• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

काेराेना त्राससँगै महंगी र अभावले थिच्दा छोएन मजदूरलाई दसैंले

64x64
निर्मला घिमिरे बिहीबार, कात्तिक ६, २०७७  ११:३०
1140x725

काठमाडौं– दसैंले छपक्कै छोपिसकेको छ। कोरोना महामारीको त्रासबीच पनि हुने खानेहरुको चहलपहल बजारमा बढ्न थालेको छ। तर हुँदा खानेहरु त्रासँगै महंगी र अभावको चेपुवामा परेका छन्।

सामान्य अवस्थामा नै काम पाउन मुस्किल पर्ने श्रम बजारमा अहिले झनै कामको खडेरी परेको छ। काम नहुँदा दुई छाक टार्नै मुस्किल पर्नेहरुलाई दसैंको के हर्ष?

‘भारी बोकेर खान्छुभन्दा पनि काम पाइँदैन। अहिले त एकदमै गाह्रो छ। भारी बोकेर भात खान त सकेको छैन। दसैं त कसरी मनाउनु?’, कालिमाटी तरकारी बजारमा भेटिएका धनुषाका सुवास मगर भन्छन्।

उनले कालीमाटी तरकारी बजारमा गेटभित्रै एउटा भारी बोकेको २० रुपैयाँ पाउँछन्। गेट बाहिरसम्म भारी पुर्‍याउनु पर्‍यो भने ठाउँ हेरेर ३० देखि ५० रुपैयाँसम्म लिन्छन्। दिनभरी कुर्दा २ सय कमाउन पनि मुस्किल पर्छ।

एक छाक खान झण्डै २ सय खर्चिनुपर्छ। त्यसैले उनी कहिलेकाँही दिउँसो अबेला रोटी खान्छन् र दुई छाकको भोक टार्छन्। परिवार धनुषामै छ। दसैं मनाउन घर जानका लागि उनीसँग पैसा छैन।

‘दसैं त के हो कसो हो केही थाहा छैन । काम भइदिए पेट भरी खान सकिन्थ्यो,’ उनी सुनाउँछन् ।

नयाँ बसपार्क परिसरमा सरसफाइको काम गरेर गुजारा गर्दै आएकी रामेछापकी दुर्गा नेपालीलाई पनि यस वर्षको दसैं दसैंजस्तो लागेको छैन । 

Ncell 2
Ncell 2
nimb
nimb

‘तलब बढेको छैन। महंगी अघिल्लो वर्षभन्दा दोब्बर भइसक्यो। खै दसैं मनाउने कि छाक टार्ने,’ उनको दुखेसो छ।

दुर्गा दैनिक ८ घण्टा काममा खट्दा पारिश्रमिक भने सरकारले तोकेको न्यूनतम १३ हजार ४ सय ५० पाउँछिन्।

त्यो तलब आधाजति त गाडी भाडा र खाजामा सकिन्छ। स्वयम्भूदेखि कामका लागि बसपार्क पुग्ने उनको आउनेजाने बस भाडा दैनिक ५० रुपैयाँका दरले १५ सय तिर्नुपर्छ। सामान्य खाजा खाँदा पनि दैनिक १०० पर्छ। खाजामा ३ हजार र गाडीभाडा जोड्दा ४५ सय त उनको त्यसमै सकिन्छ। अब बाँकी रह्यो ८ हजार ९ सय ५०। त्यो रकमबाट मासिक ५ हजार कोठाभाडा बुझाउनुपर्छ। उनले महिनाभरी काम गरेको पैसाले आफ्नै पेट पनि ढुक्कले भर्न सक्ने अवस्था छैन।

एकातिर कम ज्यालादरमा काम गर्न बाध्य मजदुर त्यसमाथि लामो समयसम्म बेरोजगारी समस्याले थलिएका अधिकांशलाई उठ्न निकै मुस्किल परेको छ। त्यसमाथि यही बीचमा परेको दसैंले थप पिरोलेको छ।

‘सधैँ मनाउँदै आएको दसैं छोराछोरी रहर गर्छन्। दसैं मनाउने जमघट रमाइलो गर्ने बेला त छैन। तर घरै बसेर मीठो मसिनो खाऊँ भन्न पनि छैन’, उनले भनिन्।

नेपालमा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई सामान्य अवस्थामा पनि छाक टार्न धौधौ नै हुन्छ। त्यसमाथि कोरोना महामारीका कारण ६/७ महिना काम ठप्प हुँदा ऋण र सापटी लिएर छाक टारेका मजदुरहरु त्यो पैसा कसरी तिर्ने भन्ने चिन्तामा छन्।

यो वर्ष दसैंको रौनकभन्दा पनि उधारो सामान ल्याएको पसलको साहुलाई पैसा कसरी तिर्ने भन्ने चिन्ता थपिएको ज्यामी काम गरेर गुजारा चलाउँदै आएका गंगा माझी बताउँछन्।

‘दसैंको समयमा अब काम पनि कति दिन हुँदैन। खल्तीमा सुक्को छैन। आम्दानीको बाटो पनि छैन। पसलमा पहिलेकै उधारो तिर्न बाँकी छ। दसैं कसरी पो मनाउने’, उनी भन्छन्।

यस अघिका दसैंहरुमा वर्षभरी दुःख गरेर पैसा जम्मा गर्थे र मीठो खान भए पनि पुग्थ्यो। छोराछोरीलाई नयाँ लुगाफाटो जोर्न पनि सोच्न सक्थे। तर यो वर्ष एकातिर कोरोना महामारीको त्रास अर्कोतिर महंगी र अभावका कारण उनी दसैं मनाउन सक्ने अवस्थामा छैनन्।

कोरोना महामारीका कारण दैनिक ज्यालादारी गरेर गुजारा गर्ने तथा निम्न आयस्तर भएका मजदुरहरु मारमा परेका छन्। अधिकांशको रोजगारी गुमेको अवस्था छ। कतिपय श्रमिकहरु लामो समयदेखि बेतलबी बिदामा समेत छन्। काम पाइराखेकाहरुले पनि आधा पारिश्रमिकमा काम गर्नु परेको अवस्था छ।

तर कुन क्षेत्रका कति मजदुरको रोजिरोटी गुम्यो। कति श्रमिकहरु बेतलबी बिदामा राखिएका छन् वा आधा पारिश्रमिकमा काम गर्न बाध्यको संख्या कति छ भन्ने तथ्यांक न त सरकारसँग छ, न त कुनै निजी संघसंस्थाहरुसँग नै। 

कोरोना महामारीका कारण श्रम बजार महिनौं थलिँदा अधिकांश असंगठित क्षेत्र तथा निम्नआयस्तर भएका मजदुरहरु मारमा परेका छन्। कतिपयको त महिनौंदेखि चुलो बलेको छैन। पेट भर्नकै लागि कसले खाना बाँड्छ भनेर बस्नुपर्ने अधिकांश मजदुरको मजबुरी बनेको छ। महामारीका कारण रोजिरोटी खोसिएका श्रमिकहरुका लागि सरकारले उचित राहत प्याकेज ल्याउन नसक्दा पेट भर्नकै लागि अरुको भर पर्नुपर्ने तथा ऋण काड्न बाध्य हुनु परेको अवस्था छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ११:३०
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्