• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

'वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्यो, सरकार उदासीन'

64x64
नेपाल लाइभ बुधबार, मंसिर १७, २०७७  २०:५७
1140x725

काठमाडौं- सरकारको कमजोरी, सम्बन्धित निकायबीच समन्वयको अभाव तथा देशभित्र रोजगारीका अवसर नहुँदा वैदेशिक रोजगारीका नाममा मानव तस्करीका घटना बढ्दै गएको भन्दै सरोकारवालाहरु चिन्ता व्यक्त गरेका छन्। वैदेशिक रोजगार पत्रकार समाजले हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार आयोजना गरेको ‘कोरोना महामारीको समयमा मानव तस्करीको अवस्था’ विषयक कार्यक्रममा सरोकारवालाहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्। 

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य सांसद डा. डिला संग्रौलाले नेपालमा रोजगारी नहुनु त्यसमाथि कोरोनाका कारण कतिपय गन्तव्य मुलुकमा वैधानिक बाटोबाट जान सहज नहुनुलगायत कारण युवाहरु जस्तोसुकै जोखिम मोलेर पनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता बढेसँगै पछिल्लो समय मानव तस्करीका घटना बढ्दै गएको बताइन्।  

‘मानव तस्करीका घटना बढ्दै जानुमा दुई वटा पक्ष दोषी छन्। एउटा देशमा रोजगार दिन नसक्नु। अर्को गन्तव्य मुलुकमा सहज रुपमा कामदार जाने वातावरण नहुनु,' उनले भनिन्, 'यस्ता समस्याको पाटोमा काम गर्ने हाम्रो संयन्त्र पनि कमजोर छ।' मानव तस्करीका घटना कम गर्न देशमा रोजगारीका अवसर बढाउनुपर्ने, विदेशबाट फर्किएका युवाहरुलाई देशमै पुनर्स्थापना गर्नुपर्ने उनको भनाइ छ। 

कतिपय गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरणको काम सहज नबनाइदिँदा राज्यकै कमजोरीका कारण युवाहरु अवैध रुट तथा अवैध तरिकाबाट वैदेशिक रोजगारीमा जान बाध्य रहेको डा. संग्रौलाको भनाइ छ। सरकारका सबै निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी मानव तस्करका घटना कम गर्न सकिने उनको सुझाव छ। 

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहराले कोभिडका कारण धेरै युवाहरु बेरोजगार बनेको र विदेशबाट पनि रोजगारी गुमाएर युवाहरु फर्किने क्रम बढेकाले मानव तस्करीका घटनाले बढवा पाउँदै गएको बताए। ‘मानव तस्करीको घटना घट्नुभन्दा पनि निरन्तर बढ्दो छ। उनले भने, ‘मानव बेचबिखन ब्यूरोले यो महामारीको बीचमै करिब ३२ जना मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अपराधिलाई पक्राउ गरेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगारीमा राम्रो काम र कमाईको प्रलोभनमा मानव तस्करीका घटना बढ्दै गएको व्युरो प्रमुख एसएसपी डा.बोहराले उल्लेख गरे। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा ब्यूरोले उल्लेख्य भूमिका निर्वाह गरिरहेको उनको दाबी छ। 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले गत फाल्गुन २९ गतेदेखि भदौ १४ गतेसम्म वैदेशिक रोजगारीमा श्रम स्वीकृति, मागपत्र प्रमाणीकरण लगायत केही प्रकयाहरु बन्द रहेपनि हाल विश्वका सबै मुलुकहरुमा नेपाली श्रमिकका लागि बाटो खुल्ला रहेको बताए।

‘मागपत्र प्रमाणीकरणको विषयलाई सहजीरकण गरिदिन परराष्ट्र मन्त्रालयमा हामीले अनुरोध गरिरहेका छौँ । आन्तरिक व्यवस्थापनका केही असहज कारण छन् भन्ने छन् । तर अहिले जुन तरिकाले युएई लगायत देशमा भिजिट भिसामार्फत कामदार पठाउने कुरा सुनिएका छन् । हामीले एउटा ढोका बन्द गर्रौँ भने अर्को ढोकाबाट मानिसहरु छिर्न खोज्छन्। यो स्वभाविक पनि हो,’ महानिर्देशक दाहालले भने। 

विभागमा आएका वैदेशिक रोजगारीका नाममा ठगी तथा तस्करीका घटनामाथि आफूले निगरानी बढाएको र अपराधमा संलग्न व्यक्तिहरुलाई कारबाही प्रकृया बढाइरहेको उनको दाबी छ। मानव तस्करी नियन्त्रणमा विभागले मात्र नभएर सम्बन्धित सबै संयन्त्रले सक्रिय रुपमा काम गर्नुपर्ने उनले जोड दिए। वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु पनि सचेत हुनुपर्ने उनले जोड दिए। 

मागपत्र प्रमाणीकरणको सहजीकरणका लागि वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयले गर्नुपर्ने आफ्नो काम गरिरहे पनि सम्बन्धीत दूतावासहरुले नगरिदिँदा यसमा समस्या देखिएको उनको भनाई छ। यसको प्रमुख कारण वैदेशिक रोजगारीका प्रकृयाहरु एकद्वार प्रणालीमार्फत नहुनु नै भएको उनको टिप्पणी छ। कोभिड नहुँदाको सामान्य अवस्थामा पनि दूतावासहरुले सहजरुपमा मागपत्र प्रमाणीकरण नगरिदिएको प्रति उनले दुःख व्यक्त गरे। 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्