• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कोरोना परीक्षणमा निजी ल्याबको लापरवाहीका कारण नेपाल एयरलाइन्सले करोडौं गुमाउँदै

हङकङको प्रतिबन्ध नखुल्दै दुबईको चेतावनी
64x64
उत्तम काप्री मंगलबार, कात्तिक १८, २०७७  ०८:१०
1140x725

काठमाडौं-कोरोना परीक्षणमा निजी ल्याबहरुको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठन थालेको छ। निजी ल्याबहरुको लापरवाहीकै कारण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो व्यापार गुमाउनु परेको छ। 

ल्याबहरुले नेगेटिभ रिपोर्ट दिए पनि विदेशमा गएर परीक्षण गर्दा पोजेटिभ आइरहेको छ। जसको प्रत्यक्ष असर नेपाल एयरलाइन्सले भोग्दै आएको छ। नेपाल एयरलाइन्सले सरकारबाट मान्यता प्राप्त सबै ल्याबहरुको रिपोर्टलाई मान्यता दिने गरेको छ। 

यात्रुमा कोरोना देखिन थालेपछि पछिल्लो समय नेपाल एयरलाइन्सलाई विभिन्न विमानस्थलबाट चेतावनी आउन थालेको छ भने कतिपय देशमा उडानमै प्रतिबन्ध लगाइएको छ।

हङकङले नेपाल एयरलाइन्सको जहाजमार्फत् आएका यात्रुमा कोरोना देखिएको भन्दै अक्टोबर ४ देखि १७ अक्टोबरसम्मका लागि उडान प्रतिबन्ध लगाएको थियो। १७ अक्टोबर पछि २ उडान गरेको नेपाल एयरलाइन्सलाई पुनः २० अक्टोबरमा फेरि नोभेम्भर ३ सम्मका लागि प्रतिबन्ध लगाएको छ। जसका कारण नेपाल एयरलाइन्सको हङकङ व्यापार गुमेको छ। यो प्रतिबन्ध नभएको भए नेपाल एयरलाइन्सले यस समयमा हङकङमा मात्रै १० वटा उडान गरिरसकेको हुने थियो। अहिले नेपाल एयरलाइन्सको हङकङ व्यापार ‘सेटिङ’ मा कार्गो उडान अनुमति पाएको गेटजेट एयरलाइन्सले गर्दै आएको छ।

यसैगरी युएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले पनि नेपालबाट आएका यात्रुमा कोरोना देखिएको भन्दै नेपाल एयरलाइन्सलाई उडान प्रतिबन्ध लगाउने चेतावनी दिन थालको छ।

nimb
nimb
Ncell 2
Ncell 2

एयरलाइन्स स्रोतका अनुसार निगमलाई दुबई विमानस्थलले २ वटा चेतावनी पत्र पठाइसकेको छ।  विमानस्थलले नेपालबाट आउने यात्रुमा कोरोना देखिएको कारण उडान नै बन्द गर्नुपर्ने अवस्था आउने जानकारी गराएको स्रोत बताउँछ।

हङकङ उडान बन्द हुँदा झन्डै ३० करोड रुपैयाँ गुमाएको नेपाल एयरलाइन्सलाई दुबई उडान बन्द भएको अवस्थामा ठूलो घाटा हुने छ।
केही दिनअघिमात्रै दुवईले पनि प्रतिवन्धको चेतावनीसहितको पत्र निगमलाई पठाएको निगमका प्रवन्धनिर्देशक डिमप्रकाश पौडेलले  स्वीकार गर्छन्।

ल्यावहरुले दिएको नेगेटिभ रिपोर्ट लिएर यात्रुहरु लैजाने गरेको  र सम्बन्धित देशमा गएर परीक्षण गर्दा केहीको पोजेटिभ देखिएपछि निगमलाई समस्या भएको उनको भनाइ छ।

निगमले दुवईमा सातामा सातवटै उडान गरिरहेको छ। यता हङकङमा भने सातामा तीन उडान गर्दै आएको थियो।

निजी ल्यावहरुले विदेश जाने कामदारको कोरोना परीक्षणमा नक्कली रिपोर्ट दिने गरेको विषय पहिलेदेखि नै विवादमा पर्दै आएको छ। कतिपय ल्याबले त कोटा स्याम्पलिङका आधारमा परीक्षण गरेर रिपोर्ट दिइरहेको स्रोतको भनाइ छ। अर्कोतर्फ विदेश जानका लागि कोरोना परीक्षण गर्न स्वाब दिएपछि  सेल्फ आइसोलेसनमा बस्नु पर्नेमा पनि नबस्दा समस्या आएको ल्यावहरुको भनाइ छ।

तर, यहाँ निजी ल्यावहरुले गुणस्तरहीन भिटिएम प्रयोग गर्दा पनि रिपोर्टमाथि प्रश्न उठेको छ। रिपोर्टमाथि  एकपछि अर्को प्रश्न उठेको छ भने नेपाल एयरलाइन्सले व्यापार गुमाउनुपर्ने अवस्था आएको छ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन शनिबार, असार १३, २०८३
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन शनिबार, असार १३, २०८३
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने शनिबार, असार १३, २०८३
काठमाडौंमा बर्डफ्लू बढ्दै, एघार जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्