• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

शेयर लगानीकर्ताको व्यक्तिगत विवरण गैरकानुनीरूपमा कब्जा गर्न चलखेल

कसले साथ दिइरहेको छ चन्द्र टण्डनलाई ?
64x64
अरुण सापकोटा बिहीबार, असोज २२, २०७७  ०७:०९
1140x725

काठमाडौं-नेपाल स्टक एक्सचेन्जले सञ्चालन गरिरहेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा पटक-पटक समस्या आएपछि ब्रोकरहरू आफ्नो खर्चको भार घटाउन माफियाको शरणमा पुगेका छन्। ब्रोकरहरु आफैँले तयार पार्नुपर्ने 'टिएमएस' निर्माणका लागि गैरकानुनीरूपमा नयाँ कम्पनी खडा गर्ने तहमा पुगेका हुन्। 

यसमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित राजनीतिक पहुँच भएका कम्पनीको पनि संलग्नता रहेको छ। अध्यक्ष ढुङ्गानाले ग्रिन सिग्नल दिएपछि टिएमएसका लागि छुट्टै कम्पनी खोल्ने प्रकृया अगाडि बढेको हो। टिएमएस प्रणाली विकासका लागि भन्दै शेयर बजारसँग असम्बन्धित व्यक्तिको संलग्नतामा कम्पनी खोलिएको हो। 

अहिले कम्पनीको पर्दामा सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टण्डन देखिए पनि यसका पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केही व्यक्तिको संलग्नता रहेको स्रोतको दाबी छ। नेपाल स्टक एक्सचेन्जले नयाँ अनलाइन प्रणाली ल्याउँदा नै ब्रोकरहरूले आफ्ना ग्राहकको व्यक्तिगत विवरण तथा कारोबारको प्लेटफर्मका लागि टिएमएस र व्याक अफिस बनाउनु पर्ने संझौता थियो।

तर करोडौ रुपैयाँ लाग्ने भएपछि ब्रोकरहरुले टिएमएस पनि नेप्सेलाई नै बनाइदिन अनुरोध गरेका थिए। नेप्सेले वाइकोको सहयोगमा टिएमएस निर्माण त गर्‍यो तर यसमा सुरुवाती अवस्थादेखि नै समस्या आयो। यही समस्यालाई लिएर अर्थ मन्त्रालयसम्म छलफल भयो। मन्त्रालयले नेप्सेलाई यस्तो समस्याको समाधान गर्न पटकपटक निर्देशन दियो तर पूर्णरूपमा समाधान भने अहिलेसम्म पनि हुन सकेको छैन। 

यसबाट बोर्डका अध्यक्ष पनि त्यति सन्तुष्ट थिएनन्। यसको समाधानका लागि अध्यक्षले ब्रोकरसँग पटक-पटक छलफल गरे। यसै अवधिमा ब्रोकरले केही माफियाको प्रलोभनमा परेर कम्पनी खोल्ने निर्णय गरेका हुन्। यसमा शेयर बजारमा प्रविधिका माध्यमले भोलिका दिनमा लाभ लिन सकिने सम्भावनालाई नजिकबाट नियालेका व्यक्तिहरु बढी सक्रिय छन्। 

'अहिलेका लागि टिएमएसको सफ्टवेयर निर्माण गरेर सञ्चालन गर्नु खासै ठूलो कुरा नहोला तर यसले भोलिका दिनमा ल्याउन सक्ने जोखिम सबैभन्दा धेरै हुन्छ,' नेपाल स्टक एक्सचेन्ज स्रोतले भन्यो, 'अहिले आफैँले खर्च गरेर प्रणाली दिने भोलि गएर त्यही प्रणालीलाई हतियार बनाएर अर्बाैं रुपैयाँ कमाउने योजना नै शेयर बजारका लागि घातक छ।' 

दोस्रो बजारमा सूचीकृत कम्पनीको सम्पूर्ण लगानीकर्ताको तथ्याङ्क ब्रोकरसँग हुन्छ। उनीहरूले दोस्रो बजारमा कारोबार गराउने भएकाले एक चरणको सम्पूर्ण तथ्याङ्क ब्रोकरहरुको ब्याक अफिसमा रहेको हुन्छ। 

यस्ता तथ्याङ्क लगानीका बेलामा बाहेक ब्रोकरहरूले बाहिर सार्वजनिक गर्न तथा कसैलाई पनि सूचनाको रुपमा दिन पाउँदैनन्। तर ब्रोकरभन्दा बाहिरका व्यक्तिले लगानी गरेको कम्पनीलाई साझेदारको रूपमा भित्र्याउँदा लगानीकर्ताको सूचना बाहिरिन सक्ने जोखिम धेरै छ।

Ncell 2
Ncell 2
nimb
nimb

हरेक लगानीकर्ताको कारोबारको विवरण टिएमएस सञ्चालन गर्ने व्यक्तिले सजिलै थाहा पाउन सक्छ। उसको पहुँच ब्रोकरको ब्याक अफिससम्म पुग्ने भएकाले कुन लगानीकर्ताको कति शेयर छ भन्नदेखि लिएर कुन लगानीकर्ताले कुन कम्पनीको शेयर कसरी किनिरहेको छ भन्ने सूचना पाउन सक्छ। दोस्रो बजार सूचनाको व्यापार हो। यसबाट केही माफियाले सूचना थाहा पाएर बजारबाट अनुचित लाभ लिन सक्छन्। 

यसरी माफियालाई टिएमएस सञ्चालका लागि कम्पनी खोल्न अनुमति दिँदा दुई वटा जोखिम हुने नेपाल धितोपत्र बोर्डका एक अधिकारी बताउँछन्। अहिले नेपाल स्टक एक्सचेन्जको टिएमएसमार्फत् कारोबार गर्दा सम्पूर्ण जोखिम एकै ठाँउमा केन्द्रित भयो भनेर आलोचना हुने गरेको छ। 

फेरि पनि ब्रोकरले एउटा कम्पनी खोलेर त्यहीबाट टिएमएस सञ्चालन गर्दा नेप्सेमा देखिएको समस्या अर्को कम्पनीमा हस्तान्तरण गर्नेबाहेक अर्को कुनै काम नहुने ती अधिकारीको भनाइ छ। 

'अर्को जोखिम सम्पूर्ण लगानीकर्ताको विवरण माफियाको हातमा सजिलै पुग्छ। यो सबैभन्दा घातक छ। टिएमएस तथा ब्रोकरको व्याक अफिसमा लगानीकर्ताको व्यक्तिगत विवरणका साथै उनीहरूको लगानीको पोर्टफाेलियो देखिन्छ,' धितोपत्र बोर्डका ती अधिकारीले भने, 'साथै उनीहरूले बेलाबेलामा गरेको लगानीको विवरण बाहिरिन सक्ने जोखिम उच्च रहन्छ। यस्तो तथ्याङ्क माफियाले विदेशीको हातमा पुर्‍याउन सक्ने जोखिम त छँदैछ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हिजोका दिनमा कागजी प्रमाणपत्र हुँदा त कयौँ गैरकानुनी घटना भएका थिए। भोलि माफियाको हातमा लगानीकर्ताको विवरण पुग्दै गर्दा ह्याकिङ गरेर अनुचित कारोबार नहोला भन्न नसकिने ती अधिकारी बताउँछन्। 'लगानीकर्ताको बायोमेट्रिक व्यक्तिगत विवरण ह्याक गरेर शेयर कारोबार भयो भने को जवाफदेही हुने?' उनले भने। 

यो पनि पढ्नुहोस्

शेयर लगानीकर्ताको विवरण माफियालाई दिने गरी संरचना तयारबुधबार, असोज २१, २०७७

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन... शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारण... शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो जलवायुजन्य विपद्बाट भएको क्षति सम्बोधन गर्न स्थापित हानि–नोक्सानी कोषको अक्टोबर २२ मा बसेको विशेष बैठकले नेपाललाई अनुदान दिने निर्णय... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्