काठमाडौं- सार्वजनिक यातायात हडतालमा उत्रिएका ७३ जना व्यवसायीलाई प्रहरीले हिरासतमा लिएको छ। सरकरले यातायात समिति मार्फत हुँदै आएको सिन्डिकेट तोडेपछि आन्दोलित बनेका यातायात व्यवसायीले आज देशभरि सार्वजनिक यातायात हडतालको आह्वान गरेका थिए।
गृह मन्त्रालयले यातायात साधन थन्क्याएर हडतालमा उत्रिएका व्यावसायीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले देशभरिबाट ७३ जनालाई गिरफ्तार गरेको जानकारी दिएको थियो। गृहमन्त्रालयले सार्वजनिक गरेको सूचीमा भने पक्राउ परेका ७१ जनाको नाम उल्लेख गरिकएको छ।
पक्राउ परेका व्यवसायीले पुनः हडताल नगर्ने भनी हस्ताक्षर गरेमा उनीहरुलाई छाडिदिन नभए मुद्दा चलाउन गृहमन्त्रालयले देशभरिका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।
को-को यातायात व्यवसायी कहाँबाट पक्राउ परे हेरौं सूची


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।