काठमाडौं– पाकिस्तान सरकारको आधिकारिक ट्विटर ह्यान्डलमा पाकिस्तानका प्रधानमन्त्री शाहिद खक्कान अब्बासी बिहीबार नेपाल भ्रमणमा जाने उल्लेख गरिएको छ। तर, नेपालका अधिकारीहरुले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणबारे आफूहरुलाई केही जानकारी नभएको बताएका छन्।
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबारे कुनै जानकारी नभएको बताए।
ट्विटमा अब्बासी २ दिने नेपाल भ्रमणमा आउन लागेको उल्लेख छ।
यसअघि नै नेपाल भ्रमणमा आउने विषयमा गरिएको पुरानो ट्विट झुक्किएर फेरि पोस्ट भएको हुनसक्ने उनको भनाइ छ। बिहीबार दिउँसो नेपाली समयअनुसार १ः४० मा सो ट्विट गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएपछि गत फागुन २० मा अब्बासी नेपालको २ दिने भ्रमणमा आएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।