• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

कोरोनाकालमा फस्टाएको संगीत : यी हुन् हेरिरहुँ लाग्ने म्युजिक भिडियो, सुनिरहुँ लाग्ने गीत

64x64
डिबी खड्का शुक्रबार, कात्तिक १४, २०७७  १७:००
1140x725

कोरोनाकालको क्षति सबै क्षेत्रले बेहोरोको छ। बेहोर्दैछ। तर, नेपाली संगीत क्षेत्रले भने यही बेला प्रगति गर्‍यो। तर, त्यो प्रगतिको नै आर्थिक उन्नति भने होइन। संगीत सिर्जनशील क्षेत्र भएकाले अर्थोपार्जनलाई प्रगति तौलने ढक बनाउनु पनि हुँदैन। 

कोरोनाकाल अर्थात् नेपालमा लकडाउन सुरु भएपछि सिर्जिएका थुप्रै गीत र संगीतमा त्यसअघिका भन्दा फरक स्वाद प्राप्त भए। कोरोनाकालअघि ज्यान उफार्नका लागि गीत बन्थे, कोरोनाालपछि कान थाप्ने गीत बनेका छन्। कोरोना कालअघि भड्किला म्युजिक भिडियो बन्थे, कोरोनाकालपछि कथा बुन्न थालिएछ। अधिकांश नेपालीको जीवनसँग मिल्दा दृश्य देखाउन थालिएको छ। सबैभन्दा महत्वपूर्ण कुरा संगीत र शब्द दुवैले नेपाली माटोसँग लडिबुडी खेल्न थालेका छन्। 

यो दसैंको छुट्टीका केही दिन पंक्तिकारमा नेपाली गीत मात्रै सुन्ने सुर चल्यो। त्यही क्रममा महसुस भयो, नेपाली संगीतको सुर त परिवर्तन भइसकेछ। आंशिक होइन, पूरै। यस्तो हुनुका अनेक कारण हुन सक्छन्। सर्जकहरु घरभित्रै बस्नु परेपछि सिर्जनामा नयाँपन दिन र मेहनत गर्न लालायित भएका हुन सक्छन्।

फिल्म क्षेत्र ठप्पै भएकाले फिल्मको ‘झुर’ गीत पनि प्रमोसनमा पैसा खर्चेर हिट नबनाउँदा साना लगानीका राम्रा गीत माथि उठेका हुन सक्छन्। जे भएपनि संगीत क्षेत्रमा परिवर्तन भएको छ। कर्णप्रिय गीत र दर्शनीय म्युजिक भिडियो कोरोनाकालले नेपाली संगीतलाई दिएको छ। 

कोरोनाकालपपछि रिलिज भएका र दसैं बिदामा आफूले सुनेकामध्ये केही गीतहरुमाथि समग्रमा दृष्टिगोचर गर्न गइरहेको छु। ती केही आमदर्शकमाझ नै हिट भएकाहरु छन्। केही हिट हुन नसकेका पनि त्यसका हकदार छन्। त्यसरी हेर्दा देखिएका केही हाइलाइट्सहरु यहाँ प्रस्तुत गर्दैछु। 

गीत सुनेपछि आफूलाई महसुस भएका कुरा प्रस्तुत गर्नुअघि मलाई मन परेका गीतको सूची नत्थी गर्न चाहन्छु। ती हुन्, 'डर छैन', 'नलाएको मायाले', 'तेल तुर्काउ तुरुक्क', 'के माया लाग्छ र', 'लज्जावती झार, 'म हाँसे हास्छौ र', 'पानी पधेंरो', 'माया मारेर', 'मुना', 'नबोली नबोली', 'रुमालै चिनो धोई–धोई', 'जात', 'छोटो छ जिन्दगी' आदि। 

हिटका हकदार तर हुन बाँकी
दसैंमा मैले सुनेकामध्ये हिटका हकदार तर अपेक्षित हिट हुन नसकेका केही गीतबाट सुरु गर्छु। हिटको तुलो मानिने युट्युबको ढकमा तौलिदा हलुका परेका ती गीत मलाई बलशाली लागेका छन्। अहिले चलेका गीतले युट्युबमा करोड भ्युज बटुल्न थालेका छन्। त्यसैले यो तुलोमा २० लाख भन्दा तल नै दर्शक रहेका गीत कमजोर ठहरिन सक्छन्। तिनैमध्येको एक हो, ‘डर छैन'। यो गीतको शब्द, गायकी र म्युजिक भिडियो निकै मन परेको हो। सन्तोष लामाको गायकी मीठो मात्रै छैन, सर्जक नारायण कँडेलका शब्दले बोल्ने पीडाअनुसारको आवाज छ। 

अर्को धेरैले नसुनेको तर मन छोएको गीत हो, ‘तेल तुर्काउ तुरुक्क’। याम थापामगरको शब्द र संगीत रहेको यो गीत भन्दा पनि कुनै एउटा परिवारको संवाद जस्तो लाग्छ। यसैले हो मन छोएको। यसले दिने सन्देशलाई चाहिँ ‘इग्नोर’ गर्नु उपयुक्त हुनसक्छ। म्युजिक भिडियोमा प्रकाश भट्टको अवधारणामा लक्ष्मी बर्देवा र जीवन भट्टराईको जोडी खरो उत्रेको छ। विष्णु माझीको आवाजको सामु आकाश महतको स्वर चाहिँ केही फिका महसुस हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

छेवाङ ‘जात’ नामक अर्को गीत छ। युट्युबमा पनि ठिकठिकैले हेरेको यो गीतको भाव प्रेममा जातको तगारो भएको कुरा छ। जुन नयाँ कुरा होइन। अत्यधिक गिजोलिएको यो थिममा संगीतको सुमधुरता र गायकी चाहिँ सुनिरहौं लाग्ने खालको छ। 

युट्युबमा २० लाखले पनि नहेरेको तर मलाई २० पल्टभन्दा बढी सुन्न मन लागेको अर्को गीत छ, ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’। गायिका मेलिना मैनालीको स्वर पहिलोपल्ट सुनिएको हो। तर, पहिलोपल्ट नै उनको स्वरले मोहनी लगायो। नारायण नेपालका शब्द, प्रभु पाण्डेको स्वर र संगीत पनि कमजोर छैनन्। 

स्वरमा प्राकृतिक सुमधुरता
कति गीतको शब्द, संगीत, त्यसले दिने सन्देश र म्युजिक भिडियोमा खाशै ध्यान गएन। तर, ती गीत गाउने गायक/गायिकाको स्वभाविक स्वरले मोहनी लगायो। ती गीतहरु हुन् एलिना चौहान र भीम विष्टको ‘पानी पधेंरो’। यसैगरी समीक्षा अधिकारी र नरेश खातीको ‘माया मारेर’। महेश काफ्ले र अस्मिता अधिकारीको ‘लज्जावती झार’मा पनि खास केही नभएपनि गायनमा देखिएको स्वभाविकताले छुन्छ। 

‘नबोली, नबोली’ अर्को त्यस्तो गीत हो, जुन सुन्नकै लागि निर्माण भएको जस्तो लाग्छ। गायक प्रविण बेदुवाल  र गायिकाले आफ्नो वास्तविक आवाज पस्केका छन्। मेलोडी संगीतमा रुचाइएको संगीतकार अर्जुन पोखरेलका शब्द पनि मखमली छन्। 

Xtrem

Xtrem

राज खम्बु र सुजाता वर्माको स्वरमा रहेको ‘मुना’ पनि सुन्दा आनन्द आउने खालको गीत रहेछ। ‘कमेडी’ थिममा बनाइएको गीत सुन्दा फरक स्वाद प्राप्त हुन्छ। 

सुरमा म्युजिक भिडियाको सुगन्ध
गीत सुन्दा पनि मज्जा लाग्ने तर म्युजिक भिडियो हेर्दा झन् मज्जा आउने केही गीत छन्। तीमध्ये पहिलो हो, सत्यराज आचार्यको स्वरमा रहेको ‘नलगाएको मायाले।’ दीपक शर्मा संगीतमा हिट छन् तर उनले सबैभन्दा धेरै मेहनत यसमा गरेको महसुस हुन्छ। सुविदा गुरागाइँको भावुक गीतमा सत्यराजको माझिएको स्वरले सुनमा सुगन्ध थपेको छ। तर, त्यो सुरमा पनि म्युजिक भिडियोले सुगन्ध थपेको छ।  गीत सुनेर म्युजिक भिडियो हेर्न पुगेको व्यक्ति दोहोर्‍याइ तेहेर्‍याइ हेर्ने बनाउँछ। खाशमा निर्देशक निकेश खड्काको कथा र त्यसका प्लटहरुमा देखिएका सुक्ष्म संवेदना तान्छन्। लक्ष्मी र सत्यराजको अभियनले एकछिन त्यहीँ अड्काउँछ। 

अर्को गायनअनुसारको म्युजिक भिडियो प्राप्त गर्ने गीत हो, ‘के माया लाग्छ र?’ यसमा सबैभन्दा मन पर्नेे पक्ष संगीत हो। हर्क साउदको फरक शैलीका शब्दमा अंकितबाबु अधिकारीले गीतलाई सुरिलो बनाउन खोजेनन्, स्वभाविक बनाउन खोजे। निशान भट्टराई एलिना चौहानले मीठो होइन, रमाइलो गाइदिए। गीतलाई पूर्ण बनाइदियो फेरि म्युजिक भिडियोले। नवीन चौहानले गीतलाई बुझिदिए। निर्देशक चौहानको अवधारणलाई मुकुन भुषाल र सुरविना कार्कीले बुझिदिए। त्यसपछि त यो एक पूर्ण मनोरञ्जक प्याकेज बनेको छ। 

गीतलाई म्युजिक भिडियोले अझ बलशाली बनाएको महसुस भएको अर्को गीत हो, ‘रुमालै चिनो धोई–धोई।’ महेन्द्र रञ्जन बराल र अस्मिता अधिकारीको कर्णयप्रिय स्वरमा रहेको गीत शब्द संगीत गिनेचुनेका संगीतकार हरि लम्सालको छ। यो गीत यत्तिकै सुन्दा पनि मीठो छ। म्युजिक भिडियो हेर्‍यो भने अझै एउटा पूरा गीति कथा महसुस हुन्छ। लक्ष्मी बर्देवा र जीवन भट्टराईको जोडीले आफैंले आफैंलाई निर्देशन गरेको यो गीतलाई जुन ‘सेटिङ’ प्रयोग भयो, त्यसले गीतलाई महशुस गराउँछ।

भिडियोले गीतको प्राण भरेको अर्को गीत चाहिँ ‘म हासे हास्छौ र?’ हो। त्यसको सबैभन्दा प्रिय लागेको कुरा चाहिँ देवेन्द्र बब्लुको नयाँ प्रयोग हो। किशोरावयका युवायुवतीको संवादलाई गीतको रूप दिइएको छ। त्यो संवादमा सुरिलो स्वर भर्ने कोसिस गरिएको छैन। महिला स्वर मेलिना राईको अघि बब्लुको पुरुष आवाज केही खस्रो लाग्न त सक्छ तर त्यसैमा यसको असली स्वाद भेटिन्छ। म्युजिक भिडियोमा अनेकथोक केही गर्न खोजिएको छैन। दुई प्रेमजोडीको बाटो संवादका रुपमा प्रस्तुत गरिएको छ। त्यसले यो गीतलाई रमाइलो हुन दिएको छ। 

लकडाउनपछि सार्वजनिक धेरै गीत श्रवणीय लाग्छन्। गीतमा मेलोडीको भरपुर प्रयोग गर्ने नेपाली संगीत संस्कृतिको पुनरावृत्ति भएको छ। पश्चिमा शैलीबाट प्रभावित नयाँ पुस्ता त्यसबाट उम्केर आफ्नैपन नजिक पुगेको छ। यो क्रममा सुनेका र मन परेका गीतहरुका सर्जक, गायक र गायिका नयाँ पुस्ताका कलाकार नै धेरै छन्। यो नेपाली संगीतका लागि ठूलो खुशीको खबर पनि हुन सक्छ। किनभने नेपाली शैलीका गीतमा नयाँपुस्ताको आगमनले स्रोता पनि नयाँ पुस्ताकै तान्नेछ। यही पथमा अघि बढिरह्यो भने नेपाली संगीतका लागि कोरोनाकाल अवसर पनि बन्न सक्छ। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्