• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एल क्लासिको : प्रतिष्ठाको खेलको प्रतीक्षा

64x64
ऋग्वेद शर्मा शुक्रबार, कात्तिक ७, २०७७  १२:२७
1140x725

काठमाडौं- फुटबलमा दुई क्लबको रोमाञ्चक भिडन्त ती क्लब कति नजिकका हुन् भन्ने आधारमा हुन्छन्। तर, रियल मड्रिड र बार्सिलोनाबीचको भिडन्तलाई छाडेर। रियल मड्रिड र बार्सिलोना परका सहर भए पनि भिडन्त एउटै सहरका दुई क्लबको भन्दा ज्यादा हुन्छ। 

रियल मड्रिड र बार्सिलोनाबीचको खेल विश्व फुटबलमा सर्वाधिक हेरिने खेल मानिन्छ। जहाँ विश्वभरका फुटबलप्रेमी जोडिन्छन्। त्यहाँ दर्शकबीचको राजनीतिक र भौगोलिक दुरीसमेत पसिदिन्छ। मड्रिडको केन्द्रीय शासन र क्याटालोनियाको स्वतन्त्रताको लडाइँ त्यहाँ छ।

यो सिजनको पहिलो एल क्लासिको शनिबार बेलुका पौने ८ बजे बार्सिलोनाको मैदानमा हुँदैछ। अहिले लिगमा बार्सिलोनाभन्दा एक खेल बढी खेलेको रियल मड्रिड तीन अंकले अघि छ। मड्रिडको पाँच खेलमा १० अंक छ भने बार्सिलोनाको चार खेलमा सात अंक छ। लिगमा यसअघिको खेलमा रियल मड्रिड र बार्सिलोना दुबै पराजित भएका थिए। 

विजेता क्लबको छबि बनाएका रियल मड्रिड र बार्सिलोना दुबैका लागि हार स्वीकार गर्न कठीन पर्छ। अझ रियल मड्रिड त ला लिगामा नवप्रवेशी काडिजसँगको हारपछि च्याम्पियन्स लिगमा शख्तर डोनेस्कसँग पराजित भइसकेको छ। यसैले लगातार तेस्रो हार नभोग्न मड्रिड टिमको प्रयास दुगुना हुनेछ। 

हुन पनि रियल मड्रिडले ३४ ला लिगा उपाधि जितिसकेको छ। बार्सिलोनाले २६ ला लिगा जितेको छ। कोपा डेल रे हेर्दा बार्सिलोनाले ३० उपाधि जितेको छ, रियल मड्रिडले १९ उपाधि जितेको छ। युरोपियन प्रतिस्पर्धा हेर्ने हो भने रियल मड्रिडले १३ च्याम्पियन्स लिग जितेको छ, बार्सिलोनाले पाँच पटक जितेको छ। सबैमा दुई टिम युरोपियन फुटबलका प्रमुख टिममध्ये हुन्। 

बार्सिलोना सन् १८९९ मा स्थापना भएको हो। रियल मड्रिड त्यसको तीन वर्षपछि १९०२ मा स्थापना भयो। त्यसबेलासम्म प्रतिस्पर्धाहरु स्थानीय सहरमा नै केन्द्रित थिए। १९०३ पछि कोपा डेल रे सुरु हुँदा स्पेनमा फुटबलले अलि व्यापकता पायो। १९२९ मा रियल मड्रिड र बार्सिलोनासमेत मिलाएर १० टिमबीच ला लिगा सुरु भएपछि त क्लब फुटबलको गति तीब्र भयो।

रियल मड्रिड र बार्सिलोनाबीच पहिलो पटक प्रतिस्पर्धा १९१६ को कोपा डेल रे सेमिफाइनलमा भएको थियो। जति बेला खेल चार लेगमा हुन्थे। जसमा एक खेल बार्सिलोनाले जित्यो, दुई खेल रियल मड्रिडले जितेको थियो भने एक खेल बराबरी भएको थियो। समग्रमा रियल मड्रिड लेजेन्ड सान्टियागो बर्नाबेउले आठ गोल गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई क्लबबीचको ला लिगा भेट १९२९ को फेब्रुअरी १७ मा भएको थियो। खेल रियल मड्रिडले २–१ ले जित्यो। दुई क्लबबीच युरोपियन प्रतिस्पर्धामा भेट १९५९–६० को युरोपियन कप सेमिफाइनलमा भयो। जहाँ समग्रमा रियल मड्रिड ६–२ ले विजयी भएको थियो। 

एक समय एल क्लासिको क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको प्रतिस्पर्धासँग जोडेर समेत खुब चर्चामा आयो। तर क्रिष्टियानो युभेन्टस लागेपछि पनि एल क्लासिकोको हल्ला कम भएको छैन। स्थापना कालदेखिकै मजबुत बनिरहेका क्लबहरु अहिले पनि विश्व फुटबलको केन्द्रमा नै देखिन्छन्।  

अहिले यो सबैमा विशेष ध्यान हुनेछ, लियोनल मेस्सीमाथि। जो शनिबार आफ्नो ४४औँ एल क्लासिको खेल्दैछन्। मेस्सीले १८ वर्षको उमेरमा एल क्लासिको डेब्यू गरेदेखि अहिलेसम्म धेरै कुरा फेरियो। सबैभन्दा बढी त उनको आफ्नै कीर्तिमानहरु। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २००७ को मार्च महिनामा क्याप नाउमा रियल मड्रिडविरुद्ध लियोनल मेस्सी पहिलो पटक धेरैको नजरमा परेका हुन्। उनको अन्तिम समयको गोलले बार्सिलोनाले आफ्नो पुरानो प्रतिस्पर्धीसँग बराबरी गरेको थियो। जहाँ मेस्सीले आफ्नो पहिलो एल क्लासिको ह्याट्रिक पनि पूरा गरेका थिए। 

त्यसको १४ वर्ष र २६ एल क्लासिको गोल र १६ एल क्लासिको असिस्टपछि अहिलेसम्म पनि खेलमा परिवर्तन गराउन सक्ने क्षमता उनै मेस्सीसँग नै छ। बार्सिलोना छाड्ने प्रयासपछि पनि यो सिजन क्लबमै रोकिएका मेस्सीका लागि सिजनको पहिलो एल क्लासिको धेरै प्रश्नहरुको जवाफ पनि हुन सक्नेछ। 

बार्सिलोना र रियल मड्रिडबीच अहिलेसम्म भएका प्रतिस्पर्धात्मक खेलको संख्या २ सय ४४ पुगेको छ। जसमा रियल मड्रिडले ९६ खेल जितेको छ भने बार्सिलोनाले पनि ९६ खेल नै जितेको छ। ५२ खेल बराबरी भएका छन्। एल क्लासिकोमा अहिलेसम्मका सबै खेलमा हेर्दा रियल मड्रिडले ४ सय ५ गोल गरेको छ भने बार्सिलोनाले ३ सय ९९ गोल गरेको छ। 

मैत्रीपूर्ण ३३ खेलहरुलाई हेर्ने हो भने बार्सिलोनाले १९ खेल जितेको छ भने रियल मड्रिडले ४ खेल जितेको छ, १० खेल बराबरी भएका छन्। जसमा बार्सिलोनाले ८३ गोल गरेको छ भने रियल मड्रिडले ४३ गोल गरेको छ। 

ला लिगामा रियल मड्रिड र बार्सिलोनाबीचको पछिल्लो आठ खेललाई हेर्ने हो भने रियल मड्रिडले एक खेल मात्र जितेको छ। त्यसमा तीन खेल बराबरी खेलेको रियल मड्रिडले चार खेल हारेको छ।

शनिबार हुने एल क्लासिको दर्शकबिनाको पहिलो एल क्लासिको हो। तर विश्वभर टेलिभिजनमार्फत दर्शकहरु जोडिने नै छन्। ला लिगाले एल क्लासिको खेल ६५० मिलियन दर्शकले हेर्ने अनुमान गरेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । शनिबार, कात्तिक ७, २०८३
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्