काठमाडौं- आफ्नो संगठनका नेता/कार्यकर्तालाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। षडयन्त्रपूर्वक नेताहरूमाथि धरपकड गरेको, यातना दिने र झुठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो।
नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले भौतिक दुरी भने कायम नगरेको पाइएको छ। उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको भएपनि नेविसंघको प्रदर्शनमा सहभागीले भौतिक दूरी कायम नगरी प्रदर्शन गरेका हुन्।
उनीहरुले कोरोना पीडित जनताको उपचारका लागि सरकार उदाशिन देखिएको नेविसंघको भनाइ छ। प्रदर्शनमा सहभागिहरुले ‘जनस्वास्थ्यमा खेलबाड गर्न पाइदैन, भ्रष्ट सरकार चाँहिदैन', ‘अधिनायकवादको सरदार, केपी ओलीको सरकार’, ‘झुठा मुद्दा खारेज गर’ भन्दै नाराबाजी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।