काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय 8वादी फोरमका अध्यक्ष उपेन्द्र यावदबीच आज भेटवार्ता भएको छ।
शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा तीन अध्यक्षबीच भेटवार्ता भएको माओवादी प्रवक्ता पम्फा भुसालले पुष्टि गरेकी छिन्।
एमाले र माओवादीबीच एकतामा गतिरोध देखिइरहेको बेलामा प्रचण्डले आफ्नै निबासमा दुई नेतालाई बोलाएर गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यस्तै, भेटघाटमा सामान्य छलफल मात्र भएको नयाँ शक्तिका सूचना तथा सञ्चार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन्।
भट्टराई पूर्वमाओवादी उपाध्यक्ष हुन् भने यादव नेतृत्वको फोरमलाई पनि माओवादी एजेन्डाको नजिकको पार्टीको रुपमा हेरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।