• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

[कथा] दसैं र देवकी काकी

64x64
दुर्गा दुलाल सोमबार, कात्तिक १०, २०७७  १२:०५
1140x725

[कथा] दसैं र देवकी काकी

दुर्गा दुलाल । १० गते दिउँसो ३ बजे

यादको कुनै तालिका हुँदैन। चाहेर या नचाहेर यादहरु बल्झिइरहन्छन्। कुनै यादले ओठमा मुस्कान उमार्छ,कुनैले गह भरिदिँदो रहेछ।

देवकी काकी यादको भेलमा यसरी नै बहँदैबहँदै आइरहेकी छन्, विगत तीन वर्षदेखि। 

दसैंतिहार र अघिपछि केही फरक हुँदैन उनको दैनिकीमा।उही घरव्यवहार र व्यस्तता। न कसैको आस छ न कसैको भरोसा। घरखेती अनि तीन छोरीको स्याहार।दैनिकी यसैमा बितिरहेछ। तर दसैंमा भने उनको मन एक तमासको भारी भएर आउँछ। तीन वर्षअघिसम्पर्कविहीन पतिको यादले छिमेकमा भएको रमझम र उत्साह सेलाएर आइदिन्छ। उनी एकाएक विरक्तिन्छिन्।


न लुकाउन सक्छिन् न त छाती खोलेरै देखाउन नै सक्छिन्।आफ्नो पीडामा पटकपटक पिल्लिसएकी छन् उनी। अघिल्लो दसैंमा उनलाई पति टुप्लुक्क आउँछन् भन्ने आस थियो। परार पनि थियो। तर यो वर्ष उनलाई त्यो आसछैन। धन कमाउन भनि परदेशिएको निठुरी पतिले उनको खोजीनीति नगरेपछि उनीमात्र कसरी सम्झना गर्न सकून्।

कान्छी छोरी तीन महिनाको हुँदादेखि उनले पतिसुख गुमाइन। घर गृहस्थी चलाउन पैसा कमाउन सल्लाहले नै लाहुर गएका पतिदेवनारायण आजसम्म बेपत्ता छन्। उनीसँगै गएकाहरुले लाखका बिटा बोकेर घर फर्के। नयाँ घर बनाए। भैंसी किने। रमाएर घर गृहस्थी चलाए। तर देवनारायणले एक कल फोनसमेत गरेनन्। उनले ती पतिका साथीहरुलाई सोधीखोजी नगरेकी पनि होइनन् तर त्यहाँबाट उनले आशालाग्दो जवाफ पाइनन्। सँगै काम गर्ने क्याम्पबाट छुटेर अन्तै बसेको भन्ने जवाफपछि उनले दोहोर्‍याएर त्यस विषयमा चासो राखिनन्।

बाबुको घर छोडेर सात जुनीसम्म सँगै बाँच्ने कसम खुवाएपछि सिन्दुर लगाएर ल्याएको उनैको कुनै वास्ता नभएपछि आफूमात्र चासो राख्नेहरु बेलाबेला देवकी काकीलाई यस्तै लाग्ने गरेको छ। तर चाडपर्व आउँदा मन कुँडिलो रहेछ। फेरि यसपाला पनि उनको मन नमिठोगरी कुँडिएको छ। पर्व आउँदा र टोल छिमेकका रमझम हुन्छ। घर चिरिच्याट्ट पारेर सिँगारिएका हुन्छन्। तर देवकी काकीलाई दसैंले खुसी लिएर आउँदैन। उही पर्खाइ। उस्तै पीडा। नटुंगिने अभावको सिलसिला। 

Ncell 2
Ncell 2
nimb
nimb

साना नानीहरू र एक्ली आइमाईलाई समाजले हेला गर्दा उनलाई धेरै पटक जीवन त्याग्ने मन नभएको होइन। तर छोरीहरूको मुख हेरेर जीवनदेखि हार खान सकिनन्।

यही कमजोरीलाई बाँच्ने हतियार बनाएकी देवकी काकी हरेक वर्ष नयाँ लुगा किन्न नसकेपछि दु:खजिलो गरेरै दसैं टार्दै आएकी छन्।

पोहोरको दसैंमा बद्रीले मासु किन्दा लगाएको वचन अझै गढिरहेको छ उनको मनमा। ‘लोग्ने छैन। कसरी कमाएर तिरौली खै देवकी काकी। नदिऊँ भने साना नानीहरुको माया लाग्छ।’ बद्रीको यो वचन हरेक दसैंमा बल्झिएर आउँछ।

आफू निर्धो र सहाराविहीन भएको अनुभूतिले उनको गह भरिन्छ। तर भित्रभित्रै लुकाउने प्रयत्न गर्छिन्। समाज र आफन्तले कसरी हेप्छन् भन्ने देवकी काकीले यही समाजबाट सिकेकी छन्। त्यो पनि भित्तामा टाँसिएको नमेटिने रङले पोतिएको चित्रझैं भएर। तर पनि उनले हिम्मत हारेकी छैनन्। आश त छ, पति फर्केर आउलान् कुनै दिन।

Xtrem

Xtrem

अझै मनमा उनको तस्बिर साँचेकी छन्। कुनै विपत्तिमा परेका हुन् कि भनी उनीप्रतिको प्रेम झनै उर्लिएर आउँछ। बाबा खोइु भनेर पटकपटक छोरीले प्रश्न गरिरहँदा उनी जवाफ दिन सक्दिनन्। छिट्टै आउने आश्वासन दिएर टारिदिन्छन्।

यो दसैंमा छोरीहरुले दिनहुँजसो यो प्रश्न दोहोर्याइरहेका छन्। पैसा कमाउन जानुभएको छ। एकदिन आउनुहुन्छ तिमेर्लाई नयाँ कपडा र खानेकुरा ल्याएर। देवकी काकी रेडिमेड जवाफ दिएर चुप लगाउँछिन्। तर मनको कुनै कुनामा पति आउने कुराले छोएको छैन।

गतवर्ष छिमेकीको वचनलाई ख्याल गर्दै यो वर्ष उनले आफैं खसी पालेकी छन्। उनको दु:खलाई हेरेर घरको बाख्राले पोहोरदुई वटा पाठा जन्मायो। एउटालाई उनले फूलपातीमै बेचेर छोरीहरुलाई नयाँ कपडा र घरायसी खर्चको जोहो गरेकी छन्। अर्को खसीले दसैं मनाउने योजना छ। मन खुसी भएर मनाउनु र देखावटी रमाइलो फरक हुँदो रहेछ। उनी मुटु थिचेर भए पनि छोरीहरुका लागि दसैं मान्न विवश छिन्।

सँगैका दौंतरीझैं पतिसँगै सजिएर माइतजान नपाए पनि यस पटक छोरीहरूलाई मामाघर लैजाने सोच बनाएकी छन् उनले। झन्डै चार वर्ष पुग्यो माइती नटेकेको।

माइतीघर छाडेर निस्कँदा भर्खर १४ टेकेर १५ वर्ष पुगेकी थिइन् उनी। साथीभाइ दौंतरीसँग विद्यालय जान नपाएपनि घाँस काट्न जाने र आमालाई चुलोचौकोमा सघाउने भएकी थिइनन्।

एकदिन उनलाई पनि दिदीलाई झैंमाग्नका लागि कुटुम्बहरु आए। उनलाई एक वचनपनि नसोधी बाबुले बिहेको कुरा छिनेका थिए। जिन्दगी सँगै बिताउने मान्छेलाई एक पटक राम्ररी नदेख्दै उनको बिहे पक्का भयो।

नामै नसुनेको अर्कै गाउँमा उनी हेर्दाहेर्दै बेहुली बनेर भित्रिइन्। अपरिचित परिवार, आफन्त र दुनियाँमाझ उनले आफूलाई अभ्यस्त गराउन बाध्य भइन्। त्यसलाई उनले आफ्नो भाग्यको लेखान्त सम्झेर दिनरात आँसु निकाल्दै काटिन्।

एकदुई दिन हुँदै तीन वर्ष पुग्यो। धन्न तीन छोरी साथमा छन्। बर्सेनि छोरी जन्माउँदा उनी कमजोर मात्र भइनन् शरीर पनि फिराउन सकिनन्।

एक–दुई दिन हुँदै उनले जन्मघर बिर्सिंदै पतिको घरलाई आफ्नो मानिन्। नयाँ संसारको सिर्जना गरिन्। थोरै खुसीहरुजोडेर उनले आफू र परिवारलाई सन्तुष्ट राख्ने चेष्टा गरिन्। तर यो तीन वर्षले ती सुखीहरू खोसेर लगिदियो। अभाव र वियोग एकातिर। तीन छोरीको अभिभावकत्व अर्कातिर। 

देवकी काकी जसोतसो दसैंलाई चाँडै बिदा गर्ने तरखरमा छिन्।किनकि हरेक वर्ष दसैं खल्लो बनेर आइदिन्छ। मन अमिलो बनाउँदै बिदा हुन्छ।

(नेपाल लाइभ अर्काइभबाट। यो कथा नेपाल लाइभमा पहिलोपटक २०७६ असोज १८ गते प्रकाशित भएको हो। )

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १२:०५
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्