काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २९ मध्ये ६ जना अभियुक्तको बिहिबार जिल्ला अदालत मोरङमा बयान भएको छ। तस्करी समूहमा आबद्ध प्रमुख व्यक्तिहरुको बयान सकिएको हो।
अभियुक्तहरु टेकराज मल्ल, राजन कुमार, मदन प्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीको बयान सकिएको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए।
उनीहरु सुन तस्करका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’का निकट व्यक्तिहरु हुन्। शाक्य हत्यामा पनि उनीहरुको संलग्नता थियो।
थप अभियुक्तहरुको शुक्रबार बयान हुने जिल्ला अदालतले जनाएको छ। प्रहरीले तस्करीमा संलग्न ९ प्रहरीसहित ६३ जनाविरुद्ध बुधबार दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।