• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पत्र-निबन्ध : प्रिती, भोक जरुरी छ !

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २१, २०७५  ००:५५
1140x725

यो चाउचाउको विज्ञापन होइन, यो त चाउचाउ जस्तै मान्छेका निम्ति अनुरोध, अझै भनूँ न, जानकारी हो- 'हो, भोक जरुरी छ।'

चाउचाउ जस्तै ऊ बीस रुपैयाँमा बिक्छे- यस्तो भन्न खोजेको होइन मैले। ऊ त बहुत महँगो छे, र त ऊ बिकिन। ऊ कहिल्यै बिकिन, सायद यसैले ऊ महँगो छे।

ह्या! भैगो। छाडिदिऊँ। हामी सस्ता कुरा गर्नेलाई महँगो शब्द पनि भारी गह्रौं लाग्छ।

कुरा यस्तो रहेछ,
बाटो बिराएकाहरू बाटोमै भेटिन्छन् रे। जिन्दगीमा कति धेरै मान्छे भेटिए। बाटोमा कति धेरै मान्छे भेटिए। के ती सबैले बाटो बिराएका होलान् त? कोही-कोही मान्छे भेटिएको धेरै पछि थाहा हुन्छ, बाटो बिराएरै आएको रहेछ भनेर। एक समय मैले बाटो बिराएँ, तर हरायो अर्को। सायद हराउनुपर्ने म थिएँ। तर, ऊ हराइदियो मबाट। आखिर मबाट म नहराउँदो रहेछ। म जहाँ पुग्थेँ, त्यहीँ टुप्लुक्क पुगिदिन्थ्यो म। म खिस्रिक्क पर्थें, ऊ मुसुक्क हाँस्थ्यो। बिस्तारै मसँग मेरो औधि प्रेम भयो। म मसँग राम्रै खुसी छु आजकल। 

दिलबाट हराएकाहरू पनि खोजिहेरे/छामिहेरे यतै कतै कुनामा अमिलो अवस्थामा भेटिन्छन् होला है!

फेरि बाटो नबिराएका पनि त भेटिन्छन् बाटोमै। यात्रामा निस्केका सबै बाटोमै भेटिन्छन्। जिन्दगी पनि एउटा यात्रा हो रे! भैटोपलोस् त नि। 

कस्तो दुर्भाग्यवस एउटा सौभाग्य भैदियो भने नि! तिमी पनि यतै कतै यसै अनायासै भेटियौ, म पनि यतै कतै अनायासै भेटिएँ। 

हामी यसरी भेटिएनौं, जसरी दुई नदी दगुर्दै-दगुर्दै आएर भेट हुन्छन् संगममा। 
हामी यसरी भेटिएनौं, जसरी हावाले धकेलेर ल्याएका झुप्पाझुप्पा बादल भेट हुन्छन् बर्सिनका लागि।
हामी यसरी भेट भएनौं, जसरी साँझमा छोटो समय दिन र रातको भेट हुन्छ। 
शहर पस्नका निमित्त घर मालिकले गाउँको पुरानो घरको मूलढोका लगाउँदै दुई पाखा जसरी आपसमा भेटिए, हामी यसरी पनि त भेटिएका हैनौं नि!

Ncell 2
Ncell 2
nimb
nimb

हामी त यसै अनायासै भेटियौं।

म त ढुंगा खोज्दै हिँडेथेँ,
ढुंगै भेटियो, ठीकै भयो।

तर !
तर, यस्तो पनि होइन। मैले केही खोजेकै थिएन।
कतै अनमोल वस्तु भेटिन्छन्। कतै वस्तु भेटिएर अनमोल हुन्छन्। खै! तिमी के पो भयौ।

म तिमीलाई केही कुरा सुनाऊँ? तर, म तिमीले सुनाऊ भन्नुभन्दा पहिले नै सुनाउँछु।

Xtrem

Xtrem

***

लौ सुन म भन्छु मेरो राम कहानी-

प्रिती नामकी कुनै युवतीसँग मेरो ठिक्कको उठबस थियो। टाढा नभए पनि खासै नजिक थिइनँ म उसको। तर, मलाई थाहा थियो, उसले खाना नखाएको केही आयु भैसकेको छ। उसको कसैसँग प्रिती थियो। मैले भूतकालिक क्रिया प्रयोग गरेर जनाइसकेको छु कि प्रिती थियो। र अब रहेन। अनि उसले खाना खान छाडी। केही पटक 'खाना खाऊ' भनेर कर पनि गरेँ मैले। उसले खान्छु पनि भनी, तर खाइन। 

कुनै दिन भनी- 'भोकै लाग्दैन त म के गरुँ? भोक लागेको समय त खाना खाने घन्टी पनि स्वादिष्ट बज्छ। तर, मलाई भोक नै लागेको छैन। सत्य! म अघाइसकेँ।' 

मैले एकछिन केही सोचेँ र उसलाई सम्बोधन गर्दै भनेँ- 'प्रिती! भोक जरुरी छ।'

हुन त पहिले यस्तो पनि थियो - भोक लागेमा प्रिती खा‌ऊँ। प्रितीको प्रेमी अल्लि अघिल्लो आयुको हुँदो हो। उसलाई त्यही मन पर्‍यो- भोक लागे प्रिती खाऊँ। अनि उसले केही काल बाँचेको प्रिती खाइदियो। अनि प्रिती भोकै बसी। पीर ती खाइदिने कसम पनि खाएको हुँदो हो उसले। आखिर खाने आदत लागेकाले खाने नै भैहाल्यो।

अस्ति त्यो, हिजो ऊ, आज आफैंलाई बिर्सिएछु,
अब बाँकी तिमी छौ, बिर्सिने सम्भावना पनि छ।

***

हाम्रा हरेक धार्मिक ग्रन्थ पढ्नका निम्ति एउटा छुट्टै योग्यता चाहिन्छ। भनौं न, हरेक ग्रन्थ पढ्नका लागि योग्यता निर्धारण गरिएको हुन्छ। अधिकारी भनिन्छ क्यारे त्यस योग्यतालाई। तर, गीता यस्तो ग्रन्थ जसलाई पढ्नका लागि केवल भोक हुनुपर्ने नियम छ। उत्सुकता हुनुपर्ने रहेछ। हर कुनै व्यक्तिले गीता पढ्न सक्छ। जुन धर्मको भए पनि हुन्छ। जुन जातको भए पनि हुन्छ। मात्र उसमा जान्ने उत्सुकता हुनुपर्योज। केवल उसमा जान्ने उत्सुकता हुनुपर्यो । हो, भोक जरुरी छ।

भोकको परिधि अनन्त छ। भोकका प्रकार अनेक छन्। भोक सामान्य कुराले पनि पैदा गर्दो रहेछ। भान्सामा र्‍याकबाट बिरालोले पन्यू खसाल्दा निस्केको आवाजले पनि भोक पैदा गर्छ। कोही मान्छे बाटोमा हिँडिरहेको थियो, उसले अकस्मात शौचालय देख्यो। सँगसँगै उसले थाहा पायो कि उसलाई पिसाबले खुब च्यापेको छ। एउटा भोक यस्तो हुन्छ। उसले शौचालय नदेखेको भए कहाँसम्म पुग्दा उसलाई पिसाबले च्याप्दैनथ्यो भन्ने कुनै रेखा छैन। ऊ कोसौं टाढासम्म यत्तिकै हिँड्नसक्थ्यो। मैले धेरै पटक महसुस गरेको छु कि साथीले 'पिसाब गर्न जाम्' भनेपछि मलाई पिसाबले च्यापिरहेको कुरा। उसले भन्दैनथ्यो भने कति समयसम्म मलाई पिसाबले च्याप्दैनथ्यो भन्ने कुरा यकिन छैन। 

मान्छेमा भोक अनादिदेखि रहिआएको छ। भोकको अन्तिम बिन्दु मोक्ष नै होला सायद। त्यसभन्दा अगाडि भोक अन्त्य हुन्छ जस्तो मलाई लाग्दैन। हरेक मान्छेसँग फरक-फरक किसिमको भोक छ। फरक-फरक सम्भावनाका भोक छन्,फरक-फरक भावनाका भोक छन्। भोक ऋतु हो। यो वसन्त बनेर देखा पर्न पनि सक्छ, शिशिर बनेर देखा पर्न पनि सक्छ। यो सारा संसार भोकको देन हो। ईश्वर पनि भोकको देन हो। ईश्वरलाई संसार बनाउने भोक जाग्यो। कुमालेले घैंटो बनाए जस्तो उसले संसार बनायो। हाम्रो ईश्वर नै भोक हो।

बुद्धलाई भोक जाग्यो। उनले दरबार छाडेर हिँडे। राज्य छाडेर हिडे। इन्टोनीलाई भोक जाग्यो। उसले पनि राज्य त्याग्यो। तर, यी दुईको भोकमा बहुत भिन्नता छ। तर, दुई जनालाई लागेको भोक नै हो। हिटरलरको भोक छ एउटा। जुन भोकको परिभाषा फरक छ। त्यो भोकको बारेमा पनि विभिन्न दर्शन छन्। मेरो भोक छ, तिम्रो भोक छ तपाईँको भोक छ, उसको भोक छ, उहाँको भोक छ। व्यक्ति क्रमशः म, तिमी, तपाईं, ऊ, उनी, उहाँ भएर गए पनि भोक केवल भोक र मात्रै भोकमा सीमित छ।

प्रेम पनि एउटा भोक हो। जो हर कोहीलाई जरुरी छ। यसमा एउटा दु:खद पक्ष छ। जब तिमी आफूले माया गरेको मान्छेलाई सम्झिन्छौ नि तब 'प्रेम पनि एउटा भोक हो, जो हर कोहीलाई जरुरी छ' भन्ने वाक्य खुब मन पर्छ। तर, माया नगर्ने मान्छे सम्झेर यही वाक्य पढ। एक वाहियात कुरा लाग्छ। सबै मान्छेलाई हेरेर एउटा वाक्य बनेको हुँदैन क्यारे। 

भैगो छfडिदिऊँ, फेरि घृणा पनि त एक भोक हो।

म आफैं अचम्म पर्छु। एउटा चाउचाउको विज्ञापन यस्तो उधुम कुराले गरिन्छ। कस्तो दार्शनिक कुरा छ। हुन त जे देखिन्छ, त्यो दर्शन हो। कुनै चिज देखेपछि त्यसप्रति उब्जिएको आवेग नै दार्शनिकता हो। जाबो चाउचाउको कुरा गरेर दिन काट्छ भन्छन् मान्छेले। मलाई त्यो चाउचाउको विज्ञापनले कति दिन निद खोसेको छ। ठीक छ, भोक जरुरी छ। सबैलाई थाहा छ नि। त्यहाँ त अझ थप कुरा छ। प्रिती! भोक जरुरी छ। हरेकलाई प्रेमको भोक जरुरी छ रे। जाबो चाउचाउकै नाम राख्नु न थ्यो। एउटी कुनै राम्री तरुनीको नाम राखेको भए भैहाल्थ्यो। प्रिती नै किन राख्नुपरेको?

***

हामी नारायणी किनारमा हिँडिरहदा छेउनिर उभिएका वृद्धलाई नि आफ्नो भोक व्यर्थ लागेको होला कि झैं लाग्छ मलाई। हामी कुनै चटपट पानीपुरी निकेतनको प्रांगणमा एक टेबुललाई सुरक्षा दिन चारैतिर उभिए जस्ता कुर्सीमा आफूलाई राख्छौं। यसै अनायासै सय दुई सय खर्चिन्छौं। तर, माग्न आइरहेका स-साना केटाकेटीलाई पाँच रुपैयाँ दिदैनौं। उनीहरूलाई खाली हात फर्काउन सकेकोमा आफूलाई आफैंले धाप मार्छौं। हामीले यसै पनि बुझ्नुपर्ने उनीहरूको पनि पेट छ हाम्रो जस्तै। हाम्रो जस्तै राम्रो लुगा नभए पनि उनीहरूको च्यातिएको लुगामा पनि एउटा नच्यातिएको खल्ती छ। उनीहरूले पनि खाना पाउनुपर्छ। किनकि भोक जरुरी छ।

एकदिन यस्तो पनि भयो, जुन दिन जरुरी चिज भोक मसँग थिएन। त्यही दिन तिमीले ब्ल्याक फरेस्ट र सेतो फरेस्ट एउटै खोलभित्र कस्तो मिठाइलो तरिकाले प्याक गरिएको अवस्थामा लिएर आइपुग्यौ। लाग्यो, त्यो ब्ल्याक फरेस्ट म हुँ र अर्को तिमी। अब तिमी र म मिलेर हामीलाई खानुपर्नेछ। लगत्तै एउटा सानी फुच्ची माग्ने आएर पैसा माग्न थाली। तिमीले 'छैन' भन्यौ। उसले केक खान्छु भनी। तिमीले होइन भन्यौ। उसले प्रमाणसहित केक प्रमाणित गरी 'चमच छ, त्यो केक नै हो। अन्तिममा तिमीलाई नदिई सुख भएन। अघि नै खाम् त भन्या हो नि' भन्दै मेरो अनुहारमा हेरेर सेतो केकबाट केही भाग उसलाई दियौ। आखिर सेतो केक नै दिनुपर्ने केही थियो र? कालो केक पनि त थियो त्यहाँ।

***

नारायणी किनारबाट अबेर फर्कँदा बाक्लो अँध्यारो रातमा दिनेश र म हिँड्दै देवघाट जाने कुरामा सहमत भयौं। अझ मैले उसलाई सहमत गराएँ भनूँ न। उसको छाती दुखिरहेको थियो। कता स्कुटरबाट लड्न पुगेको रे। अँ, हामी जंगलको बाटो हिँडेर मध्य जंगलमा आइपुगेका थियौं। दिनेश कसैसँग फोनमा व्यस्त छ। सीधा बाटोमा विपरीत टाढाबाट आइरहेको मोटरसाइकलको प्रकाशले बीच बाटोमा सुतिरहेको बाघलाई उज्यालो तुल्याउँछ। मोटरसाइकल केही दूरीमा आएर रोकिन्छ। धेरै समय हर्न बजाएपछि बाघले बाटो छाडिदिन्छ। यो दृश्य मैले मात्रै देखिरहेको छु। दिनेश फोनमै व्यस्त छ।

मलाई जसरी पनि देवघाट पुग्नु नै छ। म दिनेशलाई यो कुरा नबताईकन बाटो काट्ने योजना बुन्छु। तर, उताबाट आइरहेको मोटरसाइकलले हामीलाई रोकेर बाघ भएको कुरा सुनाउँछ। दिनेश धेरै पछाडि धकेलिन्छ डरले। ऊ पूरा कुरा नसुन्दै फर्किसक्छ। मलाई नि बाक्लो डर लागेर आउँछ। एक सासमा हामी आँपटारी फर्कन्छौं। म कोठामा आइपुगेपछि सोच्छु- हामीमा बाँच्ने भोक कति रहेछ? दिनेशको छाती दुखिरहेको थियो। मभन्दा अघिअघि ऊ भागिरहेको थियो। खुट्टाको घाउ कुकुरले नलखेट्दासम्म दुख्दो रहेछ। हाम्रो घाउको असर कहाँसम्म रहेछ आखिर? हाम्रो दु:खको आयु मुत्युले नलखेट्दासम्म रहेछ।

***

एक समय बितेर गयो, जुन समयमा मैले भर्खर मोबाइल किनेको थिएँ। कसैको मोबाइल भेटेँ कि आफ्नोमा फोन गरिहाल्थेँ। दिनदिन फेरी-फेरी नयाँ-नयाँ रिङटोन राख्थेँ। त्यही टोन अरुलाई सुनाउँथेँ। अर्को लामो कालखण्ड पनि पोखिएर गयो, जुन कालखण्डमा मैले पूरा समय मोबाइललाई मौन गतिमा राखेँ र आफूले हल्ला गर्दै हिँडेँ। अहिले एउटा समय लामकिरो जस्तो चिप्लिरहेको छ, जुन समयमा मोबाइलले धेरै समय आफूलाई स्विच अफ राख्न रुचाउँछ।

यी भिन्दाभिन्दै आयुका स्वादिष्ट भोकहरू हुन्। यही कारणले धेरै पटक गाली खाएको छु। आखिर भोक थियो र त खाएँ। चुरोटको अन्तिम-अन्तिम सर्को जस्तो झन्-झन् मीठो हुँदै गइरहेको जीवन र पहिलो सर्कोमै खोक्न पुगेको जीवनको गति एकनास भएर नबग्ने हो कि झैं लाग्छ, एउटा भोकको समानान्तर रेखामा उभिएर हेर्दा।

***

ओ! सुन्दा-सुन्दा तिमीलाई भोक लाग्यो होला है! लाग्न देऊ। उसको इच्छाको कुरा हो त्यो।

भनुँ भने आज तिम्रो जन्मदिन। शुभकामना दिने कति ठूलो भोक छ मभित्र। बुभुक्षित किं नकरोति पापम्? यो भोक यसै मेटिँदैन। र फेरि मलाई पाप गर्ने कुनै भोक छैन। फेरि पनि कस्तो मीठो भोक छ। आखिर भन्छन् नै- भोजनभन्दा भोक मीठो। कस्तो स्वादिष्ट भोक। शुभकामना त दिनु नै छ। तिमीलाई भोक लागोस् लागिरहोस्, जन्मदिनको एक भूगोल शुभकामना, एक तारामण्डल शुभकामना! जानकारी पनि दिऊँ न- प्रिती, भोक जरुरी छ। पिरतीको भोक जरुरी छ।

दैनिकी सुझाव-

बेवास्ता भन्ने कुरा कस्तो अप्ठ्यारो गरेर दुख्छ। हर कोही मान्छे धेरै कुरालाई बेवास्ता गर्न सक्छ। तर, कसैको बेवास्तालाई बेवास्ता गर्न नसक्दो रहेछ। बेवास्तालाई पनि बेवास्ता गर्न सक्ने व्यवस्था भैदिए कस्तो जाती हुन्थ्यो। म तिनीहरूको बहुत वास्ता गर्छु, जो मलाई बेवास्ता गर्छन्। वास्ता यस्तो कुरा हो जसलाई अर्काको बेवास्ताले कत्ति पनि फरक पार्दैन। र पनि बेवास्ता हृदयको घाउ हो, वास्ता गरे दुख्छ, नगरे झन् दुख्छ।

मलाई थाहा छ- भोक ऋतु हो। यो फेरिँदैन। कहिले वसन्त बनेर देखा पर्छ त, कहिले शिशिर बनेर। जे बने पनि आखिर त्यो ऋतु नै हो।

र यस्तो समय नआओस् कि मेरो कारणले तिम्रो भोक हराइजाओस्। यस्तो समय नआओस् कि मेरो कारणले तिम्रो हाँसोले बाटो बिराओस्। यस्तो समय देखा नपरोस् कि मेरो कारणले परेलीछेउ भत्किजाओस्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  ००:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्