एजेन्सी–बलिउड गायिका नेहा कक्कड र रोहनप्रीत सिंह विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले २४ अक्टुबरमा बिहे गरेका हुन्।
रोहनप्रीतसँग विवाह बन्धनमा बाँधिएपछि नेहाले इन्स्टाग्राममा फोटो राख्दै खुसी व्यक्त गरेकी छन्। ‘तिमीलाई थाहा छ नेहार्ट, तिम्रो नेहु सबैभन्दा खुसी दुलही हो र यो सबै मिस्टर सिंहको कारणले हो, धन्यवाद भगवान,’ नेहाले भावुक हुँदै लेखेकी छन्। उनले रोहनप्रितसँग भेट गराएको भन्दै भगवानलाई धन्यवाद भनेकी छन्।
उनले इन्स्टामा विवाह कार्यक्रमका फोटोहरु पोष्ट गरेकी छन् । केही अघि नेहाले आफ्नो हल्दी समारोहका केही तस्बिर शेयर गरेलगत्तै भाइरल भएका थिए। नेहाले शेयर गरेका विवाहका तस्बिर अहिले भाइरल भइरहेका छन् । तस्बिरमा दुवै जना सुन्दर र खुसी देखिएका छन्।
नेहाले विवाहमा विभिन्न थरिका पोशाक लगाएका तस्बिर शेयर गरेकी छन्।
दुवैको विवाह २४ अक्टुबरमा भएको थियो । उनीहरुको रिसेप्सन २६ अक्टुबरमा भएको थियो। रिसेप्सन पंजाबको मोहालीको द अमलतासमा आयोजना भएको थियो ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।