• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २२, २०८२ Tue, Jan 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के होला नेकपामा?

64x64
वीरेन्द्र ओली मंगलबार, कात्तिक १८, २०७७  १२:१३
1140x725

काठमाडौं- सत्तारुढ नेकपामा अहिले चलेको विवाद पहिलो होइन। यसभन्दा अघि पनि दुई पटकसम्म नेकपा विभाजनकै अवस्थाबाट फर्किएको थियो। पार्टीलाई विभाजन नै गरेर अघि बढ्ने भन्दा पनि एकले अर्कोलाई थकाएर आफ्नो स्वार्थ पूरा गर्ने रणनीतिमा नेताहरु लागेका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अरु नेतासँग परामर्श नै नगरी एकलौटी ढंगले चलेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले आलोचना गर्दै आएका छन्। पार्टीमा विचार, सिद्धान्त र लाइनको विवाद भन्दा पनि प्रधानमन्त्री ओलीले आफूलाई बराबरी हिस्सेदारी नदिएकोमा अन्य नेताहरुको असन्तुष्टि छ। त्यसैले ओलीले पार्टीमा सबै नेताहरुको हिस्सेदारी सुनिश्चित गरे विवाद सल्टिने कतिपय नेताहरुको भनाइ छ।

प्रधानमन्त्री ओली भने आफू विरुद्ध मोर्चाबन्दी नहोस् भन्नेमा चनाखो देखिन्छन्। त्यसैले उनले अनेक अस्त्र प्रयोग गरेर अन्य नेतालाई तर्साउने गरेका छन्।

आफू सरकारमा भएकाले ओलीले प्रचण्ड र नेपाल पक्षका नेताहरुलाई सत्ताको लोभमा भुलाइरहेका छन्। यसअघि ओली विरुद्धको मोर्चाबन्दी हुँदा त्यस्तो लोभमा पर्नेहरुमा पूर्वमाओवादीका नेताहरु थिए।

प्रचण्ड भन्दा नेपाल पक्ष थप एक कदम अगाडि बढेर ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा गराएरै छाड्ने ध्याउन्नमा लागेका थिए। तर सोही अनुसार प्रचण्ड पक्ष अघि बढेन। प्रचण्ड निकट नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, जनार्दन शर्मा, मणि थापा, देवेन्द्र पौडेल लगायत नेताहरुले नै प्रचण्डलाई साथ दिएनन्। परिणामतः ओली विरुद्धको मोर्चाबन्दी कमजोर बन्यो।

अन्तमा सबैको 'फेस सेभिङ'का लागि विवाद समाधान कार्यदल बनाइयो। र, विवाद पनि टालटुल पारियो। तर दुई महिना नपुग्दै फेरि विवाद बल्झिएको छ।

ओली पक्षले भने बेलाबखत अनेक हल्ला चलाउने र निर्णय गर्ने गरेको छ। आफू विरुद्धको मोर्चाबन्दी कमजोर बनाउन दल विभाजन सहज हुने अध्यादेश, एमाले पार्टी दर्ता, नयाँ नक्सा, सरकार ढाल्न भारत लागेको र पार्टीकै नेताले साथ दिएको र सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउ लागिएको जस्ता अनेक प्रसंग चर्चामा आए।

ओलीले आफू विरुद्धको मोर्चाबन्दी कमजोर बनाउन र आफू निकटका नेताहरुलाई संगठित गर्न बारम्बार यस्ता हल्ला चलाउने गरेको स्थायी कमिटी सदस्य मातृका यादव बताउँछन्। ‘पार्टीभित्र प्रधानमन्त्री ओलीमा समस्या छ। दोष अरुलाई लगाएर उम्कन खोज्ने प्रवृत्ति छ’, यादवले भने, ‘सबै पार्टीको विधि विधान बमोजिम हिँडेमा कुनै समस्या आउँदैन।’

Ncell 2
Ncell 2

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नेकपा भित्रको विवादमा कुनै तुक नभएको र सत्ताको लेनदेन बाहेक पार्टीमा अरु केही नभएको बताउँछन्। महामारीमा देश र जनतालाई मुक्त गर्ने बहसभन्दा सत्ताको लेनदेनमा मात्रै केन्द्रित भई विवाद भएको श्रेष्ठले बताए।

‘पार्टीमा विचार सिद्धान्तमा मिलेर एकता गरैकै होइन। अहिले छँदा पनि छैन। अहिले सत्ता लेनदेनको मात्रै विवाद हो’, नेपाल लाइभसँग कुरा गर्दै श्रेष्ठले भने, ‘यदि सत्ताको लेनदेनमा शीर्ष नेताहरुबीच कुरा नमिले पार्टी विभाजन पनि हुन सक्छ। प्रधानमन्त्री ओली त्यही मानसिकतामा बसेको देखिन्छ।’

प्रधानमन्त्री ओलीमा उहिलेदेखि नै सानो कोटरीमा रमाउने स्वभाव भएकाले सबैलाई मिलाउन नसक्ने श्रेष्ठको दाबी छ। ‘ओलीले दल विभाजन सम्बन्धी अध्यादेशको ड्राफ्ट तयार गरेका छन् भन्ने सुनेको छु। यदि आफूसँग पार्टी र संसदमा ४० प्रतिशत हिस्सा भएको भए फुटाउँथे होला’, उनले भने, ‘यदि पार्टीमा सत्ताको लेनदेन नमिले जुनसुकै बेला पार्टी फुट्न पनि सक्छ। मिलाए मिल्न पनि सक्छ।’

पार्टी विचार र सिद्धान्तसँगै सत्ता लेनदेनमा ओली, प्रचण्ड र नेपाल तीनै जनाको चित्त फाटेकाले पार्टी विभाजनको अवस्था नआउने भन्ने नसकिने श्रेष्ठको भनाइ छ।

यस कारण ओलीलाई बैठकप्रति रुची छैन
अहिलेको विवादमा सकेसम्म आफू विरुद्ध मोर्चाबन्दी कमजोर बनाउने र बैठक टार्ने पक्षमा छन्, ओली। यस्तो अवस्थामा सचिवालय वा स्थायी कमिटी बैठक बसे आफू विरुद्धको मोर्चाबन्दी सशक्त हुने आकलन गरेकाले पनि बैठकलाई इन्कार गरेका हुन्।

पार्टी सचिवालयका ९ मध्ये ३ जना र स्थायी कमिटीका ४४ मध्ये ११ जना मात्रै ओलीसँग छन्। पार्टीमा पकड कमजोर भएकाले आफ्नो पक्षमा बोल्ने र तारिफ गर्ने नेताको कमी उनलाई छ। एकोहोरो पार्टी र सरकारको आलोचना सुन्ने पक्षमा उनी छैनन्। पार्टी कमिटीमा अल्पमतमा भएकाले बैठक पनि नबस्ने र निर्णय पनि नमान्ने धम्की उनले दिइरहेका हुन्।

तर ओलीसँगको सहकार्यका विषयमा नेता नेपाल स्पष्ट भए पनि प्रचण्ड भने अन्यौलमा देखिन्छन्। उनलाई ओलीसँगको सहकार्य 'निल्नु न ओकल्नु' भएको छ। माओवादी समूहका नेताहरु एक ढिक्का नहुँदा उनले बोल्ड डिसिजन पनि गर्न सकेका छैनन्। ओलीले सहज रुपमा छाडेमा आफूलाई सहज हुन्थ्यो भन्ने प्रचण्डको बुझाइ छ।

तर ओलीले प्रचण्ड र नेपाल पक्षका नेताहरुलाई सत्ताको प्रभावमा पारेर छिन्नभिन्न पारिरहेका छन्। प्रचण्ड-नेपाल पक्षका नेताहरु भने बैठक बोलाएर विवादमा छलफल गर्नुपर्ने पक्षमा छन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि स्थायी कमिटी सदस्य भीम रावलसम्मले पार्टी कमिटीको बैठक बोलाएर छलफल गर्नुपर्ने बताइरहेका छन्।

पार्टी बैठकबाटै निर्णय गरेर टुंगोमा पुग्नुपर्नेमा प्रचण्ड-नेपाल पक्ष एक मत छन्। प्रधानमन्त्री ओलीकै कारण सरकार बदनाम भएको बताउँदै विकल्प नखोजे थप बदनाम हुने उनीहरुको निष्कर्ष छ। तर, विवादकै बीच तत्काल पार्टी कमिटी बैठक बस्ने सम्भावना न्यून देखिएको छ। बैठक बसेर विवाद मत्थर गर्नेभन्दा पनि विवाद मत्थर गरेर बैठक बस्ने सम्भावना उच्च छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १२:१३
  • #नेकपा
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
काँग्रेस कार्यसम्पादन समिति बैठकको समय सारियो ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे बजेका लागि सारिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलेले जनाकारी दिए । मंगलबार, पुस २२, २०८२
एमाले सचिवालय बैठक सुरु बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत अन्य तत्कालीन विषयमा छलफल भइरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभाका लाग... मंगलबार, पुस २२, २०८२
एमाले सचिवालय बैठक बस्दै आजको बैठकमा नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने एक पदाधिकारीले जानकारी दिए। ति पदाधिकारीका अनुसार देश निर्वाचनतर्फ उन्मुख रहेकोल... मंगलबार, पुस २२, २०८२
ताजा समाचारसबै
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु मंगलबार, पुस २२, २०८२
काँग्रेस कार्यसम्पादन समिति बैठकको समय सारियो मंगलबार, पुस २२, २०८२
एमाले सचिवालय बैठक सुरु मंगलबार, पुस २२, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै मंगलबार, पुस २२, २०८२
एमाले सचिवालय बैठक बस्दै मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
एमाले सचिवालय बैठक बस्दै मंगलबार, पुस २२, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्