• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

दोस्रो बजार कब्जा गर्ने 'माफिया'को प्रयास असफल, ५० वटै ब्रोकरले एउटै टिएमएस चलाउन नपाउने

64x64
अरुण सापकोटा बिहीबार, मंसिर ४, २०७७  १२:५०
1140x725

काठमाडौं- नेपाल स्टक एक्सचेन्जले ५० वटै ब्रोकरले एउटै ट्रेड म्यानेजमेन्ट सिस्टम ‘टिएमएस’ प्रयोग गर्न नपाउने व्यवस्था गर्ने भएको छ। टिएमएस सञ्चालन कार्यविधि तयार पार्ने क्रममा नेप्सेले एउटा टिएमएस अधिकतम १० वटा ब्रोकरले मात्रै प्रयोग गर्न पाउने लचकतासहित उक्त कार्यविधि तयार पारेको हो।

५० वटै ब्रोकरहरुले एउटै टिएमएस सञ्चालन गर्न नपाउने गरि कार्यविधि तयार पारिएको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। उनले भने, ‘हरेक ब्रोकरले आफ्नै टिएमएसको व्यवस्था गर्नुपर्ने नियम छ। शेयर बजार नै कब्जा गर्नेगरी सबैलाई एउटै टिएमएस सञ्चालन गर्न दिने कुरै भएन।’ 

असोज ११ गते केही ‘माफिया’ को संलग्नतामा कानुनविपरीत ५० वटै ब्रोकरले एउटै टिएमएस सञ्चालन गर्ने गरि ‘क्यापटेक नेपाल’  नामक कम्पनी खोलेका थिए। उक्त कम्पनीमा ५० वटै ब्रोकरको शेयर पुँजी छ। उक्त कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ हुने भनिएको छ। जसमा सबैभन्दा धेरै ब्रोकरहरुको ५५ प्रतिशत रहेको छ।

त्यस्तै रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टन्डनको ‘सिटी टेक’ नाम गरेको टेक्नोलोजी कम्पनीको २० प्रतिशत, बैंकहरूको २० प्रतिशत र आइटी विज्ञको ५ प्रतिशत स्वामित्व रहने भनिएको छ।

यो पनि पढ्नुहोस्

शेयर लगानीकर्ताको विवरण माफियालाई दिने गरी संरचना तयारबुधबार, असोज २१, २०७७

आइटी विज्ञको ५ प्रतिशत शेयर अप्रत्यक्ष रुपमा नेपाल धितोपत्र बोर्डका एक व्यक्तिको भएको आरोप लाग्दै आएको छ। यस कम्पनीको पर्दा पछाडि केही  माफियाको संलग्नता रहेको र उनीहरुबाट भोलिका दिनमा उच्च जोखिम रहेकाले यसको चर्को विरोध हुँदै आएको छ। तत्कालका लागि यस कम्पनीले टिएमएसको काम मात्रै गर्ने र भोलिका दिनमा ब्रोकरहरुको ‘व्याक अफिस’ को पनि काम गर्ने योजना रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सैद्धान्तिक र कानुनी रुपमा नै यस्तो गलत कदमलाई नेपाल धितोपत्र बोर्डकै अध्यक्ष भीष्मराज ढुङ्गानाले साथ दिएका थिए। उनले सार्वजनिक रुपमै नेप्सेको टिएमएसमा पटक-पटक समस्या देखिएकाले बैकल्पिक उपायका रुपमा यो कम्पनी खोलिनु पर्ने बताएका थिए। 

यो पनि पढ्नुहोस्

शेयर लगानीकर्ताको व्यक्तिगत विवरण गैरकानुनीरूपमा कब्जा गर्न चलखेलबिहीबार, असोज २२, २०७७

नियम अनुसार ब्रोकर आफैले टिएमएस सञ्चालन गर्नु पर्छ। तर आर्थिक भार धेरै पर्ने भन्दै ब्रोकरहरुले नेप्सेलाई नै टिएमएस तयार पार्न अनुरोध गरेका थिए। नेप्सेले पनि तत्काल कारोबार संञ्चालनका लागि आफैंले टिएमएस तयार पारेको थियो। तर उक्त टिएमएसमा पटक–पटक समस्या आएपछि ब्रोकर तथा लगानीकर्ता नै आजित भएका थिए। ब्रोकर आफैंले टिएमएस तयार पार्न नसक्ने, अर्कोतर्फ नेप्सेले पनि टिएमएसलाई समस्यारहित बनाउन नसक्दा समस्या देखिँदै आएको छ। यही टिएमएसका कारण नेप्सेको अनलाइन प्रणालीप्रति नै प्रश्न उठ्दै आएको छ। 

ब्रोकर आफैंले टिएमएससहित व्याक अफिस तयार पार्दा दुई करोड रुपैयाँभन्दा धेरै लाग्छ। त्यसैले गर्दा नेप्सेको विकल्पको रुपमा ब्रोकरहरु केही  ‘माफिया’ को प्रलोभनमा परेका हुन्। यसो गर्दा नेप्सेको समस्या अर्को कुनै कम्पनीमा सार्ने बाहेक अरु केही हुन नसक्ने नेप्सेका एक अधिकारीले बताए। अहिलेको समस्याको समाधान त परै जाओस कुनै अमुक कम्पनीलाई दोस्रो बजारका लगानीकर्ताको विवरण सुम्पिने जस्तो अवैधानिक र असुरक्षित काम भएको विज्ञहरु बताउछन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यसैले ब्रोकरको यस्तो कदम रोक्न नेप्सेले कार्यविधि नै तयार पारेर कानुनी रुपमा नै उक्त कम्पनीले काम गर्न नपाउने व्यवस्था गरिएको हो। अहिले ब्रोकरहरुले टिएमएस कम्पनीको नाममा गैरकानुनी रुपमा नाफामुलक कम्पनी खोलेका छन्। यो ‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारीु नियमावली २०६४ ’को दफा २७ बमोजिम गैरकानुनी काम हो। 

ब्रोकरको अहिलेको कदमले सम्पूर्ण लगानीकर्ताको विवरण माफियाको हातमा सजिलै पुग्ने र यो सबैभन्दा घातक हुने विज्ञहरु बताउछन्। टिएमएस तथा ब्रोकरको व्याक अफिसमा लगानीकर्ताको व्यक्तिगत विवरणका साथै उनीहरूको लगानीको पोर्टफोलियो देखिन्छ। साथै उनीहरूले बेलाबेलामा गरेको लगानीको विवरण बाहिरिन सक्ने जोखिम उच्च रहन्छ।

यस्तो तथ्याङ्क माफियाले विदेशीको हातमा पुर्‍याउन सक्ने जोखिम बढी हुन्छ। लगानीकर्ताको कारोबारको गोपनीयता नेप्से र ब्रोकरले कायम राख्नु पर्छ। तर पुरै लगानीकर्ताको टिएमएस नै अमुक कम्पनीलाई सुम्पिँदा गोपनीयताका साथै लगानीकर्ताको कारोबारको रणनीति पनि बाहिरिन्छ। यसले दोस्रो बजारलाई प्राकृतिक रुपमा अगाडि बढ्न दिँदैन। 

यी सबै जोखिमका कारण नेप्सेले अहिलेको कदमलाई कानुनी रुपमा रोक्ने प्रयास गरेको छ। यो कार्यविधि नेपाल धितोपत्र बोर्डले पारित गर्नु पर्छ। त्यसैले गर्दा यसमा माफियाले राजनीीतिक तथा आर्थिक प्रलोभन देखाएर गलत कदम चाल्न सक्ने जोखिम उच्च रहेकोले सम्पूर्ण लगानीकर्ता सचेत हुनु पर्ने विज्ञहरु बताउछन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित बुधबार, असोज २८, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्