काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले साेलुखुम्बुकाे लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टकाे रुपमा विकास गरिने बताएका छन्। साेलुखुम्बुकाे खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निमित्त पर्यटन सूचना केन्द्रकाे भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले एयरपोर्टमा शेर्पा समुदायको संस्कृति झल्कने गरी सजावट गरिने बताएका हुन्। उनले साे काे लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लागत तयार गर्न निर्देशनसमेत दिएका छन्।
मन्त्री भट्टराईले एयरपोर्ट सञ्चालन स्थानीय तहलाई दिन सकिने बताउदै त्यसकाे लागि आवश्यक नीतिगत प्रबन्ध मन्त्रालयले तयार गर्ने र आधारभूत सेवा नेपाल नागरिक उडड्यन प्राधिकरणले गर्ने प्रस्ट पारे। उनले एयरपोर्ट सुरक्षामा दिनु पर्ने बताउदै एक्से मेसिन लगेज बेल्टकाे प्रस्ताव पठाएमा बजेटकाे ब्यवस्था गरिदिने वचन समेत दिए।
मन्त्री भट्टराईले लुक्ला हिमालय जाने मुख्यद्वार भएकाे उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज,हिमाल,जैविक विविधताले महत्त्वपूर्ण क्षेत्र भएकाेले सूचना केन्द्र आवश्यक रहेको बताए। उनले सगरमाथा क्षेत्र, शेर्पा संस्कृतिको जानकारी तथा ऐतिहासिकता, ट्रेकिङ रुट तथा पर्यटकीय क्षेत्रकाे सबै जानकारी पर्यटन सूचना केन्द्रमा प्राप्त हुने विश्वास व्यक्त गरे। मन्त्री भट्टराईले आर्थिक समृद्धिकाा लागि उत्पादनमा जाेड दिन आग्रह गर्दै किबी, स्याउ, पशुपालनमा लाग्न साे क्षेत्रका बासिन्दाहरुलाई अनुराेधसमेत गरेका छन्।
पर्यटन विभागका महानिर्देशक रुद्रसिहं तामाङले भवनकाे उचित प्रयाेग गरी पर्यटनसम्बन्धी सूचना दिने उपयाेगी बनाउन आग्रह गर्दै नयाँ नयाँ ठाउँमा पनि पर्यटन सूचना केन्द्र बनाउन अध्ययन थालिएको बताए। सूचना केन्द्र ३ कराेड ६३ लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।