• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के होला नेकपामा?

64x64
वीरेन्द्र ओली मंगलबार, कात्तिक १८, २०७७  १२:१३
1140x725

काठमाडौं- सत्तारुढ नेकपामा अहिले चलेको विवाद पहिलो होइन। यसभन्दा अघि पनि दुई पटकसम्म नेकपा विभाजनकै अवस्थाबाट फर्किएको थियो। पार्टीलाई विभाजन नै गरेर अघि बढ्ने भन्दा पनि एकले अर्कोलाई थकाएर आफ्नो स्वार्थ पूरा गर्ने रणनीतिमा नेताहरु लागेका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अरु नेतासँग परामर्श नै नगरी एकलौटी ढंगले चलेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले आलोचना गर्दै आएका छन्। पार्टीमा विचार, सिद्धान्त र लाइनको विवाद भन्दा पनि प्रधानमन्त्री ओलीले आफूलाई बराबरी हिस्सेदारी नदिएकोमा अन्य नेताहरुको असन्तुष्टि छ। त्यसैले ओलीले पार्टीमा सबै नेताहरुको हिस्सेदारी सुनिश्चित गरे विवाद सल्टिने कतिपय नेताहरुको भनाइ छ।

प्रधानमन्त्री ओली भने आफू विरुद्ध मोर्चाबन्दी नहोस् भन्नेमा चनाखो देखिन्छन्। त्यसैले उनले अनेक अस्त्र प्रयोग गरेर अन्य नेतालाई तर्साउने गरेका छन्।

आफू सरकारमा भएकाले ओलीले प्रचण्ड र नेपाल पक्षका नेताहरुलाई सत्ताको लोभमा भुलाइरहेका छन्। यसअघि ओली विरुद्धको मोर्चाबन्दी हुँदा त्यस्तो लोभमा पर्नेहरुमा पूर्वमाओवादीका नेताहरु थिए।

प्रचण्ड भन्दा नेपाल पक्ष थप एक कदम अगाडि बढेर ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा गराएरै छाड्ने ध्याउन्नमा लागेका थिए। तर सोही अनुसार प्रचण्ड पक्ष अघि बढेन। प्रचण्ड निकट नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, जनार्दन शर्मा, मणि थापा, देवेन्द्र पौडेल लगायत नेताहरुले नै प्रचण्डलाई साथ दिएनन्। परिणामतः ओली विरुद्धको मोर्चाबन्दी कमजोर बन्यो।

अन्तमा सबैको 'फेस सेभिङ'का लागि विवाद समाधान कार्यदल बनाइयो। र, विवाद पनि टालटुल पारियो। तर दुई महिना नपुग्दै फेरि विवाद बल्झिएको छ।

ओली पक्षले भने बेलाबखत अनेक हल्ला चलाउने र निर्णय गर्ने गरेको छ। आफू विरुद्धको मोर्चाबन्दी कमजोर बनाउन दल विभाजन सहज हुने अध्यादेश, एमाले पार्टी दर्ता, नयाँ नक्सा, सरकार ढाल्न भारत लागेको र पार्टीकै नेताले साथ दिएको र सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउ लागिएको जस्ता अनेक प्रसंग चर्चामा आए।

ओलीले आफू विरुद्धको मोर्चाबन्दी कमजोर बनाउन र आफू निकटका नेताहरुलाई संगठित गर्न बारम्बार यस्ता हल्ला चलाउने गरेको स्थायी कमिटी सदस्य मातृका यादव बताउँछन्। ‘पार्टीभित्र प्रधानमन्त्री ओलीमा समस्या छ। दोष अरुलाई लगाएर उम्कन खोज्ने प्रवृत्ति छ’, यादवले भने, ‘सबै पार्टीको विधि विधान बमोजिम हिँडेमा कुनै समस्या आउँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नेकपा भित्रको विवादमा कुनै तुक नभएको र सत्ताको लेनदेन बाहेक पार्टीमा अरु केही नभएको बताउँछन्। महामारीमा देश र जनतालाई मुक्त गर्ने बहसभन्दा सत्ताको लेनदेनमा मात्रै केन्द्रित भई विवाद भएको श्रेष्ठले बताए।

‘पार्टीमा विचार सिद्धान्तमा मिलेर एकता गरैकै होइन। अहिले छँदा पनि छैन। अहिले सत्ता लेनदेनको मात्रै विवाद हो’, नेपाल लाइभसँग कुरा गर्दै श्रेष्ठले भने, ‘यदि सत्ताको लेनदेनमा शीर्ष नेताहरुबीच कुरा नमिले पार्टी विभाजन पनि हुन सक्छ। प्रधानमन्त्री ओली त्यही मानसिकतामा बसेको देखिन्छ।’

प्रधानमन्त्री ओलीमा उहिलेदेखि नै सानो कोटरीमा रमाउने स्वभाव भएकाले सबैलाई मिलाउन नसक्ने श्रेष्ठको दाबी छ। ‘ओलीले दल विभाजन सम्बन्धी अध्यादेशको ड्राफ्ट तयार गरेका छन् भन्ने सुनेको छु। यदि आफूसँग पार्टी र संसदमा ४० प्रतिशत हिस्सा भएको भए फुटाउँथे होला’, उनले भने, ‘यदि पार्टीमा सत्ताको लेनदेन नमिले जुनसुकै बेला पार्टी फुट्न पनि सक्छ। मिलाए मिल्न पनि सक्छ।’

पार्टी विचार र सिद्धान्तसँगै सत्ता लेनदेनमा ओली, प्रचण्ड र नेपाल तीनै जनाको चित्त फाटेकाले पार्टी विभाजनको अवस्था नआउने भन्ने नसकिने श्रेष्ठको भनाइ छ।

Xtrem

Xtrem

यस कारण ओलीलाई बैठकप्रति रुची छैन
अहिलेको विवादमा सकेसम्म आफू विरुद्ध मोर्चाबन्दी कमजोर बनाउने र बैठक टार्ने पक्षमा छन्, ओली। यस्तो अवस्थामा सचिवालय वा स्थायी कमिटी बैठक बसे आफू विरुद्धको मोर्चाबन्दी सशक्त हुने आकलन गरेकाले पनि बैठकलाई इन्कार गरेका हुन्।

पार्टी सचिवालयका ९ मध्ये ३ जना र स्थायी कमिटीका ४४ मध्ये ११ जना मात्रै ओलीसँग छन्। पार्टीमा पकड कमजोर भएकाले आफ्नो पक्षमा बोल्ने र तारिफ गर्ने नेताको कमी उनलाई छ। एकोहोरो पार्टी र सरकारको आलोचना सुन्ने पक्षमा उनी छैनन्। पार्टी कमिटीमा अल्पमतमा भएकाले बैठक पनि नबस्ने र निर्णय पनि नमान्ने धम्की उनले दिइरहेका हुन्।

तर ओलीसँगको सहकार्यका विषयमा नेता नेपाल स्पष्ट भए पनि प्रचण्ड भने अन्यौलमा देखिन्छन्। उनलाई ओलीसँगको सहकार्य 'निल्नु न ओकल्नु' भएको छ। माओवादी समूहका नेताहरु एक ढिक्का नहुँदा उनले बोल्ड डिसिजन पनि गर्न सकेका छैनन्। ओलीले सहज रुपमा छाडेमा आफूलाई सहज हुन्थ्यो भन्ने प्रचण्डको बुझाइ छ।

तर ओलीले प्रचण्ड र नेपाल पक्षका नेताहरुलाई सत्ताको प्रभावमा पारेर छिन्नभिन्न पारिरहेका छन्। प्रचण्ड-नेपाल पक्षका नेताहरु भने बैठक बोलाएर विवादमा छलफल गर्नुपर्ने पक्षमा छन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि स्थायी कमिटी सदस्य भीम रावलसम्मले पार्टी कमिटीको बैठक बोलाएर छलफल गर्नुपर्ने बताइरहेका छन्।

पार्टी बैठकबाटै निर्णय गरेर टुंगोमा पुग्नुपर्नेमा प्रचण्ड-नेपाल पक्ष एक मत छन्। प्रधानमन्त्री ओलीकै कारण सरकार बदनाम भएको बताउँदै विकल्प नखोजे थप बदनाम हुने उनीहरुको निष्कर्ष छ। तर, विवादकै बीच तत्काल पार्टी कमिटी बैठक बस्ने सम्भावना न्यून देखिएको छ। बैठक बसेर विवाद मत्थर गर्नेभन्दा पनि विवाद मत्थर गरेर बैठक बस्ने सम्भावना उच्च छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १२:१३
  • #नेकपा
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य जापानका विभिन्न कम्पनीबाट कामदारको माग ल्याएर नेपाली म्यानपावर कम्पनीलाई उपलब्ध गराउने र रोजगारदाताले सम्पूर्ण खर्च व्यहोरेर कामदार... बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अहिले देशभर पालिका तहको अधिवेशन चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ ग... बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा मंगलबार कतार एयरलाइन्समार्फत नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री शाह कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल बुधबार, असोज ७, २०८३
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्