• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

'वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्यो, सरकार उदासीन'

64x64
नेपाल लाइभ बुधबार, मंसिर १७, २०७७  २०:५७
1140x725

काठमाडौं- सरकारको कमजोरी, सम्बन्धित निकायबीच समन्वयको अभाव तथा देशभित्र रोजगारीका अवसर नहुँदा वैदेशिक रोजगारीका नाममा मानव तस्करीका घटना बढ्दै गएको भन्दै सरोकारवालाहरु चिन्ता व्यक्त गरेका छन्। वैदेशिक रोजगार पत्रकार समाजले हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार आयोजना गरेको ‘कोरोना महामारीको समयमा मानव तस्करीको अवस्था’ विषयक कार्यक्रममा सरोकारवालाहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्। 

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य सांसद डा. डिला संग्रौलाले नेपालमा रोजगारी नहुनु त्यसमाथि कोरोनाका कारण कतिपय गन्तव्य मुलुकमा वैधानिक बाटोबाट जान सहज नहुनुलगायत कारण युवाहरु जस्तोसुकै जोखिम मोलेर पनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता बढेसँगै पछिल्लो समय मानव तस्करीका घटना बढ्दै गएको बताइन्।  

‘मानव तस्करीका घटना बढ्दै जानुमा दुई वटा पक्ष दोषी छन्। एउटा देशमा रोजगार दिन नसक्नु। अर्को गन्तव्य मुलुकमा सहज रुपमा कामदार जाने वातावरण नहुनु,' उनले भनिन्, 'यस्ता समस्याको पाटोमा काम गर्ने हाम्रो संयन्त्र पनि कमजोर छ।' मानव तस्करीका घटना कम गर्न देशमा रोजगारीका अवसर बढाउनुपर्ने, विदेशबाट फर्किएका युवाहरुलाई देशमै पुनर्स्थापना गर्नुपर्ने उनको भनाइ छ। 

कतिपय गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरणको काम सहज नबनाइदिँदा राज्यकै कमजोरीका कारण युवाहरु अवैध रुट तथा अवैध तरिकाबाट वैदेशिक रोजगारीमा जान बाध्य रहेको डा. संग्रौलाको भनाइ छ। सरकारका सबै निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी मानव तस्करका घटना कम गर्न सकिने उनको सुझाव छ। 

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहराले कोभिडका कारण धेरै युवाहरु बेरोजगार बनेको र विदेशबाट पनि रोजगारी गुमाएर युवाहरु फर्किने क्रम बढेकाले मानव तस्करीका घटनाले बढवा पाउँदै गएको बताए। ‘मानव तस्करीको घटना घट्नुभन्दा पनि निरन्तर बढ्दो छ। उनले भने, ‘मानव बेचबिखन ब्यूरोले यो महामारीको बीचमै करिब ३२ जना मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अपराधिलाई पक्राउ गरेको छ।’

Ncell 2
Ncell 2

वैदेशिक रोजगारीमा राम्रो काम र कमाईको प्रलोभनमा मानव तस्करीका घटना बढ्दै गएको व्युरो प्रमुख एसएसपी डा.बोहराले उल्लेख गरे। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा ब्यूरोले उल्लेख्य भूमिका निर्वाह गरिरहेको उनको दाबी छ। 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले गत फाल्गुन २९ गतेदेखि भदौ १४ गतेसम्म वैदेशिक रोजगारीमा श्रम स्वीकृति, मागपत्र प्रमाणीकरण लगायत केही प्रकयाहरु बन्द रहेपनि हाल विश्वका सबै मुलुकहरुमा नेपाली श्रमिकका लागि बाटो खुल्ला रहेको बताए।

‘मागपत्र प्रमाणीकरणको विषयलाई सहजीरकण गरिदिन परराष्ट्र मन्त्रालयमा हामीले अनुरोध गरिरहेका छौँ । आन्तरिक व्यवस्थापनका केही असहज कारण छन् भन्ने छन् । तर अहिले जुन तरिकाले युएई लगायत देशमा भिजिट भिसामार्फत कामदार पठाउने कुरा सुनिएका छन् । हामीले एउटा ढोका बन्द गर्रौँ भने अर्को ढोकाबाट मानिसहरु छिर्न खोज्छन्। यो स्वभाविक पनि हो,’ महानिर्देशक दाहालले भने। 

विभागमा आएका वैदेशिक रोजगारीका नाममा ठगी तथा तस्करीका घटनामाथि आफूले निगरानी बढाएको र अपराधमा संलग्न व्यक्तिहरुलाई कारबाही प्रकृया बढाइरहेको उनको दाबी छ। मानव तस्करी नियन्त्रणमा विभागले मात्र नभएर सम्बन्धित सबै संयन्त्रले सक्रिय रुपमा काम गर्नुपर्ने उनले जोड दिए। वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु पनि सचेत हुनुपर्ने उनले जोड दिए। 

मागपत्र प्रमाणीकरणको सहजीकरणका लागि वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयले गर्नुपर्ने आफ्नो काम गरिरहे पनि सम्बन्धीत दूतावासहरुले नगरिदिँदा यसमा समस्या देखिएको उनको भनाई छ। यसको प्रमुख कारण वैदेशिक रोजगारीका प्रकृयाहरु एकद्वार प्रणालीमार्फत नहुनु नै भएको उनको टिप्पणी छ। कोभिड नहुँदाको सामान्य अवस्थामा पनि दूतावासहरुले सहजरुपमा मागपत्र प्रमाणीकरण नगरिदिएको प्रति उनले दुःख व्यक्त गरे। 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै
देशभर मौसम मुख्यतया सफा रहने
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्