• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

शेयर लगानीकर्ताको व्यक्तिगत विवरण गैरकानुनीरूपमा कब्जा गर्न चलखेल

कसले साथ दिइरहेको छ चन्द्र टण्डनलाई ?
64x64
अरुण सापकोटा बिहीबार, असोज २२, २०७७  ०७:०९
1140x725

काठमाडौं-नेपाल स्टक एक्सचेन्जले सञ्चालन गरिरहेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा पटक-पटक समस्या आएपछि ब्रोकरहरू आफ्नो खर्चको भार घटाउन माफियाको शरणमा पुगेका छन्। ब्रोकरहरु आफैँले तयार पार्नुपर्ने 'टिएमएस' निर्माणका लागि गैरकानुनीरूपमा नयाँ कम्पनी खडा गर्ने तहमा पुगेका हुन्। 

यसमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित राजनीतिक पहुँच भएका कम्पनीको पनि संलग्नता रहेको छ। अध्यक्ष ढुङ्गानाले ग्रिन सिग्नल दिएपछि टिएमएसका लागि छुट्टै कम्पनी खोल्ने प्रकृया अगाडि बढेको हो। टिएमएस प्रणाली विकासका लागि भन्दै शेयर बजारसँग असम्बन्धित व्यक्तिको संलग्नतामा कम्पनी खोलिएको हो। 

अहिले कम्पनीको पर्दामा सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टण्डन देखिए पनि यसका पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केही व्यक्तिको संलग्नता रहेको स्रोतको दाबी छ। नेपाल स्टक एक्सचेन्जले नयाँ अनलाइन प्रणाली ल्याउँदा नै ब्रोकरहरूले आफ्ना ग्राहकको व्यक्तिगत विवरण तथा कारोबारको प्लेटफर्मका लागि टिएमएस र व्याक अफिस बनाउनु पर्ने संझौता थियो।

तर करोडौ रुपैयाँ लाग्ने भएपछि ब्रोकरहरुले टिएमएस पनि नेप्सेलाई नै बनाइदिन अनुरोध गरेका थिए। नेप्सेले वाइकोको सहयोगमा टिएमएस निर्माण त गर्‍यो तर यसमा सुरुवाती अवस्थादेखि नै समस्या आयो। यही समस्यालाई लिएर अर्थ मन्त्रालयसम्म छलफल भयो। मन्त्रालयले नेप्सेलाई यस्तो समस्याको समाधान गर्न पटकपटक निर्देशन दियो तर पूर्णरूपमा समाधान भने अहिलेसम्म पनि हुन सकेको छैन। 

यसबाट बोर्डका अध्यक्ष पनि त्यति सन्तुष्ट थिएनन्। यसको समाधानका लागि अध्यक्षले ब्रोकरसँग पटक-पटक छलफल गरे। यसै अवधिमा ब्रोकरले केही माफियाको प्रलोभनमा परेर कम्पनी खोल्ने निर्णय गरेका हुन्। यसमा शेयर बजारमा प्रविधिका माध्यमले भोलिका दिनमा लाभ लिन सकिने सम्भावनालाई नजिकबाट नियालेका व्यक्तिहरु बढी सक्रिय छन्। 

'अहिलेका लागि टिएमएसको सफ्टवेयर निर्माण गरेर सञ्चालन गर्नु खासै ठूलो कुरा नहोला तर यसले भोलिका दिनमा ल्याउन सक्ने जोखिम सबैभन्दा धेरै हुन्छ,' नेपाल स्टक एक्सचेन्ज स्रोतले भन्यो, 'अहिले आफैँले खर्च गरेर प्रणाली दिने भोलि गएर त्यही प्रणालीलाई हतियार बनाएर अर्बाैं रुपैयाँ कमाउने योजना नै शेयर बजारका लागि घातक छ।' 

दोस्रो बजारमा सूचीकृत कम्पनीको सम्पूर्ण लगानीकर्ताको तथ्याङ्क ब्रोकरसँग हुन्छ। उनीहरूले दोस्रो बजारमा कारोबार गराउने भएकाले एक चरणको सम्पूर्ण तथ्याङ्क ब्रोकरहरुको ब्याक अफिसमा रहेको हुन्छ। 

यस्ता तथ्याङ्क लगानीका बेलामा बाहेक ब्रोकरहरूले बाहिर सार्वजनिक गर्न तथा कसैलाई पनि सूचनाको रुपमा दिन पाउँदैनन्। तर ब्रोकरभन्दा बाहिरका व्यक्तिले लगानी गरेको कम्पनीलाई साझेदारको रूपमा भित्र्याउँदा लगानीकर्ताको सूचना बाहिरिन सक्ने जोखिम धेरै छ।

Ncell 2
Ncell 2
nimb
nimb

हरेक लगानीकर्ताको कारोबारको विवरण टिएमएस सञ्चालन गर्ने व्यक्तिले सजिलै थाहा पाउन सक्छ। उसको पहुँच ब्रोकरको ब्याक अफिससम्म पुग्ने भएकाले कुन लगानीकर्ताको कति शेयर छ भन्नदेखि लिएर कुन लगानीकर्ताले कुन कम्पनीको शेयर कसरी किनिरहेको छ भन्ने सूचना पाउन सक्छ। दोस्रो बजार सूचनाको व्यापार हो। यसबाट केही माफियाले सूचना थाहा पाएर बजारबाट अनुचित लाभ लिन सक्छन्। 

यसरी माफियालाई टिएमएस सञ्चालका लागि कम्पनी खोल्न अनुमति दिँदा दुई वटा जोखिम हुने नेपाल धितोपत्र बोर्डका एक अधिकारी बताउँछन्। अहिले नेपाल स्टक एक्सचेन्जको टिएमएसमार्फत् कारोबार गर्दा सम्पूर्ण जोखिम एकै ठाँउमा केन्द्रित भयो भनेर आलोचना हुने गरेको छ। 

फेरि पनि ब्रोकरले एउटा कम्पनी खोलेर त्यहीबाट टिएमएस सञ्चालन गर्दा नेप्सेमा देखिएको समस्या अर्को कम्पनीमा हस्तान्तरण गर्नेबाहेक अर्को कुनै काम नहुने ती अधिकारीको भनाइ छ। 

'अर्को जोखिम सम्पूर्ण लगानीकर्ताको विवरण माफियाको हातमा सजिलै पुग्छ। यो सबैभन्दा घातक छ। टिएमएस तथा ब्रोकरको व्याक अफिसमा लगानीकर्ताको व्यक्तिगत विवरणका साथै उनीहरूको लगानीको पोर्टफाेलियो देखिन्छ,' धितोपत्र बोर्डका ती अधिकारीले भने, 'साथै उनीहरूले बेलाबेलामा गरेको लगानीको विवरण बाहिरिन सक्ने जोखिम उच्च रहन्छ। यस्तो तथ्याङ्क माफियाले विदेशीको हातमा पुर्‍याउन सक्ने जोखिम त छँदैछ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हिजोका दिनमा कागजी प्रमाणपत्र हुँदा त कयौँ गैरकानुनी घटना भएका थिए। भोलि माफियाको हातमा लगानीकर्ताको विवरण पुग्दै गर्दा ह्याकिङ गरेर अनुचित कारोबार नहोला भन्न नसकिने ती अधिकारी बताउँछन्। 'लगानीकर्ताको बायोमेट्रिक व्यक्तिगत विवरण ह्याक गरेर शेयर कारोबार भयो भने को जवाफदेही हुने?' उनले भने। 

यो पनि पढ्नुहोस्

शेयर लगानीकर्ताको विवरण माफियालाई दिने गरी संरचना तयारबुधबार, असोज २१, २०७७

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्