तस्बिर : गलकोट एफएम।
काठमाडौं- बागलुङबाट ५ यात्री लिएर काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकोप्टरमा चिल ठोक्किएको छ। चिल ठोक्किएपछि हेलिकोप्टरलाई नुवाकोटमा अवतरण गरिएको छ।
हेलिकोप्टरमा चालकदलका एक जना सदस्य थिए। हेलिकोप्टरका १ जना घाइते भएका छन्।
यससम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।