• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीसँगको भेटबारे किन बोल्दैनन् देउवा?

64x64
लिलु डुम्रे सोमबार, मंसिर ८, २०७७  १७:१३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति,कार्यशैली, प्रतिपक्ष दलसँगको व्यवहारमा दर्जनौं प्रश्न कांग्रेसले उठाउँदै आइरहेको छ। तर, राज्य सञ्चालनमा ओलीको व्यवहारले ‘आजित’ कांग्रेसका सभापति शेरबहादुर देउवाले उनै प्रधानमन्त्री ओलीसँग भेट गरेका छन्। तर यसबारे न त प्रधानमन्त्री  ओली बोल्छन्, न प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू नै प्रष्ट पार्छन्, न त कांग्रेस सभापति देउवा नै। छलफलबारे सभापति शेरबहादुर देउवाले औपचारिक रूपमा मुख नखोलेपछि विभिन्न शंकाउपशंका उब्जिएका छन्। कांग्रेसका नेताहरूले आफ्ना व्यक्तिगत धारणा सार्वजनिक गरिरहेका छन्। 

मूलतः कांग्रेस संस्थापन पक्षले ओली-देउवाबीचको भेटबारेमा लुकाउन खोजेको थियो। तर मिडियाहरूमा आइसकेपछि अब छिपाउने अवस्था छैन। तर प्रष्ट नपारिदिनाले शंका निवारण भएका पनि छैनन्।  

यसपटकको भेटबारे आधिकारिक रूपमा कुनै पनि कुरा नखुलाएका देउवाले यसअघि भने प्रेस नोटका रूपमा खुलाउँदै आएका थिए। साउन ८ गते प्रधानमन्त्रीसँगको भेटमा सभापति शेरबहादुर देउवाले राखेका धारणाबारे प्रेस नोटमार्फत् सार्वजनिक गरिएको थियो। नोटमा भनिएको थियो, ‘कोरोना सृजित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ।’

त्यस अघि असार २० मा प्रधानमन्त्रीलाई भेटेको देउवाले कोरोना संक्रमणमा सरकारी असफलता, अनियमितता र पार्टीले उठाएका मागलाई सम्बोधन गर्न आग्रह गरिएको थियो। सात बुँदे माग राख्दै कार्यान्वयनको माग देउवाले गरेका थिए। 

विगतमा वालुवाटार छलफल बारे जानकारी गराउने प्रमुख प्रतिपक्ष दलले शनिबारको भेट गुपचुपमै राख्ने प्रयास गर्‍यो। दुई पक्षको भेटको विषयमा सत्तारुढ दल नेकपा मौन त छँदैछ। कांग्रेसले पनि सत्तापक्षको ‘लाइन’ लिएको छ। 

शनिबारको भेट विगतकै निरन्तरतामा थिएन। संवैधानिक निकाय र विश्वविद्यालयका पदाधिकारी मनोनयन केन्द्रित संवाद भनिएपनि वार्ता त्यतिमा मात्रै सिमित नभएको ‘छिपाउने प्रवृतिले’ स्पष्ट पारेको छ। दुई पक्षले संवादका विषय सार्वजनिक नगरेपछि अनेक आशंकालाई थप मलजल गरेको छ। नेकपा भित्रको विवाद उत्कर्षमा पुगेकै बेला भएको ‘गुपचुप’ भेटले सत्ताकेन्द्रित संवाद भएको बुझ्न सकिने ठाउँ छ। तथापि, दुवै पक्षले भेट भएको भएको हो वा होइन स्पष्ट भन्न सकिरहेका छैनन्।

प्रधानमन्त्री ओलीको सत्ता ‘धर्मराएको’ बेला प्रमुख प्रतिपक्ष दलका सभापतिले भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ। शनिबारको छलफल ‘सत्ता स्वार्थ’केन्द्रित रहेको बुझाई कांग्रेसकै नेताहरुको भएकाले सामान्य भेटका रुपमा मात्र अर्थ्याउन सकिन्न।

शिनबार आफ्ना विश्वासपात्र रमेश लेखकलाई साथै लिएर देउवा बालुवाटार छिरेका थिए। बालुवाटार छिरेको भनिएका लेखक आफू नगएको दाबी गर्छन्।प्रधानमन्त्री र देउवाबीच भएको संवादलाई भने उनले टार्न सकेनन्। नेकपामा विवाद बढ्दै गएपछि प्रधानमन्त्री र देउवा निकटका व्यक्तिहरुको प्रत्यक्ष/अप्रत्यक्ष संवाद बढेको छ। देउवाले तिहारअघि आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पठाएका थिए। राष्ट्रपतिसँग भेट भएको स्वीकारेका कार्कीले संवादमा भएका कुराकानीबारे भने खुलाउन चाहेनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओली पार्टीभित्र संकटमा परेपछि सत्ता गठबन्धनका लागि देउवाको सहयोग खोजेका छन्। यसअघि पनि पार्टी विवाद उत्कर्षमा रहेकै बेला प्रधानमन्त्री ओलीको दूत बनेर सहकार्यको प्रस्ताव सहित सुवासचन्द्र नेम्बाङ बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए। उनै नेम्बाङ शनिबारको छलफलमा पनि सहभागी थिए।

नेकपाकै स्पष्ट बहुमतप्राप्त सरकार हुँदाहुँदै कांग्रेससँगको सहकार्य खोजेपछि प्रश्न उठ्नु स्वभाविक हो। ३१ असारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका थिए, ‘प्रधानमन्त्रीको सोच, शैली,अभिव्यक्ति र व्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो।’

सत्ता परिवर्तनमा कांग्रेस संलग्न नहुने अभिव्यक्ति दिएका प्रवक्ताले शनिबारको उठेका विषय खुलाउनै चाहँदैनन्। बालुवाटारको भेट ‘होइन’ वा ‘हो’ भन्न पनि उनी सक्दैनन्। विगतमा प्रेस नोट जारी गर्ने कांग्रेसले शनिबारको भेटबारे किन सार्वजनिक नगरिएकोबारे प्रवक्ता शर्मासँग नेपाल लाइभले जिज्ञासा राख्दा उनले भने, 'ट्विटमा जति लेखिएको त्यति नै हो। पार्टीको अफिसियल धारणा जति हो, ट्विटमा राखेको छु। हेर्नू न।’

सभापतिसँग व्यक्तिगत रुपमा भएका छलफलका विषय देउवासँगै बुझ्न उनको आग्रह थियो। सत्ताकेन्द्रlत वार्ताबारे उनले कुनै कुरा खुलाउन चाहेनन्।कांग्रेससँग सत्ता सहकार्यका लागि प्रधानमन्त्री ओलीको र देउवाको भेट भएको चर्चा भएपछि शर्माले सत्ता बाहिरै रहने सामाजिक सञ्जाल मार्फत प्रष्टाएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ट्विटमा भेट भए/नभएको भने उनले खुलाएका थिएनन्। सत्ताधारी नेकपाको भड्कावबाट टाढा रहने उनले प्रष्टाएका थिए। कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेको जनाउँदै आइतबार शर्माले लेखेका थिए, ‘नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं। अत यता या उताको जोडघटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्।’

अंकगणितमा बलियो नेकपा सरकारलाई बलियो प्रतिपक्षको अपेक्षा देउवा सभापति भएकै कारण सम्भव नभएको टिप्पणी हुँदै आएको छ। संवैधानिक निकाय, विश्वविद्यालयका पदाधिकारी, न्यायाधीश, द्वन्द्वकालीन आयोग लगायतमा सत्तासँग भाग खोजेपछि उनको आलोचना हुँदै आएको छ।

देउवा सत्तासँग हिस्सेदारी खोज्दै आएकाले जनमत अपमान गरी सरकारमा जाने डर कांग्रेसका नेताहरूलाई नै छ। बालुवाटार भेटमा भएको छलफलका विषयमा बाहिर नआएपनि सत्ता गठबन्धनमा कांग्रेस लाग्नै नहुने मत कांग्रेस नेताको छ। सत्तामा जाने हतार गर्नु कांग्रेसकै लागि आत्मघाती हुने नेता अर्जुननरसिंह केसीको बुझाई छ।

‘स्थिरता,समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको,भ्रष्टाचारमा चुर्लुम्म डुबेकासँग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु कांग्रेसको निम्ति आत्महत्या हुने छ,’ नेता सिंह भन्छन्, ‘उनीहरू (नेकपा) टुटुन्/फुटुन् वा जुटुन् यो उनकै समस्या हो।’

प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिक आधार गुमाइसकेको निर्णय कांग्रेस केन्द्रीय समितिबाट पारित गरिसकेको छ। प्रधानमन्त्रीको राजीनामा माग्न अंक गणितले साथ नदिने हुँदा सत्ता खेलमा कांग्रेस नलाग्ने अभिव्यक्ति दोहोरिरहेका थिए।

शासनका लागि वैधता गुमाएको ओली सरकार इतिहासकै असफल सरकार रहेको नेता प्रदीप पौडेलले बताए। ‘जन नजरमा ईतिहासकै असफल ओली सरकारसँग सम्झौता नगरियोस्,' नेता पौडेलले भने, ‘हेक्का रहोस्, कांग्रेस एउटा व्यक्ति होइन लाखौं सहिदको बलिदानले बनेको संस्था हो। पाँच वर्ष हामी प्रतिपक्षमा रहन्छौँ।’

शनिबारको भेटलाई कांग्रेसको साथ लिएर अर्को समूहलाई चेतावनी दिने ओली शैलीका रुपमा समेत टिप्पणी हुने गरेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १७:१३
  • #शेरबहादुर-देउवा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्