• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्सको चिनियाँ जहाज व्यवस्थापनका ४ विकल्प : सहमति देला त अर्थले ?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ९, २०७७  १२:३५
1140x725

काठमाडौं–राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ५ वटा (३ वटा वाई–१२ र २ वटा एमए–६०)  चिनियाँ जहाज व्यवस्थापनका लागि ४ विकल्प अगाडि सारेको छ।

निगमले साउन १५ गते देखि सदाका लागि उडान बन्द गराएको चिनियाँ जहाजको व्यवस्थापनमा ४ वटा विकल्प अगाडि सारेको छ।

निगम व्यवस्थापनले केही अगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई चिनियाँ जहाजको व्यवस्थापनको विकल्पबारे सुझाव दिएको थियो।

निगम सञ्चालक बोर्डको गत असार १६ गते बसेको बैठकले चिनियाँ जहाज साउन १५ गतेबाट सदाका लागि उडान बन्द गराउने भन्दै तिनको व्यवस्थापनका विषयमा निर्णय गर्न पर्यटन मन्त्रालयलाई पत्राचार गरेको थियो। पत्र पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयले पनि जहाज व्यवस्थापनका विकल्पका बारेमा आवश्यक राय माग गर्दै पर्यटन मन्त्रालयलाई पुनः पत्रको जवाफ पठाएको थियो।

त्यसपछि पर्यटन मन्त्रालयले जहाज व्यवस्थापनको विकल्प के हुनसक्छ भनेर पुनः निगमसँग राय मागेको थियो।

निगमले  जहाज फिर्ता गर्नेदेखि बिक्री गर्नेसम्मका ४ वटा विकल्पसहितको सुझाव पर्यटन मन्त्रालयमा पठाएको जनाएको छ।

निगमले पहिलो विकल्पको रुपमा जहाज विक्रेता कम्पनी एभिक इन्टरनेशल होल्डिङ कर्पोरेशन लाई वाई–१२ र एमए–६० जहाजको फेयर मार्केट भ्यालुको आधारमा विमानहरु फिर्ता गरी व्यवस्थापन गर्ने विषय उल्लेख गरेको छ।

यसैगरी दोस्रो विकल्पको रुपमा टेण्डर गरी बिक्री गर्न सकिने उल्लेख छ। साथै तेस्रो विकल्पको रुपमा लिज प्रक्रियाबाट अन्य कम्पनहरुलाई जहाज दिने सकिने विषय पनि निगमले अगाडि सारेको छ। यसैगरी चौथो विकल्पको रुपमा नयाँ जहाज खरिद गर्दा डाउनपेमेन्टको रुपमा प्रयोग गर्ने विषय रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

६ वर्षमा साढे २ अर्ब घाटा
आन्तरिक हवाई उडानलाई प्रभावकारी बनाउन भन्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले खरिद गरेका ६ वटा चिनियाँ जहाज ९४ वटा वाई–१२ र २ वटा एमए–६०० बाट ६ वर्षमा झन्डै २ अर्ब घाटा व्यहोरेको छ।

आर्थिक वर्ष २०७१र०७२ देखि आर्थिक वर्ष २०७६र०७७ सम्म आइपुग्दा निगमले ६ वटा चिनियाँ जहाजबाट कुल २ अर्ब ४८ करोड ३९ लाख ४८ हजार २ सय ८ रुपैयाँ घाटा व्यहोरेको हो। निगम स्रोतका अनुसार २ वटा एमए(६० जहाजबाट ६ वर्षमा १ अर्ब ५१ करोड २४ लाख ८४ हजार ८ सय ४६ रुपैयाँ घाटा भएको छ। यसैगरी, ४ वटा वाई(१२ जहाजबाट भने ९७ करोड १४ लाख ६३ हजार ३ सय ६२ रुपैयाँ घाटा भएको हो।

चिनियाँ जहाजबाट निरन्तर घाटा भएको र उडान पनि प्रभावकारी हुन नसकेको भन्दै निगमले साउन १५ गतेबाट सदाका लागि जहाज ग्राउन्डेड गराइसकेको छ। जहाज ग्राउन्डेड भए पनि निगमले केही इन्जिनियर, पाइलट तथा बिमाबापतको रकम भने तिरिराख्नुपरेको छ। 

निगमले थप भारबाट जोगिन चिनियाँ जहाजको सहज व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेको पनि ३ महिनाभन्दा बढी भइसकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जहाज सदाका लागि ग्राउन्डेड गर्ने निर्णय गरे पनि चिनियाँ अधिकारीहरुले जहाज नेपालमा नै उडाउनु पर्ने भन्दै दबाब दिँदै आएका छन्। नेपालमा चिनियाँ जहाज ‘फ्लप’  भएको सन्देश बाहिर जाने भएकाले जसरी पनि जहाज उडान गराई आफ्नो देशको प्रतिष्ठा जोगाउन चिनियाँ दूतावासले दबाब दिँदै आएको अर्थ मन्त्रालय स्रोत बताउँछ। यो जहाज खरिदका बेला नै राजनीतिक तहबाट निर्णय भएकाले अर्थका कर्मचारीले यसलाई सकारात्मक रूपमा लिएका थिएनन्। 

तै पनि निगमलाई घाटा नहुने गरी आवश्यक विकल्पमा अघि बढ्ने गरी अर्थ मन्त्रालयले बाटो खुला गरिदिने तयारी गरेको बताउँदै आएको छ। निगमले भने अर्थ र पर्यटन मन्त्रालयबाट ‘आफूलाई फाइदा हुने गरी जहाज व्यवस्थापन गर्नू’ भन्ने निर्णय भए आफूहरुलाई सहज हुने बताउँदै आएको छ।
निगमले अब आन्तरिक उडानका लागि नेपालको भूगोलसँग मिल्दोजुल्दो जहाज खरिद तथा भाडामा लिने तयारी गरेको छ। तर, चिनियाँ जहाज व्यवस्थापन नहुँदा निगमलाई नयाँ जहाज किन्न सहज छैन। 

‘चिनियाँ जहाजबाट हुने आन्तरिक उडानमा नेपाल एयरलाइन्सलाई घाटा छ,’ निगम महाप्रबन्धक डिमप्रकाश पौडेलले भने, ‘चिनियाँ जहाजको व्यवस्थापन नै सबैका लागि उत्तम विकल्प हो भने निगमलाई पनि फाइदा छ।’

उनले व्यवस्थापनका नियामक र सरोकारवाला निकायको निर्देशन र निर्णयअनुसार आफूहरू अगाडि बढ्ने तर्क गरे। 

२०६९ मंसिरमा नेपाल र चीनबीच ६ वटा चिनियाँ जहाज खरिदका लागि दुईपक्षीय सम्झौता भएको थियो। सम्झौतामा एउटा एमए-६० र एउटा वाई-१२ जहाज अनुदानमा र एउटा एमए-६० र ३ वटा वाई-१२ जहाज ऋणमा  लिने सम्झौता भएको थियो। सोही सम्झौतापछि २०७१ वैशाखमा पहिलो अनुदानको एउटा एमए-६० जहाज नेपाल आएको थियो। साथै सोही वर्ष २०७१ को कात्तिकमा अर्को अनुदान वापतको एउटा वाई(१२ जहाज नेपाल आएको थियो।

यसैगरी बाँकीमध्ये २०७३ मा एउटा एमए-६० र एउटा वाई-१२ आएको थियो। निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई-१२ जहाज नेपाल ल्याएको थियो। यसरी खरिद भएर नेपाल ल्याइएका चिनियाँ जहाजबाट निगमले आर्थिक वर्ष ०७६र०७७ सम्म २ अर्ब ४८ करोड घाटा बेहोरेको छ।

जहाज खरिदमा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरिसकेको छ। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो।

सुहलियत दरका ऋणको किस्ता र ब्याज अब निगमले तिर्ने समय सुरू हुन लागेको छ। निगमले २०९० सालसम्म जहाज खरिदको ऋणको किस्ता र ब्याज तिर्नु पर्ने भनिएको थियो। निगमले चिनियाँ जहाज अपरेसनमा १९ वटा कमजोरी देखाउँदै उडान बन्द गर्ने घोषणा गरिसकेको छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्