काठमाडौं- नवनियुक्त तीन जना राजदूतहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
'आज मिति २०७७ साल कात्तिक १६ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रपतिको कार्यालयमा एक विशेष समारोहका बीच नवनियुक्त राजदूतज्यूहरू श्री गेहेन्द्र राजभण्डारी, श्री तापस अधिकारी र श्री रामकाजी खड्काले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ', राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।