काठमाडौं- नेपाली बजारमा मलेसियाको प्रोटोन ब्रान्डका गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन्। यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम सञ्चालन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ। जगदम्बाले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ। हाल फेस्टिभल सिजन भएको र यसपश्चात छिट्टै नै सोरुम सञ्चालनमा लाउने तयारी कम्पनीको छ।
प्रोटोनको सोरुम आकर्षक स्पेस सहितको छ भने प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ। यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास गरिएको छ।
नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ। त्यसपछि अन्य मोडलका सवारी साधन समेत क्रमिक रुपमा उपलब्ध हुँदै जाने छन्।
प्रोटोन मलेसियाको प्रतिष्ठित अटोमोबाइल कम्पनी हो। मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मदको ‘बेबी प्रोजेक्ट’को रुपमा यो कम्पनी विकसित भएको थियो। हाल प्रोटोनका सवारीसाधन विश्वका विभिन्न देशमा रुचाइने सवारी साधनमा पर्छन्।
नेपाली ग्राहकलाई पनि प्रोटोनका उत्कृष्ट सवारी साधन आकर्षक सोरुममार्फत उपलब्ध गराउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।