जरिवानासमेत तिर्नुपर्ने अवस्थामा मनकामना इन्जिनियरिङ पुगेको छ। अब उसले भन्सारले कायम गरेको मूल्यमा कर तिर्नुका साथै अतिरिक्त जरिवानासमेत तिर्नुपर्छ। 

यो कार रेन्जरोभरको आधिकारिक आयातकर्ता विना नै नेपाल भित्रिने भएकाले सुरुमै भन्सारले कायम गर्ने मूल्यको ३० प्रतिशत जरिवाना तिर्नुपर्छ। त्यसका अतिरिक्त गलत मूल्यांकन गरेका कारण घोषित मूल्य र कायम भएको मूल्यको अन्तर अर्थात् ४८ हजार ५ सय अमेरिकी डलरमा ४० प्रतिशत जरिवाना पनि मनकामना इन्जिनियरिङले तिर्नुपर्छ। 

जरिवानापछिको मूल्यमा ८० प्रतिशत भन्सार, ६० प्रतिशत अन्तशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ८ प्रतिशत सडक मर्मत दस्तुर लाग्छ। यी सबै जोड्दा कारका आयातका लागि कम्पनीले गरेको अन्य खर्च र नाफाबाहेक नै मूल्य करिब ५ करोड रूपैयाँ पुग्छ। 

सरकारले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि गत चैतदेखि गरेको लकडाउनपछि विदेशी मुद्रा सञ्चितीको अवस्था नबिग्रियोस् भनेर ५० हजार अमेरिकी डलरभन्दा बढीका निजी कार आयात गर्न नपाइने निर्णय गरेको थियो। उक्त निर्णय हालसम्म कायम रहेकाले व्यवसायीले अन्डर इनभ्वाइसको बाटो अपनाएका हुन्। 

मनकामना इन्जिनियरिङ व्यवसायी श्रवण गोयलको कम्पनी हो। भन्सारले गाडी रोकेपछि गोयल बुधबार वीरगञ्ज पुगेका थिए। भन्सार अधिकृतले अनुसन्धान भइरहेको भन्ने जवाफ दिएपछि उनी त्यहाँबाट बाहिरिएको स्रोतको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कानुन एउटै, टेस्ला छुट्ने रेन्जरोभर भन्सारको फन्दामा पर्ने
टेस्ला कार नेपाल प्रवेशदेखि नै भन्सारको आँखामा पर्दै आएको थियो। श्रीमा डिस्ट्रिब्युटर र वेस्टार ग्यालेक्सीले छुट्टाछुट्टै रूपमा यी कार भित्र्याएका थिए। वेस्टारको कार भन्सारमा अड्किए, श्रीमाको जाँचपास भएर भित्रिए। तर, भन्सारले जाँचपास भएकै दिन कागजातमा शंका लागेको भन्दै बीच बाटोबाट गाडी फर्काएको थियो। 

अहिले अरेटी इन्टरनेसनलले टेस्ला मोडलका ३ कार नेपाल भित्र्याएको छ। पर्साको सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयले यसपटक नेपाल भित्रिएका ती कारको विस्तृत अध्ययन विना नै छोडिदिएको छ। अरेटीले ल्याएको टेस्लाको कार वास्तविक मूल्यभन्दा कम देखाइएको र कारमा भएको मोटरको क्षमतासमेत कम देखाइएको छ। जसका कारण राज्यले तीनवटा गाडीमा लाखौँ राजस्व गुमाएको छ। 

'पहिले नै विवादमा परेका यस्ता वस्तु आयात हुँदा भन्सार अधिकृतले विशेष सावधानीपूर्वक कागजात अध्ययन गर्ने र शंका लागेमा जाँचपास नै रोक्ने गर्नुपर्नेमा त्यसै गाडी छोडेको देखिन्छ,' भन्सारका एक अधिकारी भन्छन्, 'अहिलेको समयमा जुनसुकै वस्तुका गुणस्तर, क्षमता, मूल्य सहजै थाहा पाउन सकिन्छ, जाँचपास गर्नेले त्यति पनि खोजेको देखिएन।' 

सुख्खा बन्दरगाहले टेस्लाको गाडी छोडे पनि वीरगञ्ज भन्सारले भने रेन्जरोभर विस्तृत अध्ययनपछि मात्रै जाँचपास गर्ने भन्दै २ सातादेखि यार्डमै गाडी रोकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

सर्वोच्चको साथ पाएपछि टेस्लाको अवैध आयातकर्ताले गर्‍यो ‘अन्डर इनभ्वाइस’मंगलबार, मंसिर १६, २०७७

न्यून बिजकीकरण गर्दा यसरी हुन्छ आयातकर्तालाई फाइदा
उत्पादक कम्पनीले बिक्रेताका लागि तोकेको बिक्री मूल्यभन्दा कम मूल्य देखाएर कार ल्याउनुलाई अन्डर इनभ्वाइस (न्यून बिजकीकरण) भनिन्छ। अन्डर इनभ्वाइसबाट व्यवसायीले सरकारलाई कर मारेर कसरी फाइदा गर्छन् भन्ने जान्न एउटा उदहारण हेरौं। 

मानौं एउटा कारको वास्तविक मूल्य १ सय रूपैयाँ हो। व्यापारीले सो कारको खरीद मूल्य ५० रूपैयाँ भएको बिल बनाएर भन्सारमा पेस गरे। अब सो कारले नेपालको कानुन अनुसार भन्सार, अन्तःशुल्क, भ्याट र सडक मर्मत शुल्क सहित करिब २ सय २४ प्रतिशत कर तिर्नुपर्छ। सय रूपैयाँ नै खरीद मूल्य देखाउँदा सो कारले २ सय २४ रूपैयाँ कर तिर्नुपर्छ। 

त्यसरी नाफा र अन्य खर्चबाहेक यो कारको लागत ३ सय २४ रूपैयाँ पर्छ। जब व्यवसायीले अन्डर इनभ्वाइस गरि १ सय रूपैयाँमा किनेको कार ५० रूपैयाँमा किनेको देखाउँछन्, उक्त कारले ५० रूपैयाँको २ सय २४ प्रतिशत कर तिर्छन्। ५० रूपैयाँको २ सय २४ प्रतिशत १ सय १२ रूपैयाँ हुन्छ। 

व्यापारीले भन्सारलाई देखाउन अन्डर इनभ्वाइस गरि बनाएको बिलमा ५० रूपैयाँ देखाएको भए पनि कार किन्दा उसको वास्तविक लागत त १ सय रूपैयाँ नै हो। अब ५० रूपैयाँमा किनेको देखाएर तिरिएको सबै कर सहितको मूल्य ११२ र ५० गरि जम्मा १ सय ६२ रूपैयाँ हुन्छ। 

यसमा सरकारलाई कर छल्न देखाइएको ५० रूपैयाँ जोड्दा २ सय १२ रूपैयाँ हुन्छ। पुरा मूल्य देखाउँदा कर तिरेपछिको मूल्य ३ सय १२ हुन्छ भने अन्डर इनभ्वाइस गरेर ५० रूपैयाँ किनेको मूल्य देखाउँदा २ सय १२ रूपैयाँ मात्र लागत पर्छ। 

कम्पनीले लाग्ने अन्य खर्च र नाफा राखेर कारको बिक्री मूल्य निर्धारण गर्छन्। अन्डर इनभ्वाइस गरेर किनिएको कारमा ५० रूपैयाँ नै छुट दिइयो भने पनि व्यवसायीलाई अत्याधिक नाफा हुन्छ। यसबाट सबैभन्दा ठूलो घाटा राज्यलाई हुन्छ। उपभोक्तालाई पनि खासै फाइदा हुन्न। त्यसैले सरकारले अन्डर इनभ्वाइसलाई पूर्णतः निरुत्साहित गर्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्