क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा निर्माण गरिएको महेन्द्रनगर म्युजियम
काठमाडौं–कञ्चनपुरको भीमदत्तनगरमा क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा निर्माण गरिएको स्ट्याचु अफ सिद्धनाथ बाबा र महेन्द्रनगर म्युजियम परिसर देखि सर्वसाधारणका लागि खुला गरिएको छ।
सात वर्षदेखि निर्माणाधीन यो म्युजियम २०७७ वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो। लकडाउनका कारण निर्माण कार्य ठप्प हुदा समयमै सञ्चालनमा ल्याउन नसकिएको ट्रस्टले जनाएको छ। त्यसयता म्युजियम पूर्ण रुपमा बन्द भएकोमा फोटो खिच्ने, टिकटक बनाउने युवायुवतीहरुले दबाब दिएपछि निर्माणाधीन म्युजियमबाहेक स्ट्याचु अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेको ट्रस्टले जनाएको छ।
यसअघि ट्रस्टले धनगढीमा एअर क्राफ्ट म्युजियम र काठमाडौंमा एभिएसन म्युजियम सञ्चालनमा ल्याईसकेको छ।
यो म्युजियमभित्र रहेको अप्स एण्ड डाउन म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुनेछ। म्युजियम परिसरबाहिर स्ट्याचु अफ सिद्धनाथाबाबा, स्वीमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन्। म्युजियम भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन सेक्सनहरु रहेका छन्। खासगरी युवायुतीहरुलाई लक्षित गरेर बनाईएको यो म्युजियम धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको जनाइएको छ।
म्युजियमका लागि सरस्वती उप्रेती र क्याप्टेन बेद उप्रेतीले ट्रस्टका लागि जग्गा दान दिएका थिए। जग्गाको मूल्य करिब तीन करोड रुपैयाँ र म्युजियमको निर्माणमा चार करोड रुपैयाँसमेत गरी करिब सात करोड रुपैयाँको लागतमा यो म्युजियम निर्माण भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।