• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पूर्णिमाकालमा चन्द्र

64x64
डिबी खड्का आइतबार, कात्तिक २३, २०७७  १४:३०
1140x725

चन्द्रप्रसाद ढकाल नाम नेपाली व्यावसायिक क्षेत्रमा ‘सफलतता’को समानार्थीजस्तो भएको छ। चन्द्रमा शून्यबाट सुरु भएर पूर्णाकार बन्छ। पूर्ण देखिएको दिनलाई पूर्णिमा भनिन्छ। कृष्णपक्षमा चन्द्र नहुने होइन तर अवरोधहरुले देखिँदैन। तिनै अवरोधहरुसँग जुध्ने साहस र जुधिरहने धैर्य भएका ‘चन्द्र’हरू पूर्णिमा बन्छन्। 

ढकाल अहिले व्यावसायिक जीवनको पूर्णिमाकालमा छन्। उनी जहाँ आफूलाई उभ्याउँछन्, त्यो क्षेत्र रोशनीमय बनिरहेको हुन्छ। रेमिट्यान्स क्षेत्रबाट सुरु भएको उनको व्यावसायिक पूर्णिमायात्रा अहिले बैंकिङ, पयर्टन, जलविद्युत, इन्सयोरेन्स, सूचना प्रविधि र अटो मोबाइलसम्म फैलिएको छ। 

उनलाई लाग्छ, ‘हरेकको जीवनको सुरुवात त्यही बिन्दुबाट हुन्छ। जहाँबाट दायाँ लागियो भने पूर्णिमाको उज्यालो देख्न पाइन्छ र बायाँ लागियो भने औंसीको अँध्यारो।’ उनका अनुसार कता लाग्ने? कहिलेसम्म त्यतातिर यात्रारत रहने? र, केही नदेखिँदा पनि कति आशावादी रहने? भन्ने आफूमा भर पर्छ।

आफू परिवर्तन हुने होइन, समय परिवर्तन हुन्छ। त्यसलाई उपयोग गर्ने हो। सबथोक उही छ। तिनै गाउँका साथी अद्यापि ‘यार’ छन्। ‘फरक यत्ति हो, साइकलको ठाउँमा गाडी छ। मान्छेहरूले परिवर्तन देख्छन् र परिवर्तित व्यवहार गर्छन्,’ उनी भन्छन्, ‘म उही बाग्लुङ, बलेवा अमलाचौरको चन्द्रप्रसाद ढकाल हुँ। जस्तो थिएँ, उस्तै छु।’

परिवर्तन भएका छन्। ती सत्य हुन्। तर, व्यक्ति परिवर्तन भएका होइनन्। उनको व्यवसाय, आर्थिक उन्नति, उमेर र अवस्था बदलिएका हुन्। यी बदलाव त उनी आफैंले गरेका हुन्। यी उनका लागि अपेक्षित परिवर्तन हुन्। जीवनका यी परिवर्तनले कसैलाई पूरापूर परिवर्तन गरिदिन्छ। केही नहुँदा ‘आत्तिएकाहरू’ सबथोक हुँदा ‘मात्तिन’ थाल्छन्। त्यस्ता खालका परिवर्तनले सफलताको पिचरोडबाट फेरि असफलताको धुलेबाटोतर्फ हुत्याउन पनि सक्छ! यस्तो भएका अनगिन्ती उदाहरण छन्। त्यसैले उनी अवस्थाको बदलावसँगै आफूलाई बदल्न चाहँदैनन्। 

उनी उहिलेदेखि नै नयाँ काम गर्न चाहने, काममा लागेपछि नसकिउन्जेल डटिरहने, विनयशील, मिलनसार र सहयोगी थिए, छन् र रहनसक्ने आत्मविश्वास प्रकट गर्छन्। 

‘सबै मान्छे मभन्दा ठूला’
जीवनको यो पूर्णिमामा आइपुग्न उनले अनगिन्ती कृष्णपक्षहरू व्यहोरेका छन्। जुन दिन संघर्ष गरिरहेका थिए, त्यो दिन उनलाई लाग्थ्यो- सबै मान्छे विशेष हुन् र सबै मभन्दा ठूला छन्।’ आज पनि उनलाई त्यस्तै लाग्छ। को केका लागि विशेष? कुन कुरामा ठूलो? त्यो पहिचान गर्न सक्ने क्षमता उनीसँग छ। आफूसँग जोडिन पुग्ने ती व्यक्तिका विशेषतालाई पहिचान गरेर उनले सहकार्य गरे, काम दिए र काम लिए। मान्छेहरू ‘काम माग्न’ हिँडिरहेका हुन्छन्। खासमा ती ‘काम दिन’ खोजिरहेका हुन्छन्। अर्थात् आफूसँग भएको क्षमता उक्त कम्पनीका लागि प्रयोग गर्न चाहिरहेका हुन्छन्। त्यो क्षमता प्रस्तुत गराउन सक्ने कला सफलताको महत्वपूर्ण मानक हो।

Ncell 2
Ncell 2
nimb
nimb

ढकालसँग क्षमता चिन्ने र त्यसको उचित मूल्यांकन गर्न सक्ने खुबी थियो। भन्छन्, ‘म जतिबेला ५ सय रुपैयाँ तलबमा काम गर्थें। त्यो समय मेरो कार्यालयमा काम गर्न ६ हजार रुपैयाँ तलब दिएर मान्छे राखेको थिएँ।’ ५ सय नै प्रशस्त रहेको त्यो समयमा उनी त्योभन्दा निकै कम तलबका मान्छे राख्न पनि सक्थे। तर, त्यसले अहिलेको अवस्थामा पुर्‍याउँदैनथ्यो। मन खोलेर लगानी गर्ने र त्यहीअनुसारको अपेक्षा गर्ने स्वभावले आजको अवस्थामा ल्याइपुर्‍याएको हो उनलाई। 

पहाडको उचाइ आँखाले हेर्दा कति अग्लो छ भनेर तय हुने होइन। समुद्री सतहबाट कति माथि छ भनेर मापन हुन्छ। प्रगतिको उचाइको मापन पनि त्यसैगरी हुन्छ। त्यसरी मापन गर्दा वर्तमान व्यवसायीहरुमा सबैभन्दा सफल ढकाल नै हुन्। किनभने उद्यम–व्यवसाय क्षेत्रमा उनीसँग पारिवारिक विरासत त थिएन नै, न थियो कोही मार्गदर्शक। बुवाको अभिभावकत्व र आडभरोसा त झन् उनले १६ वर्षे किशोर छँदै गुमाएका थिए। भाइबहिनीहरुमा सबैभन्दा ठूला उनको कलिलो कायामाथि पारिवारिक उत्तरदायित्वको भार परेको थियो। 

समयको चक्रपातमा पर्दा धेरैले आत्मविश्वाससमेत गुमाउँछन्। निष्पट्ट अँध्यारो छाउँदा पनि कहीँकतै देखिने आशाका झिल्काहरू नजरअन्दाज गरिदिन्छन्। त्यसले कहीँ पुर्‍याउँदैन, केही बनाउँदैन। ढकालले यहीँनेर आफूलाई पीडा र चिन्ताको धरातलमा भासिन दिएनन्। बरु बुवाले आफूलाई दिन नपाएको अभिभावकत्व भाइबहिनीलाई दिने लक्ष्य लिए। दुःखसँग लड्न आमालाई साथ दिने प्रण गरे। 

Xtrem

Xtrem

संयोगका सिर्जनाकार
एसएलसीपछि धेरैको जस्तै उनको गन्तव्य भयो काठमाडौं। पढ्न होइन, जागिर गरेर पढ्न। आफूलाई र आफूमाथि आश्रित हुन आइपुगेका भाइबहिनीका लागि खर्च जुटाउन उनले काठमाडौंमा ‘पाएको’ जागिर गरे। सुरुवात पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजबाट भयो। काम र पढाइ दुवैमा उत्तिकै मेहनत गर्थे उनी। 

राष्ट्रिय वाणिज्य बैंकले सहायक लेखापालका लागि लिएको परीक्षामा छनोट हुन सफल भए। चार वर्ष काम गर्दा उनको मासिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको थियो। जीवनका आधारभूत आवश्यकता त्यतिले धान्थ्यो पनि। तर, ढकाल यतिमै सन्तुष्ट हुन सक्ने स्वभावका थिएनन्। उनलाई पैसा भन्दा पनि काम पुगिरहेको थिएन। किनभने काममा लागिरहन उनलाई जागिरका लागि दिने समयबाट जोगिएको समय उपयोग गर्नु थियो। त्यसपछि मोडिए उनी व्यवसायतर्फ।

व्यवसायको सुरुवात २०४८ सालमा कोल्डस्टोर चलाएर गरेका हुन्। त्यो समय उनीसँग हातेमालो गर्ने अवस्थामा उनका भाइ हेमराज ढकाल (रामु) पनि पुगिसकेका थिए। दाजुभाइले कार्गो व्यवसायतर्फ कदम बढाए। व्यवसाय विस्तार गर्दैगर्दा त्यसका लागि लगानी त चाहिन्छ नै। लगानीका लागि बैंकबाट ऋण लिनुपर्ने भयो। 

आफैं राष्ट्रिय वाणिज्य बैंकको जागिरे भएकाले ऋण लिने प्रक्रिया थाहा थियो। आफैं कर्मचारी र बैंकमा चिनेजानेका पनि भएकाले सहज रुपमा ऋण प्राप्त होला भन्ने उनको अपेक्षा पनि थियो। तर, भइदियो उल्टो। उनी सम्झिन्छन्, ‘मलाई चाहिएको थियो १२ लाख जति। तर बैंकका हाकिमले कर्मचारीलाई ऋण नदिने अड्डी कसे। मैले धेरै नसोचेर राजीनामा दिएँ।’ उनले व्यवसायमा सम्भावना देखिसकेका थिए र आफू लागेपछि त्यसलाई सफल बनाएरै छाड्ने आँट भरिसकेको समय पनि थियो। सहायक लेखापालबाट बैंक छाडेका ढकाल आज आफैं देशको एउटा ठूलो बैंक ग्लोबल आइएमईका अध्यक्ष छन्। यो सुखद् संयोगका सिर्जनाकार उनी स्वयम् हुन्।

पैसा पठाउने अर्थात् आइएमई गर्ने 
कार्गो व्यवसाय फस्टाउँदै थियो। अमेरिकामा नेपाली गलैंचा र तयारी कपडाको बजार राम्रो भएको सुने उनले। बजार विस्तार गर्ने क्रममा जापान हुँदै अमेरिकाका लागि नेपालबाट हिँडे। त्यो समय जापानमा नेपालीहरूले कामबाट राम्रो आम्दानी गरिरहेका थिए। उनलाई पनि त्यहीँ काम गरेर केही आम्दानी गरेपछि अमेरिका जाने सल्लाह मिल्यो। उनी त्यही सल्लाहअनुसार करिब १० महिना जापानमा बसेर काम गरे। काम गरेर कमाएपछि महसुस भयो– पैसा कसरी पठाउने? 

उनलाई सम्झना छ, ‘त्यो समय ८० प्रतिशतले अनौपचारिक च्यानलबाट पैसा पठाउँथे। त्यसरी पैसा पठाउनुका अनेक जोखिम थिए।’ उनले चिनेजानेका धेरैले पनि हुन्डीबाटै पैसा पठाइरहेका थिए।

नेपालमा रहेको व्यवसाय उनका भाइले हेर्दै थिए। काठमाडौंका ठमेलमा इन्टरनेसनल मनी एक्सचेन्ज पनि थियो। उनलाई पैसा आदान–प्रदान गर्ने एउटा कम्पनीमा केही समय काम पनि गरिसकेका थिए। नेपालले वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्दै थियो। मलेसियामा रोजगारीमा नेपाली युवा पठाउने अनुमति सरकारले दिएको थियो। तर, सरकारका लागि समस्याको विषय थियो- त्यो रेमिट्यान्स कसरी औपचारिक माध्यमबाट नेपाल भित्र्याउने? 

नेपाल राष्ट्र बैंकलाई विदेशमा नेपालीले कमाएको पैसा नेपाल भित्र्याउने सही मार्ग पहिचान गर्नु थियो। यही समस्यालाई समाधान गर्ने उपायसहित आइपुगे ढकाल। ढकालका लागि व्यवसाय थियो भने देशका लागि समस्या समाधान। सरकारले ‘इन्टरनेसनल मनी एक्सप्रेस’ खोलेर वैदेशिक रोजगारीमा रहेकाहरूको पैसा सुरक्षित रुपमा उनीहरुको परिवारसम्म पुर्‍याउने ढकालको योजनालाई राष्ट्र बैंकले सहर्ष स्वीकार गर्‍यो। 

सुरुवात उनले मलेसियाबाट गरेका थिए। त्यहाँको केन्द्रीय बैंकसँग अनुमति लिएर नेपालका मुख्य सहरमा २४ घन्टाभित्रै पैसा प्राप्त गर्ने मेलोमेसो मिलाए। सरकारी निकायमाथि नै भरोसा उठेको देशमा एउटा निजी कम्पनीले विश्वास दिलाउनु सहज कुरा थिएन। तर, आफ्नो इमान, लगन र कर्तव्यमाथि ढकाललाई पूरापूर विश्वास थियो। उनले विश्वासको अर्को नाम आइएमई प्रमाणित गरिछाड्ने लक्ष्य लिए। सम्झिन्छन्, ‘विदेशमा काम गर्ने नेपालीहरूलाई बुझाउन निकै मेहनत गर्नुपर्‍यो। हामीले सेवा दिँदै जाँदा भरोसा बढ्दै गयो। एकले अर्कोलाई सिफारिस गर्ने क्रम बढ्दै गयो। यसले विदेशमा काम गर्ने नेपालीको मात्रै होइन, सरकारको समेत समस्या समाधान भयो।’

यतिबेला आइएमई एउटा मनी ट्रान्सफरको नाम होइन, ब्राण्ड बनेको छ, पैसा पाउने–पठाउने शब्दावली भएको छ। भन्नेहरू ‘पैसा पैठाइदेऊ’ भन्दैनन्, ‘आइएमई गरिदेऊ’ भन्छन्। अहिले मनी ट्रान्सफर कम्पनी त धेरै छन्। तर, ५० प्रतिशतभन्दा बढी पैसाको आदानप्रदान आइएमईमार्फत् नै हुने गरेको छ। 

सरकारको नीति, ढकालको कार्यान्वयन
आइएमई सरकारको नीति थियो, ढकालले कार्यान्वयन गरिदिए। त्यसपछि निरन्तर सरकारले लिएका नीति कार्यान्वयनका लागि निजी क्षेत्रबाट आफूलाई अग्रपंक्तिमा उभ्याइरहेका छन्। सरकारले प्राथमिकता दिएको क्षेत्रमा लगानी गर्ने व्यावसायिक मूलमन्त्र जस्तै बनाएका छन्। 

नेपाल सरकारले वित्तीय संस्था मर्जर गर्ने नीति अख्तियार गर्‍यो। त्यसको खुला दिलले स्वागत मात्रै गरेनन्, कार्यान्वयनका लागि आफ्नै बैंकबाट सुरु गरे। ग्लोबल आइएमई र जनता बैंक गत मंसिरमा गाभिए। जसका कारण अहिले उक्त बैंक पुँजी, कारोबार र शाखालगायतको मापनमा नेपालकै ठूलो बैंकमा पर्छ। 

नेपालले उन्नति गर्न पर्यटन क्षेत्रलार्य प्रवर्द्धन गर्नुपर्छ। सरकारले पर्यटनलाई प्राथमिकतामा राखेको छ। ढकालले आफ्नो व्यावसायिक कदम यतातिर पनि विस्तार गरेका छन्। काठमाडौँकै ऐतिहासिक ठाउँ चन्द्रागिरिलाई केबलकारको माध्यमबाट जोडेका छन्। जुन उपत्यकाबासीलाई तनाव व्यवस्थापन गर्ने निकटस्थ गन्तव्य बनेको छ। विदेशी पर्यटकलाई पनि काठमाडौंमा भुलाउने एउटा गन्तव्य थपिएको छ। 

केही समयअघि चिनियाँ विदेशमन्त्री वाङ यीलाई समेत घुम्नका लागि चन्द्रागिरि पुर्‍याइएको थियो। जसलाई उनले मन पराएको प्रतिक्रिया दिएको ढकाल बताउँछन्। नेपाल घुम्न आउने चिनियाँ पर्यटक चन्द्रागिरि पुग्न चाहिरहेको उनले सुनेका छन्। पर्यटन क्षेत्रमा लगानी बढाउँदै लैजाने उनको सोच छ। यसबाहेक विद्युत र अटो क्षेत्रमा समेत उनले आफ्नो व्यवसायलाई फैलाइरहेका छन्।

महासंघमा दाबी गर्नुको मर्म
केही दिनमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वको चयन हुँदैछ। ढकालले वरिष्ठ उपाध्यक्ष (अर्को कार्यकालको अध्यक्ष)का लागि दाबेदारी पेस गरेका छन्। व्यावसायिक जीवनका सबै प्रकारका अवस्थाको भुक्तभोगी नेतृत्वका लागि महासंघका सदस्यले आफूलाई चुन्ने उनको विश्वास छ। भन्छन्, ‘महासंघको नेतृत्व वास्तविक सरोकारवालाले लिनुपर्छ। अहिले भएकामध्ये म नै त्यस्तो व्यक्ति हुँ। मैले सानो व्यवसायदेखि कर्पोरेटसम्म भोगेको छु। अलग-अलग परिस्थिति र मानसिकताबाट गुज्रेको छु।’

साना, मझौला र ठूला उद्योग व्यवसायको मनोभाव बुझेर काम गर्न सक्ने भएकाले आफूलाई धेरैले समर्थन गरिरहेको उनको भनाइ छ। आफूले नेतृत्व गर्नु भनेको सबै खालका उद्योगी व्यवसायीको भावानात्मक प्रतिनिधित्व हुने बुझाइ उनको छ। निजी क्षेत्रको प्रमुख संस्था भएकाले त्यसको नेतृत्वको सरकार वा नीति निर्मातासम्म सहज पहुँच हुनुपर्छ। देशको अर्थतन्त्र विकासका लागि निजी क्षेत्रमैत्री नीति निर्माणका लागि लबिङ गर्नुपर्ने हुन्छ। त्यो गर्नसक्ने पहुँच र हिम्मत आफूसँग रहेको उनी बताउँछन्। भन्छन्, ‘कुनै विषयमा सडकमा नारा लगाएर चर्का कुरा गरेर मात्रै हुँदैन। सम्बन्धित निकायसम्म पहुँच राखेर राम्ररी बुझाउन सक्नुपर्छ। त्यसका लागि मैले नेतृत्व दाबी गरेको हुँ।’ 

लक्ष्य कुन चाहिँ चुचुरो? 
सफलताका सिँढीमा उक्लिरहेको व्यक्तिलाई सोधिने स्वभाविक प्रश्न हुन्छ– लक्ष्य कुन चाहिँ चुचुरोमा पुग्ने छ?’ यस्ता प्रश्नमा व्यवसायी ढकालबाट ठोस उत्तरको अपेक्षा नगरे हुने रहेछ। सायद असीमित सम्भावना देख्ने जोकोहीबाट पनि यस्ता प्रश्नको सोझो उत्तर खोज्न हुँदैन होला। किनभने कुनै निश्चित बिन्दु तय गरेर अघि बढ्यो भने गन्तव्य सकिन्छ। त्यसपछि झर्नुपर्छ। उचाइका आ–आफ्नो परिभाषा हुन्छन्। पृथ्वीका लागि सबैभन्दा अग्लो सगरमाथा हो। तर, त्यो ब्राह्माण्डको अन्तिम उचाइ होइन। त्यो त मान्छे हिँडुन्जेलसम्मको अन्तिम उचाइ हो। जब मान्छे प्लेनमा उड्छ, त्योभन्दा माथि पुग्छ। रकेटमा अझै माथि उड्न सक्छ। 

त्यसैले व्यावसायिक यात्रा गर्ने चाहना लिएर अघि बढेका उनले गन्तव्य तय गरेका छैनन्, र गर्न चाँहदैनन्। उनलाई लाग्छ, ‘गन्तव्य तय गर्दा त्यो सकियो भने विश्राम गर्नुपर्छ। म विश्राम गर्न चाहन्नँ। कामको पुजारी हुँ। गरिरहन रुचाउँछु।’ धेरैले सुनेको तर निकै कमले मात्र आत्मसात गरेको श्रीमद्भगवद्गीताको कर्मदर्शन ‘कर्म गर, फलको आशा नगर’ उनको प्रिय वाणी हो। कर्म गरेपछि फल त स्वभाविक रुपमा मिलिहाल्छ। ढकाल कर्म गरिरहेका छन्, फल प्राप्त गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्