• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

महामारीकै बीच बढेको बढ्यै छ नेप्से, जोखिम कति?

64x64
अरुण सापकोटा शुक्रबार, कात्तिक २८, २०७७  ०९:०९
1140x725
फाइल तस्बिर

काठमाडौं- दसैँ अगाडि अलिअलि गरेर सुधार भइरहेको सेयर बजार दसैँ सकिएलगत्तै तीव्र गतिमा उकालो लागिरहेको छ। यही गतिमा उकालो लाग्ने हो भने अबका केही दिनमा नै नेप्से चार वर्ष अगाडिको ऐतिहासिक बिन्दुभन्दा पनि माथि जान सक्छ।

बजार एकोहोरो सुधार भइरहँदा पनि लगानीकर्ता भने सतर्क हुनुपर्छ। पुँजीबजार जोखिमको क्षेत्र मानिन्छ। यसमा हुने उतारचढाव एकदमै जोखिमपूर्ण हुन्छ। सामान्य घटबढ प्राकृतिक र स्वाभाविक मानिने सेयर बजार कुन बेला बढ्छ वा कुन बेला घट्छ भनेर किटानीका साथ भन्न गाह्रो हुन्छ। 

अंग्रेजी नयाँ वर्षपछि नेपाली सेयर बजारले अहिलेसम्मकै अधिकतम बिन्दुलाई पनि उछिनेर अगाडि बढ्ने बजार विश्लेषक अम्बिकाप्रसाद पौडेल बताउँछन्। पहिला जसरी बजार घटेको छ त्यसरी नै बजार सुधार पनि भइरहेको उनी बताउँछन्।

'यसका पछाडि विभिन्न कारण छन्। नेपालको सेयर बजारमा विश्वपरिवेशले  खासै असर गर्दैनथ्यो,' उनले भने, 'तर यस पटक कोभिड-१९ कारण विश्वपरिवेशले नेपाली सेयर बजारलाई पनि प्रभावित पारेको छ। नेपालको पुँजी बजार ग्लोबलाइज भैसकेको छैन। तर नेपाली बजारमा पनि ग्लोबल प्रभाव पार्न थालिसकेछ।' 

अमेरिकी चुनावदेखि कोभिड-१९ को भ्याक्सिनका प्रभावकारिता दरसम्मका समाचारले नेपाली पुँजीबजारलाई प्रभाव पारेको अर्का बजार विश्लेषक निरञ्जन टिवरेवाला बताउछन्। 'पछिल्ला दिनमा विश्वका सबै पुँजीबजारले नयाँ नयाँ रेकर्ड कायम गरिरहेका छन्। अमेरिका भारतको पुँजी बजारमा नयाँ नयाँ रेकर्ड बनिरहेको छ,' उनी थप्छन्, 'जबकि ती देश कोभिडले पूरै आक्रान्त छन्।' कोभिड फैलिरहेता पनि यसले पुँजीबजारलाई खासै प्रभाव नपार्ने रहेछ भन्ने लगानीकर्ताको बुझाइले पनि बजार सुधार हुन मद्दत गरेको पौडेलको तर्क छ। 

बजार सुधार हुनुको प्रमुख कारण अनलाइन ट्रेडिङ भएको विश्लेषक निरञ्जन टिवरेवाला बताउछन्। बजारमा पोजेटिभ सेन्टिमेन्ट देखिने बित्तिकै अनलाइन कारोबारका कारण लगानीकर्ताले सजिलै पहुँच पाएका छन्। यस अवधिमा केही बीमा कम्पनीको सेयर सूचीकृत भएको र ती कम्पनीको बजार मूल्य औषतभन्दा माथि पुग्यो। यसले बजार सुधार हुन थप टेवा पुर्‍याएको छ।

१० अर्ब चुक्ता पुँजी भएको नेपाल पुनर्बीमा कम्पनीमा एक कित्ता सेयरको बजारमूल्य ९ सय रुपैयाँभन्दा माथि छ। यसका साथै एउटा जीवन र तीन वटा निर्जीवन बीमा कम्पनीको आइपिओ निष्काशन भएको र ती कम्पनीको बजारमूल्य बढी भएकाले सूचक बढेको देखिएको हो। चार वटै कम्पनीको बजार मूल्य ५०० रुपैयाँभन्दा माथि छ।

पछिल्लो समयको सुधारमा यी कम्पनीहरुले अदृश्य रुपमा मद्दत पुर्याएको टिवरेवालाको तर्क छ। उनी भन्छन्, ‘बजारमा जति बिग्रिनु पर्ने थियो बिग्रिसकेकोले अब नसप्रिनुको विकल्प छैन।' अब बजार कसरी सुधार हुन्छ र कति चाँडो सुधार हुन्छ भन्ने कुरा राजनीतिक अवस्थाले निर्क्योल गर्ने उनी बताउछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

घट्दो ब्याजदर र पुँजीबजारप्रति लगानीकर्ताको सकारात्मक सेन्टिमेन्टका कारण पुँजी बजार बढिरहेको पौडेलले बताए। केही समयदेखि लगानीकर्ताहरु बजारमा फर्किरहेका छन्। साना ठूला लगानीकर्ताहरु आफूसँग भएको पुँजीको भरपुर प्रयोग गर्न थालिसकेकाले ४ अर्बभन्दा माथिको कारोबार भइरहेको छ। 

जोखिम कति?
कोभिडले मानवीय जीवनशैलीलाई परिवर्तन गराए पनि सूचीकृत कम्पनीको वित्तीय विवरणमा खासै प्रभाव नदेखिएको विश्लेषकहरु बताउँछन्। केही कम्पनी बाहेक अधिकांश कम्पनीले नाफा सुधार गरेका छन्। नाफा घटे पनि धेरै घटेको छैन। 

नेपालको पुँजीबजारमा सबैभन्दा कम जोखिम भएको विश्लेषक टिवरेवाला बताउँछन्। सूचीकृत कम्पनीका आआफ्नै नियामक निकाय छन्। नियम कानुनले बाँधिएका र नाफाको सुनिश्चितता भएका कम्पनी मात्रै सूचीकृत भएकाले लगानीकर्ता लामो समयसम्म होल्ड गरेर बस्न सक्ने उनको तर्क छ। दोस्रो बजारको सुधारबाट लाभ लिन नसके पनि लाभांशबाटै भएपनि प्रतिफल लिन सक्ने भएकाले बजारमा लगानीकर्ताको सहभागिता सधैँ हुन्छ। 

वास्तविक रूपमा बजार बढेकै अनुपातमा सबै कम्पनीको सेयर मूल्य भने बढेको अवस्था छैन। विगतमा ११ सय बिन्दूमा नेप्से पुग्दा कतिपय कम्पनीको जुन मूल्य थियो, आज पनि त्यही छ। अर्कोतर्फ कतिपय कम्पनीको बजार मूल्य ११ सय अंकको सूचक हुँदाभन्दा आजका दिनमा एक दुई सय प्रतिशतले बढेको पनि छ। अहिलेसम्मको अवस्थामा राम्रा कम्पनी छानेर धैर्यता राख्न सकियो भने जोखिम नभएको पौडेल बताउँछन्। 

Xtrem

Xtrem

अहिलेको सकारात्मक सेन्टिमेन्ट अझै लामो समयसम्म रहने देखिएकोले धेरै जोखिम छैन भन्ने पौडेलको दाबी छ। 'यस अवधिमा घट्ने बढ्ने तथा करेन्सन सामान्य हो,' उनी भन्छन्, 'यसबीचमा धेरै आत्तिन हुँदैन। नयाँ वर्ष २०२१ सँगसँगै नेपाली पुँजीबजार ऐतिहासिक रेकर्ड बनाउन सक्छ।'

'अर्थतन्त्रमा कोभिडको असर दीर्घकालसम्म पर्ने भएकाले अर्को वर्ष पनि अर्थतन्त्र स्लो डाउन नै हुनेमा दुविधा छैन। तर कोभिडको भ्याक्सिन आएकोले भोलिका दिनमा यसले काम गर्ने वित्तीकै हिजोका दिनमा भन्दा झन बढि राम्रो भएर जान सक्छ,' टिवरेवाला भन्छन्, 'कोभिड सँगसँगै आर्थिक गतिविधि पनि भइरहने भएकाले बजारले विस्तारै गति लिने देखिन्छ।' 

उनका अनुसार अर्थतन्त्र तत्काल राम्रो हुने अवस्था छैन। तर बजार एकोहोरो बढिरहेको छ। यसले भोलिका दिनमा बजार कुनै पनि बेला तल झर्ने जोखिम पनि सँगसँगै छ।

नेपालको सेयर बजारको सबैभन्दा ठूला चार वटा क्षेत्र बैंकिङ, बिमा, जलविद्युत र होटल हुन्। बैंकिङ तरलता सहज हुँदा बजार बढ्छ। बैंकिङ तरलता साइकलमा चल्ने भएकाले यो तलमाथि भइरहेको हुन्छ। यसले बजारलाई पनि प्रभावित पार्छ। तर नेपाली सेयर बजारमा कुनै पनि कम्पनी डुब्ने अवस्थामा भने नभएको बताइन्छ। 

जलविद्युत कम्पनीमा गरिएको लगानी पनि सुरक्षित रहेको लगानीकर्ता पौडेल बताउँछन्। 'अहिले निर्माणाधीन जलविद्युत आयोजना सञ्चालनमा आएपछि नेपालले जलविद्युत निर्यात हुन थाल्नेछ। यसले नेपालको अर्थतन्त्रलाई नै सुधार गर्नेछ। केही वर्षमै जलवित्युत कम्पनीले प्रतिफल दिन थाल्नेछ,' पौडेलले भने, 'त्यसैले गर्दा अहिले गरिएको लगानी कम जोखिममा छ। पर्यटन व्यवसायका लागि विमिनस्थल निर्माण भइरहेकै छ। यसले पनि केही प्रभाव पार्ने नै छ।'

अहिलेको सेयर बजार कुनै व्यक्ति वा समूहको नियन्त्रणमा नभएकाले प्रकृतिक रुपमा नै सूचक तय हुने विश्लेषकहरूको भनाइ छ।हल्लाका भरमा लगानी गर्नेभन्दा पनि बजार बुझेका लगानीकर्ताको संख्या धेरै भएकाले बजारमा अस्वभाविक उतारचढाव नहुने टिवरेवालाको विश्लेषण छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  ०९:०९
  • #नेप्से
  • #बुलिस-ट्रेन्ड
  • #लगानीकर्ता
  • #अम्बिका-पौडेल
  • #टिवरेवाला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्