• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आम मान्छे, आमका लागि

64x64
ऋग्वेद शर्मा शनिबार, मंसिर १३, २०७७  ०६:०९
1140x725
अजिज अल अस्मार र उनले बनाएको म्याराडोना भित्ते चित्र। तस्बिर– एएफपी

काठमाडौं- डिएगो म्याराडोनाप्रति विश्वभरबाट फुटबल समर्थक श्रद्धाञ्जली दिइरहेका छन्। त्यसको तस्बिर र भिडियो सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा आइरहेकै छ। तर श्रद्धाञ्जलीको एउटा यस्तो तस्बिर चित्र छ, जसले विश्वभरका धेरैको ध्यान खिचिरहेको छ। 

सिरियाको सहर बिनिशमा गएको जनवरीमा राष्ट्रपति बशर अल असादले हवाइ आक्रमण गरे। जहाँ सात जनाको ज्यान गयो। ३७ जना घाइते भए। त्यसको अर्को महिना भएको गोलाबारीमा छ जनाको ज्यान गयो। जसमा चार जना शिक्षक विद्यार्थी परेका थिए। त्यहीँ खण्डहरमा परिणत घरको बचेको एउटा भित्तोमा अहिले म्याराडोनाको चित्र देखिन्छ। 

अजिज अल अस्मारले बनाएको चित्रमा म्याराडोना अर्जेन्टिनी राष्ट्रिय टिमको जर्सीमा देखिन्छन्। पछाडि अर्जेन्टिनाको राष्ट्रिय झण्डासमेत बनाइएको छ। अजिजले बनाएको चित्रको तस्बिर एएफपीका फोटोपत्रकार मुहम्मद हज कादुरले खिचे। त्यसको विशेषता के भने त्यहाँ जे बनाइएको छ त्यसबाहेक धेरै कुरा देखिन्छ। विशेषतः भग्नावशेषले देखाएको सिरियाको द्वन्द्व। आम मानिसको पीडाको कथा।  

त्यही तस्बिरले सम्झाएको छ म्याराडोनाको एक भनाई- ‘अमेरिकाले सिरियाको अस्तित्व नै मेटाउन चाहिरहेको छ भन्ने बुझ्न तपाइँ कुनै विश्वविद्यालय जान आवश्यक छैन।’

भित्ते चित्रका लागि अजिज सिरियामा चिनिएका कलाकार हुन्। उनी युद्धका कारण भग्नावशेषमा परिणत खण्डहरमा जोगिएका भित्ताहरुमा चित्र बनाउँदै गरेका भेटिन्छन्। जसमा विभिन्न सामाजिक सन्दर्भलाई मजाले देखाउँछन्। यसअघि अमेरिकामा प्रहरीद्वारा मारिएका जर्ज फ्लोयडको समर्थनमा पनि उनले यसैगरी भित्ते चित्र बनाएका थिए। फ्लोयडको हत्यापछि काला जातीले आफ्नो अस्तित्व स्वीकारको लडाइँ अझ बढाइरहेकै छन्। 

सिरिया सन् २०११ देखि युद्धमा छ। उल्लेख गरिएको तथ्यांक हेर्दा ३ लाख ८० हजार नागरिकले ज्यान गुमाइसकेका छन्। लाखौँ विस्थापित छन्। यो वर्षको सुरुदेखि नै राष्ट्रपति असादले उत्तर-पश्चिम क्षेत्रमा हमला बढाए। जहाँ इदलिब प्रान्तमा नागरिकको मृत्युको मानब अधिकारसम्बन्धी संस्थाले भर्त्सना गरिरहेकै छन्। 

सिरियाका राष्ट्रपति बसादको शासनमा बेरोजगारी, भ्रष्टाचार, राजनीतिक स्वतन्त्रताको कमि जस्ता विषयमा युद्ध सुरु हुनअघि देखि नै विरोधका आवाजहरु उठिरहेका थिए। सन् २०११ को मार्चमा लोकतन्त्र समर्थकहरुले राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन सुरु गरे। जुन छिमेकी देशहरुमा देखिएको ‘अरब स्प्रिङ’बाट समेत प्रभावित थियो। त्यही समय शासकले शान्तिपूर्ण प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने घातक निर्णय लिए। जसले प्रदर्शन देशव्यापी भयो। विस्तारै हिंसात्मक पनि, जुन गृहयुद्धसम्म पुग्यो। 

Ncell 2
Ncell 2
nimb
nimb
फिडेल क्यास्ट्रोलाई उनको ट्याटु देखाउँदै म्याराडोना।

अहिले विश्व फुटबलका प्रिय खेलाडी म्याराडोनाको निधनले सिरियाको युद्धको एक झलक फेरि देखायो। म्याराडोना आम मानिसका प्रिय थिए। आम मानिस उनका लागि प्रिय थिए। ब्युनसआयर्सको गरिब परिवारबाट बढेर अर्जेन्टिनालाई विश्वकप जिताएका म्याराडोना विश्व फुटबलका लागि पछ्याउन लायक बने। म्याराडोना, म्याराडोना बन्दाको सुरुवात बढो विनम्र रह्यो। पछाडि परेकाले पनि गर्न सक्छन् भन्ने देखाउन म्याराडोनाको मेहनत अथक देखियो। 

मैदानका चे ग्वेभारा भनेर समेत चिनिएका म्याराडोना विभिन्न नेताहरुसँग नजिक पनि थिए। जसमा क्युवाका फिडेल क्यास्ट्रो, भेनेजुएलाका ह्युगो चाभेज र बोलिभियाका इभो मोरालेस पनि पर्छन्। फिडेल क्यास्ट्रोसँग त उनी यति नजिक थिए कि म्याराडोनाले आफ्नो गोडामा क्यास्ट्रोको तस्बिर ट्याटु नै बनाएका थिए। दाहिने हातमा चे ग्वेभाराको ट्याटुको चर्चा त निकै भयो। चार वर्षअघि २५ नोभेम्बरमा नै बितेका क्यास्ट्रोसँग त म्याराडोना भावनात्मक रुपमा नै जोडिएका थिए।  

म्याराडोना लागुऔषध दुर्व्यसनमा परेका बेला त्यसबाट निस्कन केही वर्ष क्युबामा नै बसेका थिए। ती दिन क्यास्ट्रो म्याराडोनासँग नियमित कुराकानी गर्थे। विशेष गरी राजनीति र खेलकुदकै कुरा हुन्थ्यो। लागुऔषध दुर्व्यसनबाट निस्कन सहयोग गर्थे। यसैले निधन हुनु केही अघिसम्म पनि म्याराडोना क्यास्ट्रोलाई आफ्नो ‘दोस्रो पिता’ का रुपमा बताउँथे। क्यास्ट्रो पनि म्याराडोनाको क्युवासँगको सम्बन्ध निस्वार्थ रहेको बताउँथे। 

चे ग्वेभाराको ट्याटु देखाउँदै म्याराडोना।

माक्र्सवादी लेनिनवादी क्रान्तिकारी प्रसिद्ध राजनीतिक व्यक्तित्वसँग म्याराडोनाको सम्बन्ध राजनीतिक आस्थाका कारण नभए पनि उनको आम मानिसप्रतिको चेत क्रान्तिकारी नै थियो। उनी साम्राज्यवादको विरोधी थिए। वामपन्थी समाजवादी विचार राख्थे। प्रगतिशील आन्दोलनलाई समर्थन गर्थे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

म्याराडोना ह्युगो चाबेजलाई भेट्न २००५ मा भेनेजुएला गएका थिए। चाबेजसँगको भेटपछि म्याराडोनाले ‘एक महान मानिस’ लाई भेट्न गएको ‘विशाल’ व्यक्तित्वलाई भेटेर फर्केको प्रतिक्रिया दिएका थिए। दुईबीचको सम्बन्ध भेनेजुएलाका अहिलेका नेता निकोलस मादुरोले पनि खुब तारिफ गर्थे, सार्वजनिक रुपमा नै। 

पछिल्लो समय बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेसले आर्मीको दबाब र प्रभावका कारण देश छाडेर जाँदा समर्थनमा म्याराडोना देखिएका थिए। ‘इभो तिम्रो साथमा पूरा विश्व छ’ भन्ने सन्देश म्याराडोनाले सामाजिक सञ्जालमा नै राखेका थिए। 

लिबियामा २०औँ शताब्दीको पछिल्लो दुई दशक पश्चिमा शक्तिले लगाएको नाकाबन्दीको विरोधमा पनि देखिन्थे म्याराडोना। साथै म्याराडोनाले सन् २०१२ मा आफूलाई प्यालेस्टाइनका जनताको एक नम्बर समर्थकका रुपमा चिनाएका थिए। इजरायलले प्यालेस्टाइनमाथि जे गरिरहेको छ त्यो लज्जास्पद हो भन्ने उनको अभिव्यक्ति थियो। २०१८ मा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बाससँग मस्कोमा भेटेर समेत आफ्नो साथ रहेको म्याराडोनाले बताएका थिए।

भ्याटिकनमा जोन पोउल द्वितीय र फ्रान्सिस पोप रहँदा उनीहरुले गरिबको बेवास्ता गरेको भन्दै म्याराडोना खुब आलोचना गर्थे। एकपटक म्याराडोनाले भनेका थिए- ‘म धेरैपटक भ्याटिकन पुग्दा सुनका छत देखेको छु, र त्यहीँ सुनिरहेको हुन्छु चर्च गरिब बच्चाहरुको अवस्थाले चिन्तित छ। त्यसोभए गरिबका लागि त्यो सुनको छत बेचे हुने नि!’

त्यसपछि २०१६ मा पनि भ्याटिनको भ्रमणपछि म्याराडोनाले भनेका थिए- ‘मैले भ्याटिकन भ्रमणमा त्यहाँ सुनको छतहरु देखेँ, त्यसमा सोचमग्न भएँ- उनीहरु कसरी सुनको छतमा बसेर गरिब देशहरुमा गएर साना बच्चालाई केही नभए जसरी ठूलो पेट लिएर गालामा म्वाइ खान सक्छन्।’

यो पनि पढ्नुहोस्

म्याराडोना : बिर्सन नसकिने एक युग बिहीबार, मंसिर ११, २०७७

सन् २०१४ मा ब्राजिल विश्वकपको उद्घाटन साओ पाउलोमा भइरहेको थियो। म्याराडोना केही पत्रकारसँगै बसिरहेका थिए। त्यसबेला ब्राजिलकी राष्ट्रपति डिल्मा रोसेफ मन्तव्यका लागि उठिन् तब केही दर्शकले ठूलो स्वरमा हंगामा गरे। किन त्यस्तो भइरहेको छ भन्ने अन्योल भइरहँदा म्याराडोनाले भनेका थिए- ‘उनी महिला भएकाले दर्शकको यो असाध्यै बेतुकको हल्ला हो।’ 

म्याराडोनाको निधनपछि बुधबार रोसेफले सामाजिक सञ्जालमा लेखेकी छिन्- ‘म्याराडोनाको निधन फुटबल समर्थकहरुका लागि ठूलो क्षति हो। साथै ल्याटिन अमेरिका र क्यारेबियन देशहरुमा संप्रभुता, लोकतन्त्र र सामाजिक न्यायका लागि उनी सधैँ बोलिरहेका हुन्थे।’ 

यसैले म्याराडोना ‘फुटबलका देवता’ मात्र होइनन्, सामाजिक र राजनीतिक न्यायका लागि लड्ने कार्यकर्ता हुन्, लडाकू हुन्। तब त म्याराडोनाले फुटबल खेल्न छाडेपछि पनि आम मानिसका मन छाडेनन्। उनलाई फुटबलकै कारण सम्झनेहरु जतिकै छन् न्यायको आवाजका कारण सम्झिनेहरु पनि। 

अर्जेन्टिनाको पत्रिका ‘एल क्लारिन’ लाई गएको अक्टोवर ३० मा दिएको अन्तिम अन्तर्वार्तामा म्याराडोनाले आफू मरेपछि पनि प्रिय भइरहने विश्वास देखाएका थिए। नभन्दै उनीप्रतिको प्रेम विश्वभर देखिएकै छ। राजनीति र धर्मको विवादभन्दा सधैँ माथि रहेको फुटबलमा म्याराडोना अझ विशेष बनिरहे। जसरी फुटबलमार्फत आम मानिससँग जोडिए, मोहित पारे उसैगरी विचारले पनि आमसँगै रहे। 

त्यही बेला उनको विशेष चिन्ता भोकाहरुलाई लिएर थियो। उनले भनेका थिए- ‘मलाई राष्ट्रपति अल्बर्टो फर्नान्डेजप्रति विश्वास छ। तर खानको नै मुस्किलमा रहेका बालबालिका देख्दा असाध्यै नमज्जा लाग्छ। किनभने मलाई थाहा छ भोक के हो, खानेकुरा बिना धेरै दिन बिताउँदा कस्तो हुन्छ बुझेको छु।’ 

(यो सामग्री दि टाइम्स, अलजजिरा, गार्जियन, मिडल इस्ट आई, दि वासिङ्टन पोस्ट, इन्साइडर र बिबिसीमा आधारित रहेर तयार पारिएको हो।)

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  ०६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्