काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले म्यादी जीवन बिमा तथा वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने रकम अनलाईनमार्फत् भुक्तानी गर्न पाउने भएका छन्।
वैदेशिक रोजगारीका सेवालाई थप सरल तथा पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको हो।
वैदेशिक रोजगार नियमावली २०६४ ले समेत श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युतीय माध्यमबाट भुक्तानी लिई सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ ।
ई–सेवा, फोन पे प्रालि, स्प्यारो पे प्रालिलगायत भुक्तानी सेवा प्रदायक संस्थाबाट म्यादी जीवन बिमा तथा कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। तोकिएका भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत कुनै पनि थप शुल्क तिर्नु पर्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।