काठमाडौं- नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलको भेटवार्ता जारी छ। नेकपा पार्टी कार्यालय धुम्बाराहीमा उनीहरुबीच केही समय अघिदेखि छलफल चलिरहेको प्रचण्ड सचिवालयले जानकारी दिएको हो।
पार्टीमा बढिरहेको तीव्र विवादका विषयमा उनीहरू बीच छलफल भइरहेको बुझिएको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच विवाद बढ्दै गएको छ।
अध्यक्ष ओलीले मनोमानी रुपमा पार्टी र सरकार चलाएको भन्दै बहुमत सचिवालय सदस्य रुष्ट छन्। कार्यकारी अध्यक्ष प्रचण्डले विभिन्न आरोपसहित प्रतिवेदन पेस गरेका छन्।
सोही पत्रको जवाफका लागि अध्यक्ष ओलीले १० दिनको समय मागेका छन्। पार्टीमा देखिएको विवादलाई सहजीकरण गर्न कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच छलफल भइरहेको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल समेत धुम्बाराही पुगे पनि छलफलमा भने सहभागी नभएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।