• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीसँगको भेटबारे किन बोल्दैनन् देउवा?

64x64
लिलु डुम्रे सोमबार, मंसिर ८, २०७७  १७:१३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति,कार्यशैली, प्रतिपक्ष दलसँगको व्यवहारमा दर्जनौं प्रश्न कांग्रेसले उठाउँदै आइरहेको छ। तर, राज्य सञ्चालनमा ओलीको व्यवहारले ‘आजित’ कांग्रेसका सभापति शेरबहादुर देउवाले उनै प्रधानमन्त्री ओलीसँग भेट गरेका छन्। तर यसबारे न त प्रधानमन्त्री  ओली बोल्छन्, न प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू नै प्रष्ट पार्छन्, न त कांग्रेस सभापति देउवा नै। छलफलबारे सभापति शेरबहादुर देउवाले औपचारिक रूपमा मुख नखोलेपछि विभिन्न शंकाउपशंका उब्जिएका छन्। कांग्रेसका नेताहरूले आफ्ना व्यक्तिगत धारणा सार्वजनिक गरिरहेका छन्। 

मूलतः कांग्रेस संस्थापन पक्षले ओली-देउवाबीचको भेटबारेमा लुकाउन खोजेको थियो। तर मिडियाहरूमा आइसकेपछि अब छिपाउने अवस्था छैन। तर प्रष्ट नपारिदिनाले शंका निवारण भएका पनि छैनन्।  

यसपटकको भेटबारे आधिकारिक रूपमा कुनै पनि कुरा नखुलाएका देउवाले यसअघि भने प्रेस नोटका रूपमा खुलाउँदै आएका थिए। साउन ८ गते प्रधानमन्त्रीसँगको भेटमा सभापति शेरबहादुर देउवाले राखेका धारणाबारे प्रेस नोटमार्फत् सार्वजनिक गरिएको थियो। नोटमा भनिएको थियो, ‘कोरोना सृजित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ।’

त्यस अघि असार २० मा प्रधानमन्त्रीलाई भेटेको देउवाले कोरोना संक्रमणमा सरकारी असफलता, अनियमितता र पार्टीले उठाएका मागलाई सम्बोधन गर्न आग्रह गरिएको थियो। सात बुँदे माग राख्दै कार्यान्वयनको माग देउवाले गरेका थिए। 

विगतमा वालुवाटार छलफल बारे जानकारी गराउने प्रमुख प्रतिपक्ष दलले शनिबारको भेट गुपचुपमै राख्ने प्रयास गर्‍यो। दुई पक्षको भेटको विषयमा सत्तारुढ दल नेकपा मौन त छँदैछ। कांग्रेसले पनि सत्तापक्षको ‘लाइन’ लिएको छ। 

शनिबारको भेट विगतकै निरन्तरतामा थिएन। संवैधानिक निकाय र विश्वविद्यालयका पदाधिकारी मनोनयन केन्द्रित संवाद भनिएपनि वार्ता त्यतिमा मात्रै सिमित नभएको ‘छिपाउने प्रवृतिले’ स्पष्ट पारेको छ। दुई पक्षले संवादका विषय सार्वजनिक नगरेपछि अनेक आशंकालाई थप मलजल गरेको छ। नेकपा भित्रको विवाद उत्कर्षमा पुगेकै बेला भएको ‘गुपचुप’ भेटले सत्ताकेन्द्रित संवाद भएको बुझ्न सकिने ठाउँ छ। तथापि, दुवै पक्षले भेट भएको भएको हो वा होइन स्पष्ट भन्न सकिरहेका छैनन्।

प्रधानमन्त्री ओलीको सत्ता ‘धर्मराएको’ बेला प्रमुख प्रतिपक्ष दलका सभापतिले भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ। शनिबारको छलफल ‘सत्ता स्वार्थ’केन्द्रित रहेको बुझाई कांग्रेसकै नेताहरुको भएकाले सामान्य भेटका रुपमा मात्र अर्थ्याउन सकिन्न।

शिनबार आफ्ना विश्वासपात्र रमेश लेखकलाई साथै लिएर देउवा बालुवाटार छिरेका थिए। बालुवाटार छिरेको भनिएका लेखक आफू नगएको दाबी गर्छन्।प्रधानमन्त्री र देउवाबीच भएको संवादलाई भने उनले टार्न सकेनन्। नेकपामा विवाद बढ्दै गएपछि प्रधानमन्त्री र देउवा निकटका व्यक्तिहरुको प्रत्यक्ष/अप्रत्यक्ष संवाद बढेको छ। देउवाले तिहारअघि आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पठाएका थिए। राष्ट्रपतिसँग भेट भएको स्वीकारेका कार्कीले संवादमा भएका कुराकानीबारे भने खुलाउन चाहेनन्। 

Ncell 2
Ncell 2

प्रधानमन्त्री ओली पार्टीभित्र संकटमा परेपछि सत्ता गठबन्धनका लागि देउवाको सहयोग खोजेका छन्। यसअघि पनि पार्टी विवाद उत्कर्षमा रहेकै बेला प्रधानमन्त्री ओलीको दूत बनेर सहकार्यको प्रस्ताव सहित सुवासचन्द्र नेम्बाङ बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए। उनै नेम्बाङ शनिबारको छलफलमा पनि सहभागी थिए।

नेकपाकै स्पष्ट बहुमतप्राप्त सरकार हुँदाहुँदै कांग्रेससँगको सहकार्य खोजेपछि प्रश्न उठ्नु स्वभाविक हो। ३१ असारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका थिए, ‘प्रधानमन्त्रीको सोच, शैली,अभिव्यक्ति र व्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो।’

सत्ता परिवर्तनमा कांग्रेस संलग्न नहुने अभिव्यक्ति दिएका प्रवक्ताले शनिबारको उठेका विषय खुलाउनै चाहँदैनन्। बालुवाटारको भेट ‘होइन’ वा ‘हो’ भन्न पनि उनी सक्दैनन्। विगतमा प्रेस नोट जारी गर्ने कांग्रेसले शनिबारको भेटबारे किन सार्वजनिक नगरिएकोबारे प्रवक्ता शर्मासँग नेपाल लाइभले जिज्ञासा राख्दा उनले भने, 'ट्विटमा जति लेखिएको त्यति नै हो। पार्टीको अफिसियल धारणा जति हो, ट्विटमा राखेको छु। हेर्नू न।’

सभापतिसँग व्यक्तिगत रुपमा भएका छलफलका विषय देउवासँगै बुझ्न उनको आग्रह थियो। सत्ताकेन्द्रlत वार्ताबारे उनले कुनै कुरा खुलाउन चाहेनन्।कांग्रेससँग सत्ता सहकार्यका लागि प्रधानमन्त्री ओलीको र देउवाको भेट भएको चर्चा भएपछि शर्माले सत्ता बाहिरै रहने सामाजिक सञ्जाल मार्फत प्रष्टाएका थिए।

ट्विटमा भेट भए/नभएको भने उनले खुलाएका थिएनन्। सत्ताधारी नेकपाको भड्कावबाट टाढा रहने उनले प्रष्टाएका थिए। कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेको जनाउँदै आइतबार शर्माले लेखेका थिए, ‘नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं। अत यता या उताको जोडघटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्।’

अंकगणितमा बलियो नेकपा सरकारलाई बलियो प्रतिपक्षको अपेक्षा देउवा सभापति भएकै कारण सम्भव नभएको टिप्पणी हुँदै आएको छ। संवैधानिक निकाय, विश्वविद्यालयका पदाधिकारी, न्यायाधीश, द्वन्द्वकालीन आयोग लगायतमा सत्तासँग भाग खोजेपछि उनको आलोचना हुँदै आएको छ।

देउवा सत्तासँग हिस्सेदारी खोज्दै आएकाले जनमत अपमान गरी सरकारमा जाने डर कांग्रेसका नेताहरूलाई नै छ। बालुवाटार भेटमा भएको छलफलका विषयमा बाहिर नआएपनि सत्ता गठबन्धनमा कांग्रेस लाग्नै नहुने मत कांग्रेस नेताको छ। सत्तामा जाने हतार गर्नु कांग्रेसकै लागि आत्मघाती हुने नेता अर्जुननरसिंह केसीको बुझाई छ।

‘स्थिरता,समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको,भ्रष्टाचारमा चुर्लुम्म डुबेकासँग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु कांग्रेसको निम्ति आत्महत्या हुने छ,’ नेता सिंह भन्छन्, ‘उनीहरू (नेकपा) टुटुन्/फुटुन् वा जुटुन् यो उनकै समस्या हो।’

प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिक आधार गुमाइसकेको निर्णय कांग्रेस केन्द्रीय समितिबाट पारित गरिसकेको छ। प्रधानमन्त्रीको राजीनामा माग्न अंक गणितले साथ नदिने हुँदा सत्ता खेलमा कांग्रेस नलाग्ने अभिव्यक्ति दोहोरिरहेका थिए।

शासनका लागि वैधता गुमाएको ओली सरकार इतिहासकै असफल सरकार रहेको नेता प्रदीप पौडेलले बताए। ‘जन नजरमा ईतिहासकै असफल ओली सरकारसँग सम्झौता नगरियोस्,' नेता पौडेलले भने, ‘हेक्का रहोस्, कांग्रेस एउटा व्यक्ति होइन लाखौं सहिदको बलिदानले बनेको संस्था हो। पाँच वर्ष हामी प्रतिपक्षमा रहन्छौँ।’

शनिबारको भेटलाई कांग्रेसको साथ लिएर अर्को समूहलाई चेतावनी दिने ओली शैलीका रुपमा समेत टिप्पणी हुने गरेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १७:१३
  • #शेरबहादुर-देउवा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
रेशम चौधरीको उम्मेदवारी खारेज उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो । बिहीबार, माघ ८, २०८२
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा तोक्ने निर्णय गरेको हो। बिहीबार, माघ ८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ। बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्