• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

पेट्रोलियम पदार्थको मूल्यवृद्धि : नेपाली उपभोक्ता मारमा, भारतीय व्यापारी मालामाल

64x64
नेपाल लाइभ शनिबार, वैशाख २२, २०७५  ०८:३६
1140x725

नेपालगन्ज- ठूलो परिमाणमा भारततर्फ गइरहेको डिजेल रोक्नेतर्फ चासो नदेखाएको नेपाल आयल निगमले मूल्य समायोजनको नाममा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा नेपाली उपभोक्ताहरु थप मारमा परेका छन्।

निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३–३ रुपैयाँ बढाएको हो। मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ।

नेपालमा डिजेल लगायतका पेट्रोलियम पदार्थ भारतबाट आयात हुन्छ। भारतीय आयल निगमसँग नेपाल आयल निगमले डिजेल लगायतका पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। नेपाल आयल निगमले भारतबाट खरिद गरेर ल्याउने डिजेल भारतमा भन्दा नेपालमा सरदर १६ रुपैयाँ सस्तो छ।

नेपालमा सस्तो भएका कारण भारतबाट मालसामानहरु ल्याएर नेपालगन्ज आउने सानाठूला भारतीय सवारीसाधनहरुले नेपालका पेट्रोल पम्पमा पूरा ट्यांकी तेल भरेर फर्कने गरेका छन्।

खुल्ला सीमाना र भारतीय सवारीको दैनिक ठूलो संख्यामा सीमावर्ती क्षेत्रमा ओहोरदोहोर गर्ने भएकाले सरकारले नेपाली जनताका लागि सुपथ मूल्यमा उपलब्ध गराएको डिजेलको फाइदा भारतीय सवारीसाधनमार्फत व्यापारीहरुले उठाउँदै आएका छन्। यो क्रम बढ्दै गए पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ नेपाल आयल निगम तथा पेट्रोलियम डिजेल एसोसिएसनले खासै पहल गरेका छैनन्। 

नेपालमा एक दिनमा कति भारतीय नम्बर प्लेटका सवारीसाधन भित्रन्छन् भन्ने यकिन तथ्यांक छैन। बाँकेको नेपालगन्जस्थित सीमावर्ती क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार भारतको रुपैडिया नाका हुँदै नेपालगन्जमा दैनिक सरदर २ सय ३० वटा मालबाहक ट्रक तथा २ सय २० वटा साना सवारी नेपालगन्ज भित्रन्छन्। 

नेपालगन्ज नाका हुँदै भित्रने सवारीसाधनलाई आधार मानेर हेर्दा पनि नेपाल र  भारतबीच रहेका ४३ वटा सानाठूला नाकाबाट दैनिक कम्तीमा ५ हजार सवारी ओहोरदोहोर गर्ने गर्छन्। प्राय: सबै सवारीसाधनहरुले भारत फर्कंदा फुल ट्यांकी डिजेल भरेर फर्कने गरेका छन्। प्रतिलिटर १० रुपैयाँ (भारु) सस्तोमा सहजै तेल भर्न पाएपछि उनीहरु सकेसम्म पूरा ट्यांकी भरेर फर्कने गरेका हुन्।

ती भारतीय सवारीले कति मात्रामा तेल लिएर फर्कन्छन र त्यसले नेपाललाई कति नोक्सान भइरहेको छ भन्नेबारे निगमले कुनै अध्ययन गरेको छैन। दैनिक ठूलो परिमाणमा डिजेल भारततर्फ गइरहेको थाहा पाए पनि नियन्त्रणका लागि निगम, जिल्ला प्रशासन कार्यालय, पेट्रोलयिम डिलर एसोसिएसनलाई सरोकारवालाहरुले लिखित आग्रह गरे पनि नियन्त्रण प्रभावकारी हुन सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतबाट दैनिक खाद्यान्न, सिमेन्टको कच्चा पदार्थ, मेसिनरी उपकरण, मोटर पार्टसका सामान, घरेलु प्रयोजनका सामान बोकेर दैनिक करिब ५ हजार सवारी साधन नेपाल भित्रन्छन्। प्राय: साना जिप जस्ता सवारीमा ५० लिटर, ट्रकमा ५ सय लिटर र लरीहरुमा ५/५ सय लिटर क्षमताका २ वटा ट्यांकी हुन्छन्। 

विदेशबाट डलर तिरेर नेपालका लागि ल्याएको पेट्रोलिय पदार्थ भारत फर्कंदा आयल निगमलाई करोडौं नोक्सानी भए पनि प्रभावकारी रुपमा रोक्न नसकिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। 

नेपालका पेट्रोल पम्पमा डिजेल भर्ने सवारी साधनको संख्या बढेसँगै सीमावर्ती क्षेत्रका पेट्रोल पम्ममा डिजेलको माग निक्कै बढेको छ। जसको प्रभाव नेपाल आयल निगमको समग्र मागमा पनि परेको छ। निगमका अनुसार नेपालमा वार्षिक करिब २० प्रतिशतका दरले इन्धन खपत बढिरहेको छ।

चालु आर्थिक वर्ष ०७४/७५ को १० महिनामा १ खर्ब १७ अर्ब २३ करोड रुपैयाँको इन्धन आयात भएको छ। यो अघिल्लो पूरै आर्थिक वर्षमा आयात भएको भन्दा पनि ८ अर्बले बढी हो।

Xtrem

Xtrem

नेपालगन्जको एउटा पेट्रोल पम्पमा तेल भर्दै गरेका भारतीय चालक सोनु सिंह भन्छन्, 'भारतमा भन्दा १० रुपैयाँ आइसी सस्तो भएकाले यतै तेल भरेर फर्कने गरेको छु।'

आयल निगमले नेपाली पेट्रोल पम्पलाई लिखित सर्कुलर गरेर ट्रक, लरी जस्ता ठुला साधनलाई एक सय लिटरमात्रै डिजेल दिन आग्रह गरे पनि पम्पहरुले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई मागे अनुसार डिजेल दिँदै आएका छन्। 

'निगमले एउटा पत्र पठाएर औपचारिकता मात्रै पूरा गरेको छ। नियमन र नियन्त्रण गर्नेतर्फ कुनै चासो देखाएको छैन,' मध्यपश्चिम पेट्रोलियम डिजेल एसोसिएसनमा  अध्यक्ष टिपी न्यौपाने भन्छन्, 'यहाँ तेल भर्ने भारतीय सवारी र पम्मलाई कडाइका साथ निर्दशन पालना गर्न लगाउनुपर्छ।'

निगमले अन्य सरकारी निकायसँग समन्वय गरेर प्रस्ट कार्ययोजनाका साथ नलागे भारततर्फ गइरहेको डिजेल रोक्न नसकिने र नेपालले करोडौं नोक्सानी खेप्नुपर्ने न्यौपानेले बताए।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०७५  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
दुई वटा संसदीय समितिको बैठक बस्दै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्