• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस ३, २०८२ Thu, Dec 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

कोरोनाकालमा फस्टाएको संगीत : यी हुन् हेरिरहुँ लाग्ने म्युजिक भिडियो, सुनिरहुँ लाग्ने गीत

64x64
डिबी खड्का शुक्रबार, कात्तिक १४, २०७७  १७:००
1140x725

कोरोनाकालको क्षति सबै क्षेत्रले बेहोरोको छ। बेहोर्दैछ। तर, नेपाली संगीत क्षेत्रले भने यही बेला प्रगति गर्‍यो। तर, त्यो प्रगतिको नै आर्थिक उन्नति भने होइन। संगीत सिर्जनशील क्षेत्र भएकाले अर्थोपार्जनलाई प्रगति तौलने ढक बनाउनु पनि हुँदैन। 

कोरोनाकाल अर्थात् नेपालमा लकडाउन सुरु भएपछि सिर्जिएका थुप्रै गीत र संगीतमा त्यसअघिका भन्दा फरक स्वाद प्राप्त भए। कोरोनाकालअघि ज्यान उफार्नका लागि गीत बन्थे, कोरोनाालपछि कान थाप्ने गीत बनेका छन्। कोरोना कालअघि भड्किला म्युजिक भिडियो बन्थे, कोरोनाकालपछि कथा बुन्न थालिएछ। अधिकांश नेपालीको जीवनसँग मिल्दा दृश्य देखाउन थालिएको छ। सबैभन्दा महत्वपूर्ण कुरा संगीत र शब्द दुवैले नेपाली माटोसँग लडिबुडी खेल्न थालेका छन्। 

यो दसैंको छुट्टीका केही दिन पंक्तिकारमा नेपाली गीत मात्रै सुन्ने सुर चल्यो। त्यही क्रममा महसुस भयो, नेपाली संगीतको सुर त परिवर्तन भइसकेछ। आंशिक होइन, पूरै। यस्तो हुनुका अनेक कारण हुन सक्छन्। सर्जकहरु घरभित्रै बस्नु परेपछि सिर्जनामा नयाँपन दिन र मेहनत गर्न लालायित भएका हुन सक्छन्।

फिल्म क्षेत्र ठप्पै भएकाले फिल्मको ‘झुर’ गीत पनि प्रमोसनमा पैसा खर्चेर हिट नबनाउँदा साना लगानीका राम्रा गीत माथि उठेका हुन सक्छन्। जे भएपनि संगीत क्षेत्रमा परिवर्तन भएको छ। कर्णप्रिय गीत र दर्शनीय म्युजिक भिडियो कोरोनाकालले नेपाली संगीतलाई दिएको छ। 

कोरोनाकालपपछि रिलिज भएका र दसैं बिदामा आफूले सुनेकामध्ये केही गीतहरुमाथि समग्रमा दृष्टिगोचर गर्न गइरहेको छु। ती केही आमदर्शकमाझ नै हिट भएकाहरु छन्। केही हिट हुन नसकेका पनि त्यसका हकदार छन्। त्यसरी हेर्दा देखिएका केही हाइलाइट्सहरु यहाँ प्रस्तुत गर्दैछु। 

गीत सुनेपछि आफूलाई महसुस भएका कुरा प्रस्तुत गर्नुअघि मलाई मन परेका गीतको सूची नत्थी गर्न चाहन्छु। ती हुन्, 'डर छैन', 'नलाएको मायाले', 'तेल तुर्काउ तुरुक्क', 'के माया लाग्छ र', 'लज्जावती झार, 'म हाँसे हास्छौ र', 'पानी पधेंरो', 'माया मारेर', 'मुना', 'नबोली नबोली', 'रुमालै चिनो धोई–धोई', 'जात', 'छोटो छ जिन्दगी' आदि। 

हिटका हकदार तर हुन बाँकी
दसैंमा मैले सुनेकामध्ये हिटका हकदार तर अपेक्षित हिट हुन नसकेका केही गीतबाट सुरु गर्छु। हिटको तुलो मानिने युट्युबको ढकमा तौलिदा हलुका परेका ती गीत मलाई बलशाली लागेका छन्। अहिले चलेका गीतले युट्युबमा करोड भ्युज बटुल्न थालेका छन्। त्यसैले यो तुलोमा २० लाख भन्दा तल नै दर्शक रहेका गीत कमजोर ठहरिन सक्छन्। तिनैमध्येको एक हो, ‘डर छैन'। यो गीतको शब्द, गायकी र म्युजिक भिडियो निकै मन परेको हो। सन्तोष लामाको गायकी मीठो मात्रै छैन, सर्जक नारायण कँडेलका शब्दले बोल्ने पीडाअनुसारको आवाज छ। 

अर्को धेरैले नसुनेको तर मन छोएको गीत हो, ‘तेल तुर्काउ तुरुक्क’। याम थापामगरको शब्द र संगीत रहेको यो गीत भन्दा पनि कुनै एउटा परिवारको संवाद जस्तो लाग्छ। यसैले हो मन छोएको। यसले दिने सन्देशलाई चाहिँ ‘इग्नोर’ गर्नु उपयुक्त हुनसक्छ। म्युजिक भिडियोमा प्रकाश भट्टको अवधारणामा लक्ष्मी बर्देवा र जीवन भट्टराईको जोडी खरो उत्रेको छ। विष्णु माझीको आवाजको सामु आकाश महतको स्वर चाहिँ केही फिका महसुस हुन्छ। 

Ncell 2
Ncell 2

छेवाङ ‘जात’ नामक अर्को गीत छ। युट्युबमा पनि ठिकठिकैले हेरेको यो गीतको भाव प्रेममा जातको तगारो भएको कुरा छ। जुन नयाँ कुरा होइन। अत्यधिक गिजोलिएको यो थिममा संगीतको सुमधुरता र गायकी चाहिँ सुनिरहौं लाग्ने खालको छ। 

युट्युबमा २० लाखले पनि नहेरेको तर मलाई २० पल्टभन्दा बढी सुन्न मन लागेको अर्को गीत छ, ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’। गायिका मेलिना मैनालीको स्वर पहिलोपल्ट सुनिएको हो। तर, पहिलोपल्ट नै उनको स्वरले मोहनी लगायो। नारायण नेपालका शब्द, प्रभु पाण्डेको स्वर र संगीत पनि कमजोर छैनन्। 

स्वरमा प्राकृतिक सुमधुरता
कति गीतको शब्द, संगीत, त्यसले दिने सन्देश र म्युजिक भिडियोमा खाशै ध्यान गएन। तर, ती गीत गाउने गायक/गायिकाको स्वभाविक स्वरले मोहनी लगायो। ती गीतहरु हुन् एलिना चौहान र भीम विष्टको ‘पानी पधेंरो’। यसैगरी समीक्षा अधिकारी र नरेश खातीको ‘माया मारेर’। महेश काफ्ले र अस्मिता अधिकारीको ‘लज्जावती झार’मा पनि खास केही नभएपनि गायनमा देखिएको स्वभाविकताले छुन्छ। 

‘नबोली, नबोली’ अर्को त्यस्तो गीत हो, जुन सुन्नकै लागि निर्माण भएको जस्तो लाग्छ। गायक प्रविण बेदुवाल  र गायिकाले आफ्नो वास्तविक आवाज पस्केका छन्। मेलोडी संगीतमा रुचाइएको संगीतकार अर्जुन पोखरेलका शब्द पनि मखमली छन्। 

राज खम्बु र सुजाता वर्माको स्वरमा रहेको ‘मुना’ पनि सुन्दा आनन्द आउने खालको गीत रहेछ। ‘कमेडी’ थिममा बनाइएको गीत सुन्दा फरक स्वाद प्राप्त हुन्छ। 

सुरमा म्युजिक भिडियाको सुगन्ध
गीत सुन्दा पनि मज्जा लाग्ने तर म्युजिक भिडियो हेर्दा झन् मज्जा आउने केही गीत छन्। तीमध्ये पहिलो हो, सत्यराज आचार्यको स्वरमा रहेको ‘नलगाएको मायाले।’ दीपक शर्मा संगीतमा हिट छन् तर उनले सबैभन्दा धेरै मेहनत यसमा गरेको महसुस हुन्छ। सुविदा गुरागाइँको भावुक गीतमा सत्यराजको माझिएको स्वरले सुनमा सुगन्ध थपेको छ। तर, त्यो सुरमा पनि म्युजिक भिडियोले सुगन्ध थपेको छ।  गीत सुनेर म्युजिक भिडियो हेर्न पुगेको व्यक्ति दोहोर्‍याइ तेहेर्‍याइ हेर्ने बनाउँछ। खाशमा निर्देशक निकेश खड्काको कथा र त्यसका प्लटहरुमा देखिएका सुक्ष्म संवेदना तान्छन्। लक्ष्मी र सत्यराजको अभियनले एकछिन त्यहीँ अड्काउँछ। 

अर्को गायनअनुसारको म्युजिक भिडियो प्राप्त गर्ने गीत हो, ‘के माया लाग्छ र?’ यसमा सबैभन्दा मन पर्नेे पक्ष संगीत हो। हर्क साउदको फरक शैलीका शब्दमा अंकितबाबु अधिकारीले गीतलाई सुरिलो बनाउन खोजेनन्, स्वभाविक बनाउन खोजे। निशान भट्टराई एलिना चौहानले मीठो होइन, रमाइलो गाइदिए। गीतलाई पूर्ण बनाइदियो फेरि म्युजिक भिडियोले। नवीन चौहानले गीतलाई बुझिदिए। निर्देशक चौहानको अवधारणलाई मुकुन भुषाल र सुरविना कार्कीले बुझिदिए। त्यसपछि त यो एक पूर्ण मनोरञ्जक प्याकेज बनेको छ। 

गीतलाई म्युजिक भिडियोले अझ बलशाली बनाएको महसुस भएको अर्को गीत हो, ‘रुमालै चिनो धोई–धोई।’ महेन्द्र रञ्जन बराल र अस्मिता अधिकारीको कर्णयप्रिय स्वरमा रहेको गीत शब्द संगीत गिनेचुनेका संगीतकार हरि लम्सालको छ। यो गीत यत्तिकै सुन्दा पनि मीठो छ। म्युजिक भिडियो हेर्‍यो भने अझै एउटा पूरा गीति कथा महसुस हुन्छ। लक्ष्मी बर्देवा र जीवन भट्टराईको जोडीले आफैंले आफैंलाई निर्देशन गरेको यो गीतलाई जुन ‘सेटिङ’ प्रयोग भयो, त्यसले गीतलाई महशुस गराउँछ।

भिडियोले गीतको प्राण भरेको अर्को गीत चाहिँ ‘म हासे हास्छौ र?’ हो। त्यसको सबैभन्दा प्रिय लागेको कुरा चाहिँ देवेन्द्र बब्लुको नयाँ प्रयोग हो। किशोरावयका युवायुवतीको संवादलाई गीतको रूप दिइएको छ। त्यो संवादमा सुरिलो स्वर भर्ने कोसिस गरिएको छैन। महिला स्वर मेलिना राईको अघि बब्लुको पुरुष आवाज केही खस्रो लाग्न त सक्छ तर त्यसैमा यसको असली स्वाद भेटिन्छ। म्युजिक भिडियोमा अनेकथोक केही गर्न खोजिएको छैन। दुई प्रेमजोडीको बाटो संवादका रुपमा प्रस्तुत गरिएको छ। त्यसले यो गीतलाई रमाइलो हुन दिएको छ। 

लकडाउनपछि सार्वजनिक धेरै गीत श्रवणीय लाग्छन्। गीतमा मेलोडीको भरपुर प्रयोग गर्ने नेपाली संगीत संस्कृतिको पुनरावृत्ति भएको छ। पश्चिमा शैलीबाट प्रभावित नयाँ पुस्ता त्यसबाट उम्केर आफ्नैपन नजिक पुगेको छ। यो क्रममा सुनेका र मन परेका गीतहरुका सर्जक, गायक र गायिका नयाँ पुस्ताका कलाकार नै धेरै छन्। यो नेपाली संगीतका लागि ठूलो खुशीको खबर पनि हुन सक्छ। किनभने नेपाली शैलीका गीतमा नयाँपुस्ताको आगमनले स्रोता पनि नयाँ पुस्ताकै तान्नेछ। यही पथमा अघि बढिरह्यो भने नेपाली संगीतका लागि कोरोनाकाल अवसर पनि बन्न सक्छ। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
ताजा समाचारसबै
एमालेको चुनावी परिणाम : यस्तो बन्यो पदाधिकारी टिम बिहीबार, पुस ३, २०८२
पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी बिहीबार, पुस ३, २०८२
एमाले अध्यक्षमा ओलीको ह्याट्रिक बिहीबार, पुस ३, २०८२
एमाले महासचिवमा शंकर पोख्रेल विजयी बिहीबार, पुस ३, २०८२
एमाले अध्यक्षमा ओली विजयी बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने बुधबार, पुस २, २०८२
राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्