• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

दोस्रो बजार कब्जा गर्ने 'माफिया'को प्रयास असफल, ५० वटै ब्रोकरले एउटै टिएमएस चलाउन नपाउने

64x64
अरुण सापकोटा बिहीबार, मंसिर ४, २०७७  १२:५०
1140x725

काठमाडौं- नेपाल स्टक एक्सचेन्जले ५० वटै ब्रोकरले एउटै ट्रेड म्यानेजमेन्ट सिस्टम ‘टिएमएस’ प्रयोग गर्न नपाउने व्यवस्था गर्ने भएको छ। टिएमएस सञ्चालन कार्यविधि तयार पार्ने क्रममा नेप्सेले एउटा टिएमएस अधिकतम १० वटा ब्रोकरले मात्रै प्रयोग गर्न पाउने लचकतासहित उक्त कार्यविधि तयार पारेको हो।

५० वटै ब्रोकरहरुले एउटै टिएमएस सञ्चालन गर्न नपाउने गरि कार्यविधि तयार पारिएको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। उनले भने, ‘हरेक ब्रोकरले आफ्नै टिएमएसको व्यवस्था गर्नुपर्ने नियम छ। शेयर बजार नै कब्जा गर्नेगरी सबैलाई एउटै टिएमएस सञ्चालन गर्न दिने कुरै भएन।’ 

असोज ११ गते केही ‘माफिया’ को संलग्नतामा कानुनविपरीत ५० वटै ब्रोकरले एउटै टिएमएस सञ्चालन गर्ने गरि ‘क्यापटेक नेपाल’  नामक कम्पनी खोलेका थिए। उक्त कम्पनीमा ५० वटै ब्रोकरको शेयर पुँजी छ। उक्त कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ हुने भनिएको छ। जसमा सबैभन्दा धेरै ब्रोकरहरुको ५५ प्रतिशत रहेको छ।

त्यस्तै रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टन्डनको ‘सिटी टेक’ नाम गरेको टेक्नोलोजी कम्पनीको २० प्रतिशत, बैंकहरूको २० प्रतिशत र आइटी विज्ञको ५ प्रतिशत स्वामित्व रहने भनिएको छ।

यो पनि पढ्नुहोस्

शेयर लगानीकर्ताको विवरण माफियालाई दिने गरी संरचना तयारबुधबार, असोज २१, २०७७

आइटी विज्ञको ५ प्रतिशत शेयर अप्रत्यक्ष रुपमा नेपाल धितोपत्र बोर्डका एक व्यक्तिको भएको आरोप लाग्दै आएको छ। यस कम्पनीको पर्दा पछाडि केही  माफियाको संलग्नता रहेको र उनीहरुबाट भोलिका दिनमा उच्च जोखिम रहेकाले यसको चर्को विरोध हुँदै आएको छ। तत्कालका लागि यस कम्पनीले टिएमएसको काम मात्रै गर्ने र भोलिका दिनमा ब्रोकरहरुको ‘व्याक अफिस’ को पनि काम गर्ने योजना रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सैद्धान्तिक र कानुनी रुपमा नै यस्तो गलत कदमलाई नेपाल धितोपत्र बोर्डकै अध्यक्ष भीष्मराज ढुङ्गानाले साथ दिएका थिए। उनले सार्वजनिक रुपमै नेप्सेको टिएमएसमा पटक-पटक समस्या देखिएकाले बैकल्पिक उपायका रुपमा यो कम्पनी खोलिनु पर्ने बताएका थिए। 

यो पनि पढ्नुहोस्

शेयर लगानीकर्ताको व्यक्तिगत विवरण गैरकानुनीरूपमा कब्जा गर्न चलखेलबिहीबार, असोज २२, २०७७

नियम अनुसार ब्रोकर आफैले टिएमएस सञ्चालन गर्नु पर्छ। तर आर्थिक भार धेरै पर्ने भन्दै ब्रोकरहरुले नेप्सेलाई नै टिएमएस तयार पार्न अनुरोध गरेका थिए। नेप्सेले पनि तत्काल कारोबार संञ्चालनका लागि आफैंले टिएमएस तयार पारेको थियो। तर उक्त टिएमएसमा पटक–पटक समस्या आएपछि ब्रोकर तथा लगानीकर्ता नै आजित भएका थिए। ब्रोकर आफैंले टिएमएस तयार पार्न नसक्ने, अर्कोतर्फ नेप्सेले पनि टिएमएसलाई समस्यारहित बनाउन नसक्दा समस्या देखिँदै आएको छ। यही टिएमएसका कारण नेप्सेको अनलाइन प्रणालीप्रति नै प्रश्न उठ्दै आएको छ। 

ब्रोकर आफैंले टिएमएससहित व्याक अफिस तयार पार्दा दुई करोड रुपैयाँभन्दा धेरै लाग्छ। त्यसैले गर्दा नेप्सेको विकल्पको रुपमा ब्रोकरहरु केही  ‘माफिया’ को प्रलोभनमा परेका हुन्। यसो गर्दा नेप्सेको समस्या अर्को कुनै कम्पनीमा सार्ने बाहेक अरु केही हुन नसक्ने नेप्सेका एक अधिकारीले बताए। अहिलेको समस्याको समाधान त परै जाओस कुनै अमुक कम्पनीलाई दोस्रो बजारका लगानीकर्ताको विवरण सुम्पिने जस्तो अवैधानिक र असुरक्षित काम भएको विज्ञहरु बताउछन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यसैले ब्रोकरको यस्तो कदम रोक्न नेप्सेले कार्यविधि नै तयार पारेर कानुनी रुपमा नै उक्त कम्पनीले काम गर्न नपाउने व्यवस्था गरिएको हो। अहिले ब्रोकरहरुले टिएमएस कम्पनीको नाममा गैरकानुनी रुपमा नाफामुलक कम्पनी खोलेका छन्। यो ‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारीु नियमावली २०६४ ’को दफा २७ बमोजिम गैरकानुनी काम हो। 

ब्रोकरको अहिलेको कदमले सम्पूर्ण लगानीकर्ताको विवरण माफियाको हातमा सजिलै पुग्ने र यो सबैभन्दा घातक हुने विज्ञहरु बताउछन्। टिएमएस तथा ब्रोकरको व्याक अफिसमा लगानीकर्ताको व्यक्तिगत विवरणका साथै उनीहरूको लगानीको पोर्टफोलियो देखिन्छ। साथै उनीहरूले बेलाबेलामा गरेको लगानीको विवरण बाहिरिन सक्ने जोखिम उच्च रहन्छ।

यस्तो तथ्याङ्क माफियाले विदेशीको हातमा पुर्‍याउन सक्ने जोखिम बढी हुन्छ। लगानीकर्ताको कारोबारको गोपनीयता नेप्से र ब्रोकरले कायम राख्नु पर्छ। तर पुरै लगानीकर्ताको टिएमएस नै अमुक कम्पनीलाई सुम्पिँदा गोपनीयताका साथै लगानीकर्ताको कारोबारको रणनीति पनि बाहिरिन्छ। यसले दोस्रो बजारलाई प्राकृतिक रुपमा अगाडि बढ्न दिँदैन। 

यी सबै जोखिमका कारण नेप्सेले अहिलेको कदमलाई कानुनी रुपमा रोक्ने प्रयास गरेको छ। यो कार्यविधि नेपाल धितोपत्र बोर्डले पारित गर्नु पर्छ। त्यसैले गर्दा यसमा माफियाले राजनीीतिक तथा आर्थिक प्रलोभन देखाएर गलत कदम चाल्न सक्ने जोखिम उच्च रहेकोले सम्पूर्ण लगानीकर्ता सचेत हुनु पर्ने विज्ञहरु बताउछन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह बुधबार, कात्तिक ४, २०८३
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्