काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०२० का लागि दिने उत्कृष्ट पुरुष टिम प्रशिक्षकमा पाँच र उत्कृष्ट महिला टिम प्रशिक्षकमा सात जना मनोनयनमा परेका छन्।
यसअघि सन् २०१९ मा उत्कृष्ट फिफा पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका योर्गेन क्लोपले जितेका थिए। महिलातर्फको अवार्ड भने जिल एलिसले जितेकी थिइन्। यो वर्षको अवार्ड डिसेम्बर १७ मा हुनेछ।
फिफाले सार्वजनिक गरेको उत्कृष्ट पुरुष टिम प्रशिक्षक अवार्डको मनोनयनमा रियल मड्रिडका जिनेदिने जिदान, सेभियाका जुलेन लोपेटेगी, लिभरपुलका योर्गेन क्लोप, बायर्न म्युनिकका हान्सी फ्लिक र लिड्स युनाइटेडका मार्सेलो बिएल्सा रहेका छन्।
महिलातर्फको प्रशिक्षकमा बार्सिलोनाका लुइस कोर्टेस, युभेन्टसकी रिटा गाउरिनो, चेल्सीका इमा हायस, वुल्भ्सबर्गका उल्स स्टेफन लर्च, ओलम्पिक लियोनेसका जिआन लुक भासेउर र नेदरल्यान्ड्सका सारिना विगमन रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।